1GB डेटा डाउनलोड गर्न मात्रै ३ सेकेण्ड, साउदी अरबमा शुरु भयो उच्चगतिको 5G नेटवर्क



काठमाडौं । पाँचौ पुस्ताको मोबाइल नेटवर्क विस्तारले आम मानिसको दैनिकीलाई कसरी सहजै प्रभाव पार्न सक्छ भन्ने उदाहरण संसारका केही देशमा देखिन थालेको छ ।

नेपालमा बल्ल बल्ल पुगेको चौथो पुस्ताको फोर जी नेटवर्कले थ्री जी बराबरको काम नगरेको भन्ने गुनासो आइरहेको छ । पैसा मात्रै काट्ने तथा सेवा नदिने गरेको जस्ता गुनासो नेपालका टेलिक सेवा प्रदायकलाई लाग्ने गरेको छ । वास्तवमा भएको पनि त्यही छ ।

फोर जी भनेपछि त्यसको गुणस्तर, डाउनलोड तथा अपलोड स्पिडको बारेमा समेत प्रसंग जोडिएर आउँछ । पछिल्लो समय संसारभर नै पाँचौं पुस्ताको फाइभ जीलाई व्यापक रुपमा अगाडि बढाइएको छ ।

सोही क्रममा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उक्त पछिल्लो पुस्ताको मोबाइल फोन नेटवर्कले के कसरी काम गर्छ भन्ने बारेमा जानकारी दिने प्रयास गरेका छन् । नेपालमा पनि बेला बेलामा अब फोरजीको कभरजे पुगेका कारण पाइभजीको नेटवर्क विस्तार गर्नुपर्ने प्रसंग उठन थालेको छ ।
प्राप्त विवरणहरु अनुसार साउदी अरबमा १ जिबी बराबरको फिल्म डाउनलोड गर्न फाइभ जी नेटवर्कमा मात्रै ३ सेकेण्ड लाग्ने गरेको छ । फोरजीको तुलनामा पाइभजीको स्पिड ११ गुणा बढी रहेको पाइएको छ ।

विवरण अनुसार साउदी अरबमा फाइभ जी नेटवर्कको औसत डाउनलोड स्पिड ३७७.२ एमविपिएस रहेको छ । यस्तै दक्षिण कोरियामा फाइभजीको औसत डाउनलोड ३३६.१ एमविपिएस रहेको छ ।

संसारभरका कयौ देशमा फाइभजी नेटवर्कको काम शुरु भइसकेको छ । यस्तै कयौ देशमा परिक्षण समेत शुरु भइसकेको छ । यसबीचमा इन्टरनेट स्पिडको परिक्षण गरिएको ओपन सिंग्नलका आधारमा त्यसको विवरणहरु सार्वजनकि भएको छ । विवरणअनुसार सबैभन्दा बढी स्पिड साउदी अरबको फाइभजी नेटवर्कमा देखिएको छ । दोस्रो नम्बरमा भने दक्षिण कोरिया रहेको छ ।

विवरणमा विभिन्न १५ देशमा जडान गरिएको फाइभजी नेटवर्कको बारेमा जानकारी दिने प्रयास गरिएको छ । गत १ जुलाईदेखि २८ सेप्टेम्बरसम्म लिइएको विवरणमा अष्ट्रेलियाको फाइभजीको स्पिड २१५.८ एमविपिएस रहेको छ । सो देशमा फोरजीको स्पिड मात्रै ४३.१ एमविपिएस रहेको थियो । यस्तै ताइवानको २११.८ रहेको छ भने स्पेनको मात्रै २०१.१ एमविपिएस रहेको छ ।

विवरण अनुसार ३७७.२ को अर्थ यो हो कि एक सेकेण्डमा ३७७.२ एमबी डेटा डाउनलोड हुन सक्छ । यस आधारमा सामान्य हिसाब निकाल्न सकिन्छ कि १ जिबीको फिल्म डाउनलोड गर्न मात्रै ३ सेकेण्ड लाग्छ । निमेषभरमा नै फिल्म डाउनलोड हुनसक्छ ।

ओपनसिंग्नको विवरण अनुसार साउदी अरबमा फोरजीको स्पिड मात्रै ३०.१ एमविपिएस रहेको थियो । फाइभजी फोरजीको तुलनामा १२.५ गुणा बढी रहेको छ । यस्तै भारतमा रिलायन्स जियोको फोरजीको डाउनलोड स्पिड ३३.३ एमविपिस रहेको छ । यानेकी साउदी अरबको फाइभजीको डाउनलोड स्पिड भारतको फोरजीको तुलनामा ११ गुणा बढी रहेको छ ।

दक्षिण कोरियामा पनि फाइभजीको विस्तार तिवै गतिमा भइरहेको छ । गैर स्टैण्डअलोन मोडमा रहेर नेटवर्क विस्तार तथा सेवा प्रदान गरिरहेको छ । जसते फोरजीको नेटवर्कको ससहयोग समेत जरुरी पर्दछ । दक्षिण कोरियामा फाइभजी नेटवर्कमा जोडिएका प्रयोगकर्ताले २२.५ प्रतिशत बढी खर्च गरेका छन । पछिल्लो विवरणमा यस्तो तथ्यांक मात्रै २०.७ प्रतिशत रहेको थियो ।

भारतको मोतीलाल ओसवाल फाइनान्सिङ सर्भिसेजले उपलब्ध गराएको विवरणअनुसार एक सर्कल तथा मेट्रो शहरका लागि ७८ हजार ८०० करोड भारतीय रुपैयाँदेखि लिएर १.३ लाख करोड भारतीय रुपैयाँ खर्च हुनसक्नेछ । जबकी भारतको मुम्बईमा फाइभजी विस्तार गर्न मात्रै १० हजार करोड बराबरको लगानी आवश्यक पर्दछ ।

यस्तै दोस्रो तरिकाले १०० मेगाहर्ज मिड ब्याण्ड स्पेक्ट्रमका लागि ८ हजार ४०० करोड बराबरको मूल्य निर्धारण गरिएको छ । विवरण अनुसार ९ हजार साइडका लागि २० लाख प्रति साइटको खर्च बढ्न जाँदा लागत १८०० करोड थप हुन जान्छ ।

त्यसमा कूल लागत १० हजार करोड हुन जान्छ । सोही प्रकारले दिल्लीमा फाइभजीका लागि ८ हजार ७०० करोड लगानी लाग्ने अनुमान गरिएको छ । जबकी भारत सरकारले १०० मेगाहर्ज मिड ब्याण्ड स्पेक्ट्रमका लागि मात्रै आधारभूत मूल्य ६ हजार ९०० करोड तोकेको छ ।


पुष्प दुलाल