राजमार्गमा डिजल सकिएपछि फुरेको आइडिया, अनलाइनबाटै बिक्री हुन्छ डेढ अर्बको इन्धन



काठमाडौं । तपाई लामो यात्रामा हुनुहुन्छ ? तपाईले चलाइरहेको सवारी साधनमा एक्कासी इन्धन सकियो भने के गर्नुहुन्छ ? तपाईलाई पुग्नुपर्ने टाढा छ । यस्तो बेलामा फोन गरेर इन्धन मगाउनु वा सवारी साधन धकेल्दै लैजानुको कुनै विल्कप रहँदैन ।

नजिकै पेट्रोलियम पदार्थ भर्ने पेट्रोल पम्प भए त तपाईलाई सहज नै होला , रहनेछ भने तपाईलाई त्यो भन्दा ठूलो हैरानी अरु केही हुन सक्दैन ।

धेरै जसो लामो यात्रा गर्नेले कुनै न कुनै बेला यस्ता खालका समस्या भोग्ने गरेका छन् नै । तपाई जो कोहीले पनि यस्तो समस्या भोग्नु भएको छ होला ? यो आम समस्या हो । जहाँ तही पेट्रोल पम्प नहुँदाको पीडा सवारी साधन चलाउनेले भोगेकै छन् ।

यस्ता समस्यामा परेपछि समाधानका लागि आइडिया पनि निस्कन्छ । किनकी समस्या नै समाधानको जननी हो । समस्याले नै मानिसलाई नयाँ नयाँ खोज तथा अनुसन्धानका लागि मार्गप्रशस्त गरिदिन्छ । यस्तै भएको छ, भारतमा ।

यात्राको क्रममा आफूले चलाइरहेको सवारी साधनमा इनधन सकिएपछि निस्केको आइडियाले काम गरेको छ र राम्रो कमाई समेत भएको छ । भारतमा यसलाई सकारात्मक खबरको रुपमा लिँदै विभिन्न सञ्चार माध्यमले समाचार सामग्री समेत बनाएका छन् ।

नेपालमा पनि यस्तो आइडिया काम लाग्न सक्छ भन्ने सोचका साथ हामीले भारतीय सञ्चारमाध्यमममा प्रकाशित समाचार सामग्रीको भावानुवाद गर्ने प्रयास गरेका छौ ।

राजमार्गमा डिजल सकिएपछि होम डेलिभरी गर्ने आइडिया आएको र त्यस्तो आइडिया लगाएर तयार पारिएको सञ्जालका कारण झण्डै १०० करोड भारतीय रुपैयाँ अर्थात् रु एक अर्ब ६० करोड बराबरको कारोबार भएको छ ।

यस्तो आइडियालाई कार्यान्वयन गर्न यस्तो सोच राखेका ३ भारतीय युवाले दिल्लीका झण्डै १०० घरमा पुगे र अनुसन्धान गरे । उनीहरुले अध्ययन गरेपछि एउटा एप बनाए । जुन एप मार्फत अनलाइनमा नै डिजल अर्डर गर्न सकिन्छ । सो कामका लागि १०० जनालाई रोजागारी समेत दिइएको छ ।

निजी क्षेत्र, त्यसमा पनि असाध्यै राम्रो रोजगारी छाडेर ३ भारतीय युवाले शुरु गरेको सो कामको अहिले राम्रै चर्चा परिचर्चा समेत भएको छ । शुरुमा उनीहरुले सो कामका लागि मात्रै १२ लाख लगानी गरेका थिए ।

टिकेन्द्र तथा सन्दिप नोयडामा रहेको बहुराष्ट्रिय कम्पनी सामसुङमा काम गर्थे । सो कम्पनीको रोजगारी आफैमा असाध्यै राम्रो मध्येको एक मानिन्छ । नोयडामा नै प्रतिक पनि एस्सिकममा काम गर्थे ।

प्रतिक र टिकेन्द्र भने एउटै कोठामा सँगै बस्थे । एक दिन तिन जाना नै दिल्लीबाट बाहिर घुम्न निस्के । घुम्न जाने क्रममा उनीहरुको सवारी साधनको बाटोमा नै इनधन सकियो ।

टिकेन्द्र भन्छन् – हामी रहेको स्थान भन्दा १० किलोमिटर वरपर कही कतै पनि पेट्रोल पम्प थिएन । सोही समय हामीलाई यस्तो लाग्यो कि, खासमा एउटा यस्तो मोबाइल एप भएको भए, हामीले यही बसेर अर्डर गरेर इन्धन मगाउन पनि सक्थ्यौ ।

त्यसपछि टिकेन्द्रले आफना सहयात्री सन्दिप तथा प्रतिकसँग सो आइडियाका बारेमा कुराकानी गरे । कुराकानी मात्रै थिएन, त्यो, उनीहरु लगत्ते उक्त मिशनमा लागे । सोही मिशनले नै स्टार्टअप कम्पनीको रुपमा अगाडि बढ्यो ।

उनीहरुले कम्पनीको नाम राखे स्टार्टअप कम्पनी पेपफ्यूल डट कम । उनीहरुले यात्रा शुरु गरे । आजको दिनमा उनीहरुको होम डेलिभरीको कारोबार समेत द्रुत गतिमा अगाडि बढेको छ । आर्थिक वर्ष २०२०– २१ मात्रै सो कम्पनीको कारोबार वार्षिक रुपमा झण्डै १०० करोड आसपास पुगेको छ ।

टिकेन्द्रका अनुसार हामी जब यो विषयमा अनुसन्धान गरिरहेका थियो । दिल्ली एनसिआरका करिब १०० घरमा गएर हामीले आफनो सोचका बारेमा भन्यौ र उनीहरुको सुझाव तथा सल्लाह लियौ । यस्तै, हामीले अनलाइनमा समेत सुझाव माग्यौ । हामीले सुझाव लिएका मध्ये अधिकाशंले हाम्रो जस्तै समस्या भोगेका रहेछन् ।

एक पटक होइन, दुई, चार पटक नै यस्तो समस्यामा परेको पाइयो । हरेक मानिसले भने कि पेट्रोल तथा डिजलका लागि अनलाइन एप हुनु आवश्इक र्नै छ । जबकी, पेट्रोल तथा डिजलको कारोबार आफैमा खतरनाक काम हो ।

टिकेन्द्रका अनुसार सन् २०१६ सम्म देशमा पेट्रोलको हामे डेलिभरीका लागि अनुमति थिएन । , तर हामीले अनेकन प्रयास गरेर सरकारबाट अनलाइन डेलिभरीका लागि अनुमति लियौ । हामीले अनुमति पायौ । सो समय हाम्रो सामु इन्धन डेलिभरीका लागि एक मात्रै विकल्प थियो । हामीले डेलिभरीको काम शुरु गर्यौ ।

सन्दिपका अनुसार स्थानीय बासिन्दासँग सुझाव लिएपछि हामी इन्डियन आयल कर्पोरेशन, भारत पेट्रोल कर्पोरेशन, पेट्रोलियम प्रोसेस इन्जिनियरिङ जस्ता इन्धन कम्पनीमा अनुरोध गर्यौ ।

साथ साथै हामीले आफनो स्टार्टअपको आइडिया प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समेत पठाएका थियौ । केही दिन पछि प्रधानमन्त्री तथा मनित्रपरिषद कार्यालयबाट जवाफ आयो । यस्तै दोस्रो तर्फ फरिदावाद स्थित इन्डियन आयलको तर्फबाट पनि हाम्रो प्रस्ताव एवम् कारोबारको विस्तृत परियोजना प्रतिवेदन मागियो ।

उनका अनुसार हामीले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन पठायौ । केही समय भित्रै हामीले अनुमति पायौ । अनुमति पाएको केही समय भित्रै हामीले कारोबार शुरु गर्यौ । स्टार्टअप शुरु गर्नका लागि हामीले १२ लाख बराबरको खर्च गरेका थियौ । त्यसमा एप बनाउन, ब्राउजर बनाउन तथा डिस्पेन्सिङ मेशिनलगायतमा खर्च भएको थियो ।

सन्दिपका अनुसार पेपफ्यूल सरकारबाट मान्यता प्राप्त स्टार्ट अप हो । जसकोंइन्धन मार्केटिङ कम्पनी पिइएसओबाट अनुमति प्राप्त भएको छ । यस्तै इन्डिन आयलसँग थर्ड पार्टी सम्झौता समेत रहेको छ । यसले घर घरमा गएर डेलिभरीका लागि समेत अनुमति पाएको छ । यसमा ग्राहकले एपमा गएरु अनलाइनमा म्यासेज गर्छन र अर्डर गर्छन् ।

यस्तै, अनलाइन ट्याकिङ, बिलिङ तथा डयासबोर्डका साथै अन्य फिचरको समेत लाभ लिन सक्छन् । यो एक आइओटी आरएफआइडी डिभाइसका साथमा इन्धन डेलिभरीको काम गरिन्छ । जसमा इन्धन चोरी हुन सक्दैन । सो कम्पनीको आफनै पेटेन्ट डिभाइस समेत रहेको छ । जुन कम्पनी आफैले बनाएको हो ।

सन्दिप तथा प्रतिकका अनुसार उक्त एपमा ग्राहकको अर्डर रियल टाइममा लिइन्छ । अर्डर लिएपछि डेलिभरीका लागि सिधै सम्बन्धित एमडियूलाई पठाइदिन्छ । हामी २ देखि ३ घण्टामा यो काम गरिदिन्छौ ।

ग्राहकले डेलिभरीको समयमा रियल टाइममा नै हेर्न सक्छन् । यस्तै डेलिभरी भएको जानकारी समेत दिन सक्छन् । एमडियू आइओटीमा आधारित आरएफआइडी टेक्निकमा काम गर्छ । यो कम्पनीको पेटेन्ट टेकनिक पनि हो । यसमा चोरीको कुनै पनि गुन्जायस नै हुँदैन । यसले ग्राहकलाई विश्वास तथा सुरक्षा प्रदान गर्छ ।

सन्दिपका अनुसार ग्राहकले पहिले एपमा अनुरोध गर्नुपर्छ । त्यसपछि पेपफ्यूल के एक्जिक्य्रटिक ग्राहकको साइटमा गएर ग्राहकले कुन क्षेत्रमा डेलिभरी चाहिएको हो, त्यो बताउन सक्छन् । तब ग्राहकले एग्रिमेन्ट गर्छन । त्यसपछि ग्राहकले एक आइडि र पासवर्ड प्राप्त गर्छन् ।

त्यसपछि मात्रै ग्राहकलाई कुन क्षेत्रमा इन्धन चाहिएको हो, तब मात्रै अर्डर गर्न सक्छन् । यस्तै ग्राहकले कम्पनीको फोन नम्बरमा फोन गरेर पनि अडर लिन सक्छन् । म्यासेज गर्न सक्छन् । यस्तो फिचर सो कम्पनीमा मात्रै रहेको बताइन्छ ।

यस्तै ग्राहकलाई अर्डरको कन्फरमेशन, ट्याकिङ तथा बिलिङका लागि समेत अनलाइन सुविधा मिल्छ । यस्तै, एपमा अर्डरको विगतका सूची समेत हेर्न सकिन्छ । कम्पनीका ३ संस्थापक रहेका टिकेन्द्र, सन्दिप तथा प्रतिकका अनुसार कम्पनीले १०० बढीलाई रोजगारी दिएको छ ।

उनीहरु पूरै एनसिआरमा काम गर्छन् । कम्पनीको एपमा गएर भारतमा जहाँ सुकैबाट पनि अर्डर गर्न सकिन्छ । उनीहरु भन्छन् अब हाम्रो एप दिल्ली, ग्रेटर नोयडा, गजियावाद, गुरुग्राम, मानेसर, हरियाणा, मुरादावादमा एक्टिभ रहेको छ ।

साथै, हैदरावाद, उडिसामा समेत पाइलट प्रोजेक्ट चलीरहेको छ । केही दिन भित्रै एपले काम गर्न थाल्छ । त्यसका अलावा उनीहरुले अब ५० शहरमा उक्त सेवा शुरु गर्ने तयारी गरेका छन् ।


पुष्प दुलाल