सन् २०२०: विद्युतीय कारको विकासमा नयाँ युग शुरु भएको वर्ष, कहाँ के भयो ?



एजेन्सी । सन् २०२० मा कोरोना महामारी वर्षभरी नै छाइरह्यो । कोरोना महामारीका कारण संसारका सबै देशका जनताले लकडाउनको सास्ती खेप्नु पर्यो । यद्यपि २०२० इलेक्ट्रिक कारका लागि पनि उत्तिकै महत्वपूर्ण बनेको छ ।

अन्य कारहरुहरुको बिक्री कोभिडलगायतका कारणले घटिरहेका बेलामा इलेक्ट्रिक कारको बिक्रीमा राम्रो राम्रो संकेत देखिएको छ । बेलायतमा मात्रै नोभेम्बर महिनासम्ममा सन् २०१९ को तुलनामा इलेक्ट्रिक कार १६२ प्रतिशतले बिक्री बढेको छ । त्यहाँमात्रै होइन समग्र युरोपमासमेत इभी भनिने यस्ता कारसँगै हाइब्रिड कारको बिक्री पनि बढेको छ । जसले इभी कारको युग शुरु भएको संकेत समेत गरेको छ ।

भोल्क्सवागन कार

भोल्क्सवागन डिजलगेट कार निर्माण गरेपछि उसलाई यसमा केही संशोधनको जरुरी लाग्यो र हाल जर्मन कार निर्माण्ता कम्पनीले मेनस्ट्रिममा इलेक्ट्रिक कारको योजना अगाडि बढाएको छ ।

अमेरिकामा लञ्च हुने दिन आइडी.४ एसयूभी कार रातभरीमै बिक्री सकिएको थियो । साथै युरोपमा आइडी.३ कम्प्याक्ट कार अक्टोबर महिनासम्ममै बेस्ट सेलरका रुपमा नाम लेखिसकेको छ । यो कारले रेनउल्ट जोए र टेस्लाको मोडल ३ लाई पछि पार्दै कम्पनीको यो कार अत्यधिक पपुलर भएको छ । पिपुल्स कारका रुपमा चिनिने भोल्क्सवागनको यो कार निर्माता कम्पनीले इभीमा हाल हाल्नु आफैमा विशेष मानिएको छ ।

कम्पनीले सन् २०२८ सम्ममा २८ मिलियन इभी बिक्री गर्ने लक्ष्य लिएको छ । जुन बेलायतका सडकमा गुड्ने कुल कारको संख्यामा एक तिहाइ कारको संख्या हो भने अमेरिकाको मोटर भेहिकल रजिस्ट्रेसनको तुलनामा १० प्रतिशत हो । कम्पनीको उच्च महत्वाकांक्षालाई हेर्दा आइडी.२ का कारणले इभी क्षेत्रमा नयाँ उचाइ प्राप्त गर्ने अनुमान गरिएको छ ।

टेस्लाको प्रतिबद्धता २५ हजार डलरको कार ‘मोडल २’

टेस्लाले सन् २०२० मा २५ हजार डलर पर्ने कार रिलिज गरिसकेको छैन । तर कम्पनीले ब्याट्रीबाट चल्ने कारको कुरा गर्दा यस क्षेत्रमा विशेष गर्ने संकेत भने स्पष्ट देखिएको छ । तर कम्पनीले सन् २०२३÷२५ मा अन्य कारको तुलनामा आधा मूल्यमा इभी कार ल्याउने संकेत देखिएको छ ।

इभी कारमा ब्याट्री सबैभन्दा महंगो मानिन्छ । इभी कारमा ब्याट्रीको मूल्य मात्रै कुल खर्चको एक तिहाइ हुन आउँछ । पेट्रोल र डिजलबाट चल्ने अन्य कारको तुलनामा ब्याट्रीबाट चल्ने कार सस्तो पनि पर्छ । यसले टेस्लाका संस्थापक एलन मस्कले २५ हजार डलर पर्ने साना तर फूल्ली अटोमेसन कार सन् २०२३÷२४ सम्म ल्याउने योजनामा सहज हुने देखिएको छ । त्यसपछि तेलबाट चल्ने कार अत्यधिक महंगो हुने समेत देखिएको छ ।

तर भोल्क्सवागनले आइडी.३ कारले यसअघि नै विभिन्न देशमा मूल्य घटाइसकेको छ । एसयूभीकार एमजी र स्टेसनका कारण मूल्य अझ घट्ने देखिएको छ । भने फ्रान्समा रिनउल्ट जोएमा सबै प्रकारका मूल्य घटाउँदा मूल्य २४ हजार डलर आसपासमा आउने देखिएको छ । अहिले टेस्लाका लागि २५ हजार डलर पर्ने कार सन् २०२३/२४ सम्म ल्याइसक्ने ड्रिम नहुन पनि सक्छ । योभन्दा अझ सस्तो वा सबैभन्दा सस्तो कार उपलब्ध गराउने पनि हुन सक्छ ।

पोलेस्टर २ च्यालेन्जेस टेस्ला मोडल ३

सबै प्रतिष्पर्धी कम्पनीहरुको तुलनामा टेस्ला कारले टेक्लोलोजिकल डिल गरिसकेको छ । यो कुनै आश्चर्य छैन कि अहिले कैयन कम्पनीहरु इभी कार निर्माणमा प्रवेश गरिरहेका छन् । यहाँसम्म कि लक्जरी इलेक्ट्रिक कारमा एसयूभी भएका मर्सिडिज, जुआगर, अउडीले पनि प्रत्यक्षरुपमा मोडल एक्स र भोल्क्सवागनको आइडी.३ कारसँग प्रतिष्पर्धा गर्न सकेका छैनन् । युरोपको बजारमा पनि टेस्लाले आफ्नो २५ हजार डलर पर्ने ‘मोडल २’ कारको लञ्चभन्दा अगाडि प्रवेश गर्ने लक्ष्य लिएको छैन ।

तर टेस्लासँग प्रतिष्पर्धा गर्नका लागि पोलेस्टर कार अगाडि देखिएको छ । पोलेस्टर २ कारको मूल्य र विषेशता प्रत्यक्षरुपमा टेस्ला मोडल ३ लङ रेञ्जसँग हुने देखिएको छ । तर यो कारसँग ३६० माइल वल्र्डवाइड हार्मोनाइज्ड लाइट भेहिकल टेस्ट प्रोसिड्युर भएको मोडल ३ लङ रेञ्जमा जस्तो रेञ्ज भने छैन ।

तर कम्पनीसँग २९२ माइल वल्र्डवाइड हार्मोनाइज्ड लाइट भेहिकल टेस्ट प्रोसिड्युर रेञ्ज र उत्कृष्ट डिजाइन सहितका विषेशताले अमेरिकी जायन्ट कम्पनी टेस्लासँग आगामी ६ वर्षभित्रमै कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

पोलेस्टर चिनियाँ कम्पनी ग्लीको एउटा पार्ट हो । जुन कम्पनीसँग भोल्भो, एलइभीसी ट्याक्सी कम्पनी, मलेसियन कार निर्माता कम्पनी प्रोटोन र लोटसमा पनि स्वामित्व छ । त्यसैले पोलेस्टर २ चिनियाँ बजारमा नयाँ शुरुवात गर्ने इलेक्ट्रिक कारका रुपमा हेरिएइको छ ।

पूर्वाधार निर्माणमा ध्यान

यो स्पष्ट छ कि इलेक्ट्रिक कार पर्याप्त मात्रामा गुणस्तरीय हुनका लागि धेरै नजिक आइसकेको छ । कम मूल्यमा धेरै रेञ्ज भएको, आन्तरिक रुपमा कम विनाशकारी समेत इभी कार देखिइसकेका छन् ।

तर अझै पनि चार्जिङका लागि पर्याप्त पूर्वाधारको अझै पनि कमी नै छ । यहाँसम्म कि अति विकसित देशमा पनि चार्जिङ प्वाइन्टहरु विस्तारै वृद्धि हुँदै गएको देखिन्छ । यस क्षेत्रमा अत्यधिक विकासको खाँचो देखिइसकेको छ । यस क्षेत्रमा अझै पनि असमान नेटवर्क र विश्वस्नीयतामा कमी देखिएको छ । सन् २०२० को तुलनामा यो अवस्था लामो समयसम्म रहने देखिएको छैन ।

बेलायतमा ग्रिडसेभरले पहिलो इलेक्ट्रिक फोरकोर्टको शुरुवात गरिसकेको छ । जसमा ३६ वटा चार्जिङ स्पट छन् । जसलाई रिटेल स्पेसका रुपमा विकास गरिनेछ । त्यसका साथै बैठक कक्ष समेत निर्माण गरिएको छ ताकी मानिसहरु कार चार्जिङ गर्दा आराप गर्न सकुन र त्यसका साथै अन्य गतिविधिहरु समेत उपलब्ध गराइएको छ । कम्पनीले बेलायतमा मात्रै १०० वटा यस्ता स्टेसनहरु करिब १ अर्ब ३० करोड डलरमा निर्माण गर्ने लक्ष्य लिएको छ । बेलायतको हकमा भोल्टाले सपिङ मलमा ग्राहक आकर्षित गर्नका लागि निशुल्क चार्जिङ स्टेसन उपलब्ध गराएको छ । यस्ता खालका इनिसिएटिभले मानिसहरुलाई कार चार्जिङको सोचमा परिवर्तन ल्याउने र मानिसहरुको दैनिक जीवनसँग प्रत्यक्ष जोडिने अवसरका रुपमा पनि यसलाई हेरिएको छ ।

सरकारको नेतृत्वदायी भूमिका

वर्ष २०२० मा इभी कारको मागलाई पक्कै पनि बढाएको छ । तर यसमा सरकारको नेतृत्वदायी भूमिका पनि उत्तिकै मात्रामा खोजिएको छ । बेलायत सरकारले सन् २०३५ को साटो अब सन् २०३० बाट नै नयाँ फोसिल फ्युल कारबो बिक्रीमा प्रतिबन्ध लगाइसकेको छ ।

सन् २०१९ को अन्तिमतिर युरोपियन ग्रिन डिलको घोषणा र सन् २०२० को शुरुवातमा सार्वजनिक भएको थियो । जहाँ १४० वटा मुख्य ट्रान्सपोर्ट प्रोजेक्टहरु गत जुलाइ महिनामा शुरुवात गरिएको थियो । त्यसयता यस क्षेत्रको पूर्वाधार निर्माणमा मात्रै ६५ अर्ब अमेरिकी डलर लगानी भइसकेको छ । अमेरिकी राष्ट्रपति निर्वाचनमा जो बाइडेनको जितले समेत अमेरिकीहरुमा पर्यावरणको प्रमोसन हुनेमा आशा पनि जागेको छ ।


पुष्प दुलाल