मैले किन कसैको पक्ष लिएँँ ?: महासंघका भावी अध्यक्ष शेखर गोल्छाको लेख



त्यतिखेर पनि नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नतृत्व चयनका लागि निर्वाचन हुँदै थियो । म भर्खर व्यवसायमा प्रवेश गरेको थिए । बुबा हुलासचन्द गोल्छाको व्यवस्तता निक्कै बढेको थियो ।

उहाँ २०५० सालमा महासंघको अध्यक्षको प्रत्यासी हुनुहुन्थ्यो । महासंघको विधानका मस्यौदाकार र स्थापनाकालदेखि संस्थामा आवद्ध बुबाका लागि का लागि महासंघ एक मन्दिर थियो । २८ वर्षको निरन्तर सेवापछि उहाँले नेतृत्वको अवसर पाउँदै हुनुहुन्थ्यो । एक साँझ हामी सबैलाई जम्मा गरेर अध्यक्षकारुपमा आफूले गर्न खोजेका कामको बारेमा समेत जानकारी गराउनु भएको थियो ।

तर अचानक महासंघको निर्वाचनमा विभिन्न खाले तत्व सक्रिय हुन थाले । वातावरण धमिलो हुँदै गयो । बुबालाई विभिन्न कोणबाट दबाब सिर्जना गरेर अध्यक्ष हुनबाट अप्ठ्यारो पार्ने अवस्था सिर्जना गरियो । त्यतिबेलै बुबाको स्वास्थ्य स्थिति अलि बिग्रियो । र, आफू अध्यक्ष बने आफ्नै स्वास्थ्यको कारण महासंघलाई नै अप्ठ्यारो पर्न सक्ने देखेर उहाँले अध्यक्ष पदको दौडबाट आफूलाई अलग गर्नु भयो । सो क्रममा केही व्यक्तिबाट अपमानित भए पनि उहाँले महासंघप्रतिको आस्था र सदभावमा कहिल्यै कुनै कमी आउन दिनुभएन । हामीलाई पनि निरन्तर महासंघ र निजी क्षेत्रको हितमा लागि रहन प्रेरित गरिरहनुभयो ।

त्यही प्रेरणाले दाजुहरु र म पनि महासंघ र अन्य चेम्बर गतिविधिमा सक्रिय रह्यौं । म आबद्ध भएको पनि दुई दशक नाघिसक्यो । दाजु दिवाकर गोल्छा महासंघको उपाध्यक्षसम्म पुग्नु भयो । गोल्छा अर्गनाइजेसनलाई सरकारपछिको सबैभन्दा ठूलो रोजगारदाता बनाउनुमा दिवाकर दाईको ठूलो हात थियो । हाम्रो अर्गनाइजेसनका यतिधेरै व्यवसाय बिस्तार हुनुमा उहाँको महत्वपूर्ण भूमिका छ । उहाँ कुशल संगठक र नेता हुनुहुन्थ्यो । तर सोझो स्वभावका दिवाकर दाईलाई पनि प्रपञ्च गरेर अध्यक्ष बन्न दिइएन ।

अब भने पालो मेरो थियो । म उपाध्यक्ष भए । स्वतः उपाध्यक्ष हुने गरी विधान संशोधन भएपछि सोही अनुसार वरिष्ठ उपाध्यक्ष हुने म दोस्रो थिए । भवानी राणा सोही विधानअनुसार अध्यक्ष बन्नुभयो ।

स्वार्थ समूहको नेतृत्वमा चुनावको प्रचारप्रसार भइरहे पनि एउटा प्यानलका व्यक्तिहरु आफूले कुनै ब्यागेज नबोकेको बताइरहेका छन् । उहाँहरुलाई पनि थाहा छ यो प्रवृत्ति निजी क्षेत्र र महासंघको हितमा छैन । त्यसैले सार्वजनिकरुपमा स्वीकार गर्न उहाँहरुलाई पनि कठिन भइरहेको छ । खुलेआम चुनावको प्रचारप्रसार भइरहेपनि त्यो ब्यागेज आफूले नबोकेको भनेर चोख्खिने प्रयास गर्नु परिरहेको छ । मलाई आशा छ, छिट्टै उहाँहरुले सार्वजनिकरुपमै सो ब्यागेज बिसाएको घोषणा गर्नुहुनेछ ।

मैले शुरुमा वरिष्ठ उपाध्यक्ष र तीन वर्षपछि अध्यक्ष हुँदा गर्नुपर्ने कार्ययोजना बनाइरहँदा महासंघमा वर्षौदेखि जरा गाडेर बसेको स्वार्थ समूह मलाई पनि कसरी अध्यक्ष बन्न नदिने भनेर तानावाना बुन्न थालिसकेको रहेछ । किनभने म महासंघलाई व्यवसायिक संस्था बनाउन चाहन्थेँ । उनीहरु कमाई आफ्नो स्वार्थपूर्तिमा प्रयोग गर्न चाहन्थे । महासंघलाई शक्तिकेन्द्रको रुपमा आफ्नो अभिष्ट पूरा गर्न प्रयोग गर्नु उनीहरुको लक्ष्य थियो । जुन मेरा कारण धरापमा पर्न सक्थ्यो ।

केही साथीहरुको भीड जम्मा गरे अध्यक्षलाई सधै काबुमा राख्न सकिन्छ भनेर सो प्रयास सँधै भइरहन्थ्यो । उपाध्यक्ष र अन्य पदाधिकारीबीच फुट पैदा गराएर सँधै भाडभैलो मच्चाइन्थ्यो । बैंकबाट लिएको ऋण नतिर्न र कारबाहीबाट जोगिन कवचका रुपमा महासंघको प्रयोग भयो । जबकि महासंघ व्यवसायीको अझ विशेषगरी साना तथा मझौला उद्यमीको शीतल छहारी बन्नुपर्ने थियो ।

मेरो काम र योजना आप्mनो स्वार्थ प्रतिकुल देखिएपछि विधान संशोधन गरेरै भएपनि मलाई स्वतः अध्यक्ष बन्न नदिने प्रयास भयो । विधान संशोधन नै गर्ने भनेपछि एकजना व्यक्तिलाई हटाउनकै लागि महासंघको पूरा संयन्त्र नै प्रयोग गर्ने प्रयास भयो । जुन मुलुकका निजी क्षेत्रको गरिमाकारुपमा रहेको महासंघकै लागि दुर्भाग्यपूर्ण छ । वरिष्ठ उपाध्यक्षको कार्यकाल भरि नै मेरो टाउकोमाथि बिधान संशोधनको तरवार सँधै झुण्ड्याएर राखियो ।

मलाई काम गर्न निरुत्साहित मात्र गरिएन, ठूलो मानसिक पीडा पनि दिइयो । फोन र म्यासेज आउँदा पनि झसंङ्ग हुनुपर्ने गरी धेरैतिरबाट प्रहार भए । त्यतिखेर मलाई यस्तो पनि लाग्थ्यो कि कतै हाम्रो परिवारलाई नै निषेध गर्न खोजिएको त होइन । तर त्यसो होइन रहेछ अधिकांश पूर्वअध्यक्ष र अन्य मित्रहरुको सहयोगले सो अभिष्ट पूरा हुन सकेन ।

म अध्यक्ष त बन्ने भएँ । तर स्वार्थ समूहले अबको निर्वाचनका माध्यमबाट अर्को तरबार मेरो टाउकोमा झुण्ड्याउने प्रपञ्च चलाइरहेको छ ।

कार्यसमितिमा आफ्नो पक्षका बहुमत सदस्य ल्याउन सके अध्यक्षलाई नै ६ महिनाभित्र हटाउन सकिन्छ भनेर रणनीति बनिरहेको छ । यस्तो अवस्थामा म कसरी तटस्थ बस्न सक्छु ?

गत वर्षको असोज १५ गते पत्रकार सम्मेलन नै गरेर मलाई हटाउन महासंघको विधान संशोधनको अन्तिम र ठूलो तयारी सार्वजनिक गरिएको थियो । २०७६ कात्तिक अन्तिम साता हुने बिषेश साधारणसभाले उक्त निर्णय गर्नुपर्ने थियो । तर पछि वर्तमान अध्यक्ष, अन्य पूर्वअध्यक्ष समेतको पहलमा बिशेष साधारणसभा नै रोकियो ।

तर उक्त निर्णयबाट तिर्मिराएको त्यही स्वार्थ समूहले कुरिनटारमा केही जिल्ला नगरका साथीहरुसँगको भेटघाटमा शेखर गोल्छा अध्यक्ष भई हाले पनि ६ महिनामा अविश्वासको प्रस्ताव ल्याएर हटाउछु भनेर घोषणा गर्यो । मैले आदर गरेको र मानिरहेका सम्मानित व्यक्तिहरु पनि यसरी म विरुद्ध खनिएर लाग्नुलाई मैले थालेको सुधार रोक्ने प्रयासको रुपमा बुझेको छु । होइन भने व्यक्तिगतरुपमा त मेरो कसैसँग पनि झै- झगडा गर्ने स्वभाव नै छैन । यसलाई कसैकसैले व्यक्तिगत इगोका रुपमा पनि लिनसक्नुहुन्छ ।

तर सरकारपछि दोस्रो ठूलो सञ्जाल भएको महासंघको विधानसम्मतरुपमा निर्वाचित अध्यक्षलाई पदभार ग्रहण गर्नुपूर्व नै हटाउन भइरहेको प्रपञ्च कसरी व्यक्तिगत इगोमा मात्र सीमित छ भन्न मिल्ला र ?

मैले तटस्थ बस्नुपर्ने कुरालाई राम्रोसँग हेक्का राखेको हुँ । प्रयास पनि गरिरहेकै छु । अहिलेको परिस्थिति जटिल छ । हामी नेपाली अहिलेसम्म कहिल्लै भोग्नुनपरेको आर्थिक, सामाजिक र स्वास्थ्य समस्यासँग जुधिरहेका छौं । २ लाखभन्दा बढीलाई कोरोना भाइरस संक्रमण भइसकेको छ भने १२ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । गत वर्ष मात्र नभई चालु आर्थिक वर्षमा पनि अर्थतन्त्रको बिस्तार एक प्रतिशतभन्दा कम दरले मात्र हुनसक्ने आँकलन आइरहेका छन् । यस्तो बेला हामी बढी जिम्मेवार बन्नैपर्छ ।

उद्यमी व्यवसायी विशेषगरी पर्यटनसँग सम्बन्धित र साना एवं मझौला उद्यमी संक्रमण र यसलाई रोक्न विभिन्न समयमा लगाइएका लकडाउन वा निषेधाज्ञाले थला परेका छन् । यसैबीचमा गत चैतमै सम्पन्न हुनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा एवं निर्वाचन विभिन्न समयमा स्थगित भएर मंसिर ११ गतेदेखि १३ गतेसम्म तोकिएको छ ।

महासंघ मेरा लागि मन्दिर हो । म यहाँबाट केही लिन आएको होइन । म हिलो छ्यपाछ्याप गर्न चाहन्न । मलाई थाहा छ हामी फुटनु भनेको निजी क्षेत्र नै कमजोर हुनु हो । सहमतिको प्रयास गरिरहेको छु । म पनि सर्वगुण सम्पन्न होइन । तर म के चाहीँ अवश्य विश्वास दिलाउनु चाहन्छु भने, म महासंघलाई व्यक्तिगत स्वार्थपुर्तिको माध्यम बनाउँदिन । योजना बनाएर अहिलेको बिषम परिस्थितिमा निजी क्षेत्रको हितमा काम गर्न सक्छु, फोहोरी राजनीतिलाई बढावा दिन्न ।

यसवर्ष वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षलगायत कार्यसमितिको निर्वाचन हुँदैछ । दुई पक्ष प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । निर्वाचनको पूर्वसन्ध्यामा आज म आफूले कहिल्लै लेख्न नचाहेको बिषयमा लेख्दैछु । कतिपय अवस्थामा आफूले नचाहेका कुरा गर्नु र भोग्नुपर्ने हुँदो रहेछ । कतिपय अवस्थामा निरपराध व्यक्तिले पनि सजाय पाउँदा रहेछन् । आजको लेखाई एक निरपराधले अनाहकमा भोग्नुपरेको मानसिक पीडा र त्यही जोडिएको मुलुकको निजी क्षेत्रको भविष्यसँग सम्बन्धित हो ।

म व्यक्तिगतरुपमा जति अपमानित हुनुपर्ने थियो, भइसके । अब म पनि अध्यक्ष भएर पद जोगाउन त्यहि प्रवृत्तिलाई निरन्तरता दिएर बस्न सक्छु । त्यो मेरा लागि सहज बाटो हो । यो सहज बाटो अपनाउँदा पनि म ३ वर्ष अध्यक्ष रहने नै छु । पदीय सदस्यका हैसियतले वैठकमा भाग लिने नै छु । कुनै ठाउँमा अतिथि बनेर बोलाउँदा केही तर्कसहित विशेषगरी सरकार वा अन्य निकायलाई दोष दिएर ताली पनि पाउने नै छु । केही भ्रमण हुने नै छन् । मिडियाले बेला–बेलामा मेरो भनाइ राख्ने नै छ ।

तर के महासंघको नेतृत्व यतिका लागि मात्रै हो त ? हामी अरुलाई दोष दिएर कहिलेसम्म उम्किने ? हामी मर्यादित हुन आफूले के गर्ने ? समुन्नत मुलुक निर्माणमा हाम्रो योगदान किन नहुने ? व्यवसायीका हकहितमा किन काम गर्न नसक्ने ? महासंघको थप एक अध्यक्षको रुपमा फोटो झुण्ड्याउनुमात्रै मेरो उद्देश्य होइन । म केही गर्न चाहन्छु । निजी क्षेत्र र समग्र अर्थतन्त्रका लागि ।

मैले यस्तो योजना बनाइरहँदा मलाई ६ महिनामै हटाउने एजेन्डा बोकेको स्वार्थ समूह एउटा प्यानललाई नै काँधमा बोकेर निर्वाचनमा होमिएको छ ।

कार्यसमितिमा आफ्नो पक्षका बहुमत सदस्य ल्याउन सके अध्यक्षलाई नै ६ महिनाभित्र हटाउन सकिन्छ भनेर रणनीति बनिरहेको छ । यस्तो अवस्थामा म कसरी तटस्थ बस्न सक्छु ? मैले अहिले कुनै ठोस कदम नचालेको खण्डमा मलाई ६ महिनामा हटाउन नसकेपनि स्वार्थ्य समूहले महासंघलाई व्यक्तिगत संस्थाजस्तै दुरुपयोग गर्न परिपाटी भने रोकिने छैन ।

मेरो आस्थाको धरोहर स्वार्थ समूहका गतिविधि ढाकछोप गर्ने निकाय बनिरहँदा के म टुलुटुलु हेरेर बस्नुपर्ने हो ? महासंघको विगत सबैलाई थाहै छ । स्वार्थ समूहले गरिमामय महासंघलाई कसरी दुरुपयोग गरे भन्ने कुरा महासंघका सदस्य मात्र नभइ आमसर्वसाधारणलाई पनि थाहा भइसक्यो ।

पद जोगाउन नेतृत्वमा आएर पनि निजी क्षेत्रको हितमा नभई स्वार्थ समूहका लागि मात्रै काम गर्नु मलाई स्वीकार्य छैन । त्यही भएर, मलाई ६ महिनामै हटाउने एजेन्डा बोक्ने व्यक्तिले समर्थन गरेको समूहलाई मैले समर्थन गर्न सकिँन । माफ गर्नुहोला मैलै मेरो छाती त्यति ठूलो बनाउन सकिँन ।

स्वार्थ समूहको नेतृत्वमा चुनावको प्रचारप्रसार भइरहे पनि एउटा प्यानलका व्यक्तिहरु आफूले कुनै ब्यागेज नबोकेको बताइरहेका छन् । उहाँहरुलाई पनि थाहा छ यो प्रवृत्ति निजी क्षेत्र र महासंघको हितमा छैन । त्यसैले सार्वजनिकरुपमा स्वीकार गर्न उहाँहरुलाई पनि कठिन भइरहेको छ । खुलेआम चुनावको प्रचारप्रसार भइरहेपनि त्यो ब्यागेज आफूले नबोकेको भनेर चोख्खिने प्रयास गर्नु परिरहेको छ । मलाई आशा छ, छिट्टै उहाँहरुले सार्वजनिकरुपमै सो ब्यागेज बिसाएको घोषणा गर्नुहुनेछ ।

यस्तो प्रवृत्ति निरन्तर महासंघमा हावी भइराख्न दिनु समग्र निजी क्षेत्र र अर्थतन्त्रकै लागि जोखिमपूर्ण छ । सुधार थाल्ने बेला आएको छ । कसै न कसैले त आँट गर्नुपर्यो । मैले आँट गरेको छु यहाँहरुको सहयोग चाहिएको छ । मैले महासंघ सचिवालयको पुर्नसंरचनामात्र नभइ मुलुकको बिकासमा निजी क्षेत्रको हस्तक्षेपकारी भूमिका निर्वाह गर्न १० वर्षे योजना (भिजन पेपर) तयार पारिरहेको छु । कोभिड-१९ का कारण परेको चौतर्फी प्रभाव न्यूनिकरण मेरो पहिलो प्राथमिकता हो । कार्यभार सम्हाल्ने वित्तिकै यी रणनीतिमा काम शुरु हुनेछ ।

सरकारले बजेट र मौद्रिक नीतिमार्फत् राहतका कार्यक्रम सार्वजनिक गरेको थियो । तर तिनको कार्यान्वयन भएको छैन । कतिपय अवस्थामा ती कार्यक्रमले मात्र पुग्ने अवस्था पनि छैन । त्यसैले हामी कोभिड-१९ को प्रभावले अर्थतन्त्रमा पारेको प्रभाव र निजी क्षेत्र एवं समग्र उद्यमीलाई आवश्यक राहत वा सहुलियतका कार्यक्रम सहितको खाका तयार पार्दैछौ । यसै अनुसार सरकारसँग लबिङ गर्ने हाम्रो प्रयास रहनेछ ।

दोहोरो अंकको आर्थिक वृद्धि, वार्षिक ४ लाखलाई रोजगारी, व्यापारघाटा न्यूनिकरणसँगै आत्मनिर्भर अर्थतन्त्र बनाउन आवश्यक सुधारको खाका बनिरहेको छ । यसमा अर्थविद् र निजी क्षेत्रको राय सुझाव संकलनको काम भइरहेको छ । यो भिजन पेपरलाई कार्यसमितिबाट अनुमोदन गरी सबैको सहभागितामा कार्यान्वयनमा लगिने छ ।

मेरो बुवाले परिकल्पना गर्नु भएको व्यवसायिक महासंघ बनाउने चाहना नेतृत्व गर्न नपाएर अधुरै रह्यो । मैले अवसर पाएर पनि स्वार्थ समूहका कारण गर्न सकिन भने अध्यक्ष बन्नुको के अर्थ रह्यो र ?

यो सबै कार्यान्वयन गर्न म एक्लैले सक्दिन । यसका लागि एउटा सक्षम टीम चाहिन्छ । त्यसैले काम गर्न सक्ने र महासंघलाई समय दिनसक्ने सक्षम व्यक्तिहरुलाई नै मैले छनौट गरेको छु । र, उहाँहरु निर्वाचनमार्फत् जितेर मेरो टिममा समावेश हुनुहोस् भनि चाहना राखेको छु ।

महासंघ मेरा लागि मन्दिर हो । म यहाँबाट केही लिन आएको होइन । जटिल परिस्थितिमा थोरै भएपनि निजी क्षेत्र र समग्र मुलुकको अर्थतन्त्रमा केही योगदान दिन सकिन्छ कि भन्ने मेरो विश्वास हो । साना तथा मझौला उद्यमीको पुर्नउत्थान र बिस्तारका लागि योजनासहित आएको छु ।

म हिलो छ्यपाछ्याप गर्न चाहन्न । मलाई थाहा छ हामी फुटनु भनेको निजी क्षेत्र नै कमजोर हुनु हो । सहमतिको प्रयास गरिरहेको छु । म पनि सर्वगुण सम्पन्न होइन । तर म के चाहीँ अवश्य विश्वास दिलाउनु चाहन्छु भने, म महासंघलाई व्यक्तिगत स्वार्थपुर्तिको माध्यम बनाउँदिन । योजना बनाएर अहिलेको बिषम परिस्थितिमा निजी क्षेत्रको हितमा काम गर्न सक्छु, फोहोरी राजनीतिलाई बढावा दिन्न ।

मेरो बुवाले परिकल्पना गर्नु भएको व्यवसायिक महासंघ बनाउने चाहना नेतृत्व गर्न नपाएर अधुरै रह्यो । मैले अवसर पाएर पनि स्वार्थ समूहका कारण गर्न सकिन भने अध्यक्ष बन्नुको के अर्थ रह्यो र ?

पद जोगाउन नेतृत्वमा आएर पनि निजी क्षेत्रको हितमा नभई स्वार्थ समूहका लागि मात्रै काम गर्नु मलाई स्वीकार्य छैन । त्यही भएर, मलाई ६ महिनामै हटाउने एजेन्डा बोक्ने व्यक्तिले समर्थन गरेको समूहलाई मैले समर्थन गर्न सकिँन । माफ गर्नुहोला मैलै मेरो छाती त्यति ठूलो बनाउन सकिँन ।


पुष्प दुलाल