लकडाउनका बेला किन मान्छेहरु वाइल्ड हुनेगरी मदिरा सेवन गरिरहेका छन् ?



बीबीसी । यतिबेला विश्वभर कोरोना भाइरसको भूमरीमा फसेको छ । कोरोना भाइरसको आगमनपछि विश्व पहिलेको जस्तो छैन । विश्वका अधिकांश देशमा लकडाउन हुँदा मानिसहरु घरभित्रै सीमित भएका छन् ताकी संक्रमण नफैलियोस् ।

करिब २ महिना लकडाउन हुँदा मानिसहरु अब ‘न्यू नर्मल’को अवस्थामा समाहित हुन खोजिरहेका छन् । लकडाउनका कारण घरभित्रै सीमित मानिसहरुलाई रक्सी खाने बाहना बनेको छ ।

बेलायतमा लकडाउनको अवधिमा गत मार्च महिनामा २२ प्रतिशतले बिक्री बढ्यो भने अमेरिकामा यो संख्या झण्डै तेब्बर ५५ प्रतिशतले बढेको छ । यो संख्या गत वर्षको सोही समयको तुलनामा हो ।

‘म यो महामारीपछि कि त मास्टर सेफ बन्छु कि त अल्कोहलिक बन्छु,’ एकजनाले सामाजिक सञ्जालको मिममा लेखिएको यो भनाइ हो ।

अमेरिकन नागरिक सेफ इना गार्टेनले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्दै भनेकी छन्, ‘कसैलाई पनि थाहा छैन यो कहिले रोकिन्छ, एकैछिन रुक्नुहोस्, कसैले पनि यसलाई रोक्न सकेको छैन,’ गिलासमा ककटेल राख्नुभन्दा अघि आँखा झिम्क्याउँदै उनी हाँस्दै भन्छिन् ।

सामान्य अवस्थामा मानिसहरुको समूहमा रक्सी पिउनेहरु यतिबेला ह्याप्पी आवर मनाउने भन्दै भर्चुअलरुपमा रक्सीले भरिएको गिलास चियर्स गर्दैछन् ।

तर हामीमध्ये नै धेरै मानिसहरु लकडाउनमा धेरै रक्सी खान थालेका छौं त ?

मानिसहरु रमाइलो गर्न र हाँस्नुको साटो विकल्पमा धेरै रक्सी पिउन थालेका छन् । यतिबेला विश्वमा कैयन मानिसमा मानसिक समस्या देखिन थालेको छ भने मानिसहरु यो महामारी कहिले सकिएला र सामान्य अवस्थामा फर्कन पाइएला भनेर सोचिरहेका पनि छन् ।

विश्वभरी नै यतिबेला मानिसहरु बिरामी भइरहेका छन् भने कैयन मृत्युवरण पनि गरिरहेका छन् । स्वास्थ्य सेवा र फ्रन्टलाइनमा काम गर्नेहरु यतिबेला सबैभन्दा बढी तनावमा छन् । कैयन मानिसहरु आफ्ना प्रियजनबाट टाढा हुन बाध्य छन् । त्यसैले यतिबेला डर, तनाव र चिन्ता पनि उनीहरुमा थपिएको छ ।

त्यसैले यतिबेला कैयन मानिसहरु फ्रन्टलाइनमा रहेर काम काम गरिरहेका छन्, घरबाट काम गरिरहेका छन् । घरमै बालबालिकालाई पढाइरहेका छन् । घरमा एक्लै बस्दाको पीडा र यसैकारण प्रियजनलाई गुमाउने र जागिर नै गुमाउनु परेको अवस्थामा मानिसहरु छन् ।

त्यसैकारण पनि मानिसहरु यतिबेला रक्सीमा बढी ध्यान दिन थालेका छन् ताकी यसबाट उत्पन्न तनाव, चिन्ता, डर, त्रास केही भए पनि कम होस् ।

तर सत्य कुरा के हो भने मनोवैज्ञानि र शारीरिक दुबै रुपमा र जब तपाई बढी चिन्तामा हुनुहुन्छ जीवन पक्कै पनि छोटो हुन्छ ।
‘रक्सी खाइरहँदा हामीलाई केही रिलिफ भएको, अलिकति बढी राम्रो भएको लाग्नसक्छ,’ द नेकेड मान्इडः कन्ट्रोल अल्कोहल पुस्तककि लेखिका एमी ग्रेसले भनिन्, ‘हाम्रो रगतमा अल्कोहलको मात्रामा बढ्छ । र, अरु कुराहरु घट्दै जान्छ, दिमाग पनि रिल्याक्स हुन्छ भने अव्यवस्थित र उत्साही हुन्छ ।’

उनका अनुसार तर त्यो उत्साह क्षणिक हुन्छ, २०-३० मिनेटपछि शरीरले अल्कोहललाई शुद्ध गर्न थाल्छ, शरीरले टोक्सिन गर्न थाल्छ । त्यसपछि अल्कोहल रगतमा पुगेर थकान शरीरलाई असहज बनाउँछ भने अझ बढी तनाव दिन थाल्छ ।

रक्सीले मस्तिष्कको म्यासेन्जरमा असर गर्न थाल्छ । यसले न्यूरोट्रान्समिटरमा असर गर्छ भने शरीरलाई बढी थकाउँछ, हामीलाई अझ बढी अव्यवस्थित बनाउँन थाल्छ भने शरीर पनि असहज महसुस गर्न थाल्छ ।

जब यो न्यूरोलोजिकल हाइज्याक हुन्छ, अल्कोहलले ब्रेनको केन्द्रसम्म नै पुगेर असर गर्न थाल्छ । रक्सी जब पहिलो पेग लिइन्छ त्यसले न्यूरोट्रान्सिमिटरलाई उत्तेजित बनाउँदै अझ बढी रक्सी पिउनका लागि बाध्य बनाउँछ ।

अष्ट्रेलियाको सिड्नीस्थित न्यू साउथ वेल्स विश्वविद्यालयका नेशनल ड्रग एन्ड अल्कोहल रिसर्च सेन्टरका निर्देशन मिचेल फरेलका अनुसार जब मानिसले रक्सी खान थाल्छन्, यसले हामीमा भएको चिन्ता केही समयका लागि छेउमा पुर्याइदिन्छ ।

तर विरोधाभास के छ भने यदि मानिसहरुले त्यसैका लागि रक्सी पिएका हुन भने चिन्ता कम गर्नुको साटो चिन्तालाई अझ बढी खराब अवस्थामा पुर्याउँछ, यो एक प्रकारका बाउन्स इफेक्ट जस्तै हो ।

कोभिड १९ को चिन्ता मात्रै यहाँ काम गर्ने होइन । उनका अनुसार धेरै मानिसहरु रक्सी पिउनुलाई सामाजिकरुपमा पनि संस्कार मान्छन् । यदि हामी रक्सी पिएर अर्को कुनै कोठामा गयौं भने पनि निकै सहज महसुस गर्छौ । तर स्वास्थ्य समस्या भने रहन्छ नै । र, यसले पिउनका लागि अझ बढी प्रलोभनमा पार्न सक्छ ।

फेरल भन्छन्, ‘विश्वव्यापीरुपमा महामारी बढ्दै जाँदा विश्वभर नै ट्वाइलेट पेपरसँगै मानिसहरु रक्सी खरिदमा पनि बढी ध्यान दिन थालेका छन्, जुन सहजरुपमा पनि उपलब्ध छ भने रक्सी खान तपाई हामी सबैलाई मन पनि पर्छ ।’

अर्को कारण के भने हाम्रो दैनिकरुपमा हुने नियमित काम पनि रोकिएको छ भने धेरै मानिसहरु घरमै बस्न बाध्य छन् । कार्यालयमा गएर काम गर्ने वातावरण छैन, हरेक साता जसो हुने सप्ताहन्न नि छैन ।

‘म आफूलाई जिम्मेवार नागरिक मान्दै ठीक्क मात्रामा रक्सी खान्छु भन्ने लाग्छ,’ बेलायतकि एक सरकारी कर्मचारीले भनिन् ।

तर हामीमध्ये धेरैले त्यसो गर्दैनौं । ती कर्मचारीले आफूले कति रक्सी पिउने भन्ने सीमा निर्धारण गरेकी छन् । उनी आफूलाई लगाता १२ घण्टा काम गरिसकेपछि चिसो बियर लिन मन पराउने बताउँछिन् ।

‘चाहे त्यो सप्ताहन्न नभइ मंगलबारको राति नै किन नहोस् म बियर पिउँछु,’ उनले भनिन् ।

रक्सी कति पिउने भन्ने सीमा निर्धारणका कुरा निन्तान्त व्यक्तिगत हुन् । तपाईंले सप्ताहन्नमा मात्रै रक्सी पिउन सक्नुहुन्छ, घरमा एक्लै नपिउन पनि सक्नुहुन्छ ।

हामीले रक्सी पिउने बानीलाई यो अहिले नै समस्या नभइसकेको बताउँछौं, हामीले जहिले पनि आफूभन्दा बढी रक्सी पिउनेसँग तुलना गर्छौ र आफूले कम रक्सी पिउने मानिसका रुपमा चित्रित गर्छौ ।

‘सामाजिक सञ्जालमा यसको उत्तर दिने कैयन उदारहणहरु हुन्छन्,’ ग्रेसले भनिन्, ‘यो एक प्रकारको बायसनेस नै हो, हामीले आफू नर्मल अवस्थामा भएको प्रमाणित गर्नका लागि प्रमाणहरु खोज्छौं ।’

‘यदी हामीलाई पहिले नै रक्सी खाँदा फाइदा हुन्छ भन्ने सोच बनाएका छौं भने हामी फेसबुकमा जान सक्छौं जहाँ साथीहरुले क्वारेन्टाइनमा रक्सी पिइरहेको तस्बिरहरु देख्न सक्छौं, उनीहरु रमाइरहेको देख्न सक्छौं । र, आफूलाई पिउनुका लागि आधार बनाउन सक्छौं,’ उनले भनिन् ।

त्यसो गर्नुभन्दा मानिसहरुले आफूप्रति नै इमान्दार भई रक्सी पिउनुको उद्देश्य खोज्न थाल्यौं र हामीलाइ के साच्चिकै रक्सी पिउँदा फाइदा हुन्छ भन्ने लाग्छ कि लाग्दैन भन्ने थाहा पाउनु पर्छ ।

ग्रेसले आफूले दोस्रो बच्चा जन्माएपछि आफूलाई सान्त्वना दिनका लागि रक्सीको साहरा लिएको र तनाव कम गर्नका लागि रक्सी पिएको बताउँछिन् । उनले आफूलाई खुसी हुनका लागि रक्सी पिएको र पछि अझ बढी रक्सी खाने भएको बताउँछिन् ।

इटलीबाट प्रकाशित नयाँ रिसर्चमा तपाईं मध्यम मात्रामा रक्सी खाने मानिस हुनु भयो भने पनि कोभिड-१९ को संक्रमण हुने रिक्स हुन्छ र यसले संक्रमणलाई अझ बढावा दिन्छ पनि ।

अनुसन्धानमा रक्सीको सेवनले कोरोना भाइरसको संक्रमणलाई बढाउँछ भने श्वासप्रश्वासमा पनि असर गर्न शुरु गर्छ ।

रक्सी पिउनेहरुमा संक्रमणको जोखिम अझ बढी हुन्छ भने छिट्टै फोक्सोमा पनि असर गर्छ साथै बिरामी भएको अवस्थामा भेन्टिलेटर नै आवश्यक हुन सक्छ । अध्ययनले रक्सीको सेवनले एसीई-२ को मात्रा बढाउँछ र कोरोना भाइरस शरीरमा प्रवेश गर्ने सम्भावना बढ्छ ।

त्यसैले महामारी र लकडाउनको समयमा बढी मात्रामा रक्सी पिउनु भनेको शरीरमा भएको प्रतिरोधात्मक शक्तिलाई अझ बढी कमजोर बनाउनु हो । यसले स्वास्थ्यलाई अझ बढी जोखिममा धकेल्छ । यसले श्वासप्रश्वास प्रणालीमा समस्या सिर्जना गर्नुका साथै संक्रमणको जोखिम पनि उत्तिकै बढाउँछ ।

एक सातामा १४ युनिट रक्सीको मात्रा खानुलाई लन्डनस्थित द रोयल कलेज अफ साइकाइट्रिकले चेतावनी दिँद यो गलत भएको बताएको छ । यसले संक्रमणको जोखिमलाई अझ बढाउने उसको भनाइ छ । त्यतिमात्रै होइन, रक्सी आएर उत्तेजनामा आउनु आफैमा खराब बानी हो ।

संयुक्त राष्ट्र संघले पनि रक्सीका कारण क्वारेन्टाइनको समयमा घरेलु हिंसा बढेको बताएको छ । चीनमा गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष तीन गुणाले बढेको जनाएको छ । लेवनान र मलेसियामा दोब्बर भएको छ भने बेलायत, फ्रान्स, स्पेन, जापान, इटलीलगायतका देशमा लकडाउनमा मृत्यु हुनेको संख्या गत वर्षको तुलनामा सोही अवधिमा यो वर्ष दोब्बर भएको छ ।

दक्षिण अफ्रिका, भारत, श्रीलंका र ग्रिनल्याण्डलगायतका देशमा लकडाउनको समयमा रक्सीको प्रयोग बढेको देखिएको छ । त्यसैले ती देशमा रक्सीको बिक्री बन्द गरिएको छ । यद्यपि भारतमा भने केही दिनयता रक्सीको बिक्री खुला गरिएको छ ।

तर त्यहाँ पनि समस्या छन् । जो अत्यधिक मात्रामा रक्सी पिउँथे उनीहरुमा काम्ने, भ्रमित हुने र चक्कर आएर पल्टिने समस्या पनि देखिएको छ भने केहीमा गम्भीर घटना भएको पनि देखिएको छ । भारतमा मात्रै रक्सी सेवन कै कारण कैयन मानिसहरुले ज्यान गुमाइसकेका छन् ।

तर जहाँ रक्सी उपलब्ध छ, त्यहाँबाट प्राप्त तथ्यांकले सबै कुरा स्पष्ट भने पार्दैनन् ।

बेलायतको पोर्टस्माउथ विश्व्विद्यालयका न्यूरोसाइन्सका लेक्चर माट पार्करले रिसर्च ग्रुप सञ्चालन गरिरहेका छन्, जसले रक्सीबाट उत्पन्न तनावका विषयमा अध्ययन गरिरहेको छ । उनको अध्ययनले एकतिहाइ मानिसहरुले कम रक्सीको प्रयोग गरिरहेका छन् । र, प्रत्येक पाँच जनामा एक जनाले रक्सी अत्यधिक मात्रामा प्रयोग गरिरहेका छन् ।

साथै जो मानिसहरु अत्यधिक रक्सी सेवनको लतबाट रिकभर हुँदैछन उनीहरुका लागि यो समय नयाँ अध्याय जिउने समय पनि बनेको छ ।


पुष्प दुलाल