२ नम्बर प्रदेशले कृषि प्रयोजनका लागि लिएको ऋणको ब्याज अनुदान दिने



काठमाडौं । प्रदेश २ सरकारले कृषि प्रयोजनका लागि लिएको ऋणको ब्याज अनुदान दिने भएको छ । २ नम्बर प्रदेशका महान्याधिवक्ता दीपेन्द्र झाले सामाजिक संजाल मार्फत यसको जानकारी दिएका छन् ।

वाणिज्य बैंक,विकास बैंक,फाइनान्स,लघुवित्त तथा सहकारीबाट कृषि प्रयोजनका लागि लिएको ऋणको चैत देखि असार मसान्तसम्मको ब्याज प्रदेश सरकारले तिरिदिने निर्णय गरेको हो ।

अहिले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको चैतमा तिर्नुपर्ने किस्ता असार मसान्तमा तिरेमा हुने सुविधा मात्र दिइएको छ । यस्तो बेला प्रदेश २ सरकारले भने ब्याज अुदान दिने निर्णय गरेको हो ।


क्लिकमान्डु