किन धेरै नयाँ नोट छाप्दैछ पाकिस्तान ?
काठमाडौं । पाकिस्तानमा हरेक वर्ष नयाँ नोटको संख्यामा उल्लेख्य मात्रामा वृद्धि भएको छ । आम मानिसलाई लाग्न सक्ला सरकारले कोरोना भाइरसको संक्रमणणलगायतका कारण देशको अर्थव्यवस्थामा परेको असरलाई कम गर्नका लागि भारी मात्रामा नयाँ नोट छाप्न शुरु गरेको हो ।
सतहमा हेर्दा अवस्था त्यस्तो नभएपनि उसले धमाधम नयाँ नोटको संख्यामा वृद्धि गर्दै जाँदा आम मानिसलाई लाग्न सक्छ, के पाकिस्तान भारी मात्रामा नयाँ नोट छाप्दैछ ।
हाल पाकिस्तानमा नोटको संख्यामा बढोतरी भएको छ । ३० जुन २०२० मा समाप्त भएको नयाँ आर्थिक वर्षको आधारमा हेर्दा पछिल्लो ८ वर्षमा नोटको चलनमा सबैभन्दा बढी वृद्धि भएको छ ।
केवल एक आर्थिक वर्षमा नोटको संख्या मात्रै १.१ ट्रिलियनले वृद्धि भएको छ । पाकिस्तानको आर्थिक गति माथि नजर राखिरहेका मानिसहरुका अनुसार उक्त वृद्धि असाध्यै असामान्य हो । उक्त अवस्थाले अर्थतन्त्रमा परेको नाकारात्मक प्रभावलाई समेत देखाइदिनेछ ।
उनीहरु भन्छन् कि नोटको संख्यामा बढोतरीको खास मतलब यो हुन्छ कि सरकार पूराना नोटलाई हटाएर नयाँ नोट ल्याउनु हुन्छ । तर कुरा यहाँ नयाँ नोट ल्याउनेको होइन, उसले त नोटको संख्यामा नै भारी मात्रामा वृद्धि गर्दै धेरै भन्दा धेरै नयाँ नोट छपाई गरिरहेको छ । बजारमा नोटको आपूर्ति र मागको सन्तुलित गर्नका लागि नयाँ नोट सामान्य रुपमा नै छापिन्छ । जसको सामान्य मात्रै वृद्धि हुन्छ ।
तर, असाधारण वृद्धिको मतलब यो हो कि उसले सामान्य भन्दा बढी मात्रामा नोट छापिरहेको छ ।
पछिल्लो वर्ष पाकिस्तानमा नोट छपाईका लागि आवश्यक पर्ने प्राइज बण्डका लागि कागज बनाउने सेक्युरिटी पेपर्स लिमिटेडको आर्थिक विवरण पनि वृद्धि भएको देखिएको थियो ।
पाकिस्तान स्टक एक्सचेञ्जमा सूचीकृत भएका कम्पनीको वित्तीय विवरण अनुसार पछिल्लो आर्थिक वर्षमा यसको नाफामा ६० प्रतिशतले वृद्धि भएको थियो ।
जानकारी यो छ कि पाकिस्तानमा प्रचलनमा ल्याइएका नोटको संख्यामा वृद्धि यस्तो समयमा देखिएको छ कि इ कसर्म तथा डिजिटल कारोबारको समेत प्रचलनमा उल्लेख्य वृद्धि भइरहेको छ ।
कोरोना भाइरसका कारण खास तरिकाले अनलाइन बैंकिङमा ठूलो मात्रामा बढोतरी भएको छ ।
पाकिस्तानको केन्द्रीय बैंकको बेवसाइटमा राखिएको पछिल्लो ८ आर्थिक वर्षको विवरणमा प्रचलनमा ल्याइएको मुद्राको आँकडाको जानकारी छ ।
उसको अनुसार आर्थिक वर्ष २०१२ को अन्त्यमा प्रचलनमा रहेको मुद्राको संख्या १.७३ ट्रिलियन थियो । त्यो पछिल्लो वर्ष बढेर १.९३ ट्रिलियन हुन पुगेको थियो । आर्थिक वर्ष २०१४ को अन्त्यमा यो संख्या बढेर २.१७ ट्रिलियन भयो ।
पछिल्लो वर्ष त्यो बढेर २.५५ ट्रिलियनमा पुग्यो । यस्तै अर्को वर्ष बढ्दै जाँदा ३.९१ ट्रिलियन भयो । सन् २०१८ मा ४.३८ हुँदै पछिल्लो वर्ष ४.९५ ट्रिलियनमा पुगेको छ ।
सन् २०२० मा त्यो बढेर ६.१४ ट्रिलियन हुने देखिएको छ । यो आँकडमा अझै वृद्धि हुने देखिन्छ ।
एकेडी सेक्युरिटीजको प्रमुख फरिद आलमका अनुसार पछिल्लो आर्थिक वर्षमा हुने वृद्धि सबैभन्दा बढी थियो । उनले भने पछिल्ला सरकारको तुलनामा वर्तमान सरकारको पालामा दुई गुणा वृद्धि भएको छ । उनले भने सरकारले बढी भन्दा बढी मुद्रा छापिरहेको छ ।
जसको कारण यो वृद्धि देखिएको हो । पाकिस्तानमा पूरानो नोटको बदलामा नयाँ नोटको संख्यामा वृद्धि त्यस्तो समयमा भएको छ जब सरकार आइएपमएको साथमा गरिएको एक सम्झौतामा हस्ताक्षर गरे भएपनि स्टेट बैंक अफ पाकिस्तानले उधारोमा कुनै पनि ऋण लिएको छैन । बरु, उसले व्यावसाियक बैंक मार्फत बजारबाट वित्तिय औजार प्रयोग गरेर पैसा जुटाएको छ ।
याद रहोस् पहिलेको सरकारले पनि स्टेट बैंक अफ पाकिस्तानले ऋण लिनुको साटो नयाँ मुद्रा छापेर समस्याको समाधान गरेको थियो । नयाँ नोट छापेर आफ्नो समस्या समाधान गरेको थियो, जुन आम मानिसलाई थाहा हुने कुरा पनि थिएन । आइएमएफको शर्त अनुसार अब भने पैसा लिने बाटो समेत बन्द भएको छ ।
सो विषयका जानकार अर्थशास्त्री कैसर बंगालीका अनुसार प्रचलनमा रहेको मुद्रामा भारी वृद्धि हुनुको यो संकेत हो, कि भारी मात्रामा नयाँ नोट छापिइरहेको छ । उनका अनुसार पाकिस्तानमा सबै कुरा पारदर्शी नहुने भएकाले स्टेट बैंकले नै धमाधम पैसा छापिरहेको हुनसक्छ ।
आफूहरुले बजेटको समयमा नै यो सवाललाई उठाएको जानकारी दिँदै उनले भनेका थिए स्टेट बैंकले ऋण लिन बन्द गरेको छ , तर नयाँ नोटको संख्यामा भने उल्लेख्य वृद्धि किन भइरहेको छ ।
उनले भनेका छन् कि सो सवालमा सरकारले अस्पष्ट जवाफ दिएर मामिलालाई त्यत्तिकै छाडिदिएको थियो ।
बंगालीका अनुसार प्रचलनमा रहेका मुद्राको मात्रामा अत्याधिक संख्यामा वृद्धि हुनुको खास कारण यो रहेको छ कि सरकार धामाधम नयाँ नोट छापिरहेको छ । उसले तिव्र गतिमा यो काम गरिरहेको छ ।
आरिस हबिब सेक्युरिटीका एक आर्थिक विश्लेषक सना तौफिकले यस सम्बन्धमा भनेका छन् –पछिल्लो ५ वा ६ वर्षमा अत्याधिक मात्रामा मुद्रामा अत्याधिक वृद्धि भएको छ ।
उनले भनेका छन् कि यसमा असामान्य वृद्धिको प्रवृत्ति यस्तो समयमा भएको छ कि सरकारले ५ वर्ष पहिले बैंकको माध्यमबाट हुने कारोबारमा करको दरमा वृद्धि गरिएको छ ।
सनाका अनुसार वर्तमान सरकारको शासनकालमा आइएमएफसँग भएको सम्झौतामा कर तथा राजश्व बढाउने बढी जोड दिइएको छ । सरकारले यस सम्बन्धमा केही कदम समेत चालेको छ ।
सोही कारण नागरिकले बैंकको माध्यमबाट नै कारोबार गर्नुको साटो आफै नगद जम्मा गर्ने सहारा लिएका छन् । यसबाट नोटको मागमा अत्याधिक वृद्धि भएको छ । जसको कारण नोटको छपाईमा समेत अत्याधिक वृद्धि भएको छ ।
कमर्सियल बैंकले पैसा उधारोमा लिनुको कारण पनि मुद्रा छपाईको कारण बनीरहेको छ । जानकारहरुका अनुसार आइएमएफले सरकारलाई बजेट घाटाको कभर गर्नका लागि स्टेट बैंकबाट कर्जा लिन रोक लगाएको छ ।
अन्य खर्च जस्तै, कोरोना भाइरसको महामारीको समयमा सरकारले घोषणा गरेको राहत प्याकेजका सम्बन्धमा नयाँ नोटको मुद्रणको सम्भावनालाई समेत इन्कार गरेको छैन ।
बढी मात्रामा नयाँ नोट छाप्दा त्यसले मुद्रास्फिती अर्थात् महंगी वृद्धि हुन जान्छ । विश्लेषक सना तौफिक भन्छन्– अत्याधिक मात्रामा नोट छाप्नुको मतलब यो हुन्छ कि नागरिकको साथमा ज्यादा पैसा आउनेछ । यसले उनीहरुको क्रय शक्ति बढ्न जान्छ ।
जसले पैसा धेरै खर्च गर्छ त्यसको साथ साथमा मुद्रास्फितीको मात्रामासमेत वृद्धि हुन जान्छ । उनी भन्छन कि यस्तो तरिकाले बढ्ने मुद्रास्फितीको नियन्त्रणका लागि व्याजदर समेत बढाउनुपर्नेहुन्छ ।
वर्तमान सरकारको पहिलो दुई वर्षको अवधिमा आपूर्तिमा देखिएको समस्याका कारण मूल्य वृद्धि उच्च भएको छ । जबकी प्रचलित मुद्रामा अत्याधिक वृद्धि भएको छ ।
जसका कारण कालाबजारीमा वृद्धि हुन जान्छ । बढी मात्रामा नोट छाप्नुको अर्थ यो हुन्छ कि नागरिकले पैसा बैंकका जम्मा गर्नुको साटो आफै पैसा बचाएर राख्नेछन् । सोही कारण कालोधनको मात्रामा समेत अत्याधिक वृद्धि हुन जान्छ । बिबिसीबाट