कोरोना फैलावट रोक्न स्मार्टफोनले यसरी गरिरहेको सरकारलाई सहयोग



सरकारले नेपालमा कोरोना भाइरसविरुद्ध लड्नका लागि मोबाइल एप निर्माण गर्ने बताइसकेको छ । यसका लागि तयारी समेत गरिरहेको छ ।

त्यस्तै छिमेकी मुलुक भारत यतिबेला कोरोना भाइरसको संकटबाट जुधिरहेको छ । भारत यतिबेला कोरोना भाइरसको चेनलाई पत्ता लगाएर त्यसको जरासम्म पुग्ने कोसिस समेत गरिरहेको छ ।

तर यो काम त्यति सजिलो भने छैन । स्मार्टफोनबाट कारोना भाइरसको फैलावटको चेन पत्ता लगाउनु आफैमा चुनौतीपूर्ण हो भने यो त्यत्तिकै संवेदनशिल पनि हो ।

तर सिंगापुरमा भने स्मार्टफोन कोरोना भाइरसको संक्रमण रोक्न सहयोगी सिद्ध सावित भएको छ । जसले यसको चेन पत्ता लगाउने सफलता हात पारेको छ । तर यसका लागि भने सबैको सहयोग र उत्साह उत्तिकै जरुरी हुन्छ ।

नेपालको कुन क्षेत्रमा कोरोनाको बिरामी पुष्टि भयो र त्यो ठाउँ निके भीडभाडयुत्त  छ भने संक्रमित कहिले कहाँ कहाँ को–कोसँगको सम्पर्कमा पुग्यो भन्ने कसरी थाहा पाउने ?

कोरोनासँग लडिरहेको टिमले आफ्नो तरिकासँग सम्पर्कमा आउने व्यक्तिहरुको सूची बनाउँछ । जसमा कुन–कुन व्यक्तिसँग सम्पर्कमा आए लगायतका कुरा समावेश गर्दछन् ।

तपाई अनुमान लगाउन सक्नु हुन्छ कि यो काम कति गाह्रो छ । यो एक प्रकारको चोर र पुलिसको खेल जस्तै हो । जसमा पुलिस चोरका पछाडि घुमिरहन्छ । एउटा चोर त पक्राउ गर्छ तर उसका १० अन्य साथीहरु भने पक्राउ पर्दैनन् । प्रहरीको जालबाट सजिलै निस्कन्छन् । यस प्रकारका खेल अन्त्य हुने कुनै संकेत पनि देखिन्न् ।

त्यसैले युरोपमा डाक्टर तथा इन्जिनियरहरु सरकारसँग मिलेर यस्तो मोबाइल एप बनाउन गइरहेका छन् जसले कोरोना संक्रमित मानिस कुन समयमा कोसँग सम्पर्कमा आए भन्ने जानकारी हासिल हुन्छ ।

त्यस्तै काम भारतमा पनि एउटा टिमले गर्न शुरु गरिसकेको छ । स्मार्टफोनमा हुने लोकेसन ट्रयाकिङको सहयोगमा संक्रमित व्यक्तिमाथि अनुगमन गरिन्छ । यो कुनै नयाँ तरिका होइन । गुगल जस्तो ठूलो कम्पनीहरु ट्राफिकको अवस्था बताउनका लागि पनि यसलाई प्रयोग गर्छन् ।

यदी सरकारले लोकेसनका आधारमा तपाईको फोन हेर्न सक्ने अवस्था आयो भने नतिजा के होला त ? यस्ता प्रश्नहरुले पनि मानिसलाई चिन्तित तुल्याएको छ । खास गरी युरोपमा डाटा सुरक्षालाई लिएर एउटा महत्वपूर्ण र गम्भीर प्रश्न उठेको छ ।

युरोपियन आयोग अहिले मोबाइल कम्पनीहरुसँग मिलेर यस विषयमा छलफल गरिरहेका छन् । जसमा सुरक्षित तरिकासँग कसरी आवश्यक मात्रै डाटा निकाल्ने भन्ने विषयमा अहिले बहस चलिरहेको छ ।

यसमा फ्रान्स र जर्मनी जस्ता देश पनि रिसर्चका लागि यस प्रकारको उपयोग पहिले पनि गरिसकेका छन् ।

यसका लागि एनानिमाइज एन्ट एग्रिगेट तरिका प्रयोग गरिन्छ । यसमा जुन डाटाको मात्रै जरुरी हुन्छ । त्यही डाटा मात्रै लिइन्छ । जस्तो कि लोकेसन र युजरको पहिचान हुने डाटा सेभ गरिन्न ।

तर कोरोना संक्रमणको विषयमा प्रयोगकर्ताको पहिचान गर्नु पनि जरुरी हुन्छ । यस्तोमा यो तरिकालाई कसरी प्रयोग गर्ने भन्ने विषयमा अहिले बहस शुरु भएको छ ।

साथै यसमा अर्को तरिका व्युटुथको प्रयोग पनि हो । यदी तपाई वायरलेस हेडफोन वा स्पिकर प्रयोग गरिरहनु भएको छ भने तपाईलाई थाहा छ कि ब्लुटुथले कसरी काम गर्छ ?

यदी मानिसहरुले स्मार्टफोन प्रयोग गरेका छन् र त्यसमा ब्लुटुथ पनि अन गरेका छन् भने त्यसले उक्त व्यक्तिका आसपासमा भएको मानिसका फोनको कोड जम्मा गर्न सक्छ । यसले मानिस कति जना जम्मा भएका छन् र कहाँ जम्मा भएका छन भन्ने जानकारी हासिल हुन्छ ।

सिंगापुरमा यसको प्रयोग भइरहेको छ भने जर्मनीमा पनि प्रयोग गर्ने तयारी भइरहेको छ । यसको सबैभन्दा राम्रो पक्ष मानिसको सबै डाटा सुरक्षित नै हुन्छ । र खराब पक्ष के हो भने जब मानिसले यसलाई फोनमा अन गरे भने मात्रै यसले काम गर्छ ।

सिंगापुरमा जनताले सरकारलाई साथ दिएका छन् । सरकारसँग संक्रमित मानिसहरुको डाटा थियो । जब उक्त व्यक्तिका नजिकमा कोही आयो भने त्यो जानकारी आफै पुग्थ्यो । यसरी उनीहरुलाई जानकारी दिन सकिन्थो । उनीहरुलाई तपाई संक्रमित मानिसको नजिक हुनुहुन्छ भन्ने जानकारी दिँदै सचेत गराइन्थ्यो ।

तर अधिकारकर्मीहरु कोरोना भाइरसको संकट सकिएपछि सरकारले यसलाई कसरी प्रयोग गर्छ भन्ने शंका गर्दछन् । एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स जस्ता १०० मानवअधिकार संस्थाहरुले साझा वयान जारी गर्दै चिन्ता समेत व्यक्त गरेका छन् ।

कसका लागि घातक हुन्छ ?

सबैभन्दा ठूलो रहस्य ८० प्रतिशत मानिसहरु यसका लक्षण कि त देखिन्न भने धेरैमा निकै कम देखिन्छ । मानिसहरुमा यो निमोनिया कारण बनेर ज्यान समेत लिन सक्छ । ब्रिटिस जर्नल लअसेन्टमा प्रकाशित एक रिपोर्ट अनुसार मानिसको नाक र घाँटीमा भाइरसको आक्रमण पीडितहरुको तुलनामा ६० प्रतिशत बढी हुन्छ ।

रिसर्च किन जरुरी ?
बढ्दो उमेरका मानिसमा प्रतिरोधी क्षमता बलियो थिएन भन्ने मान्ने कि यस्ता मानिसमा धेरै संक्रमण भयो भन्ने मान्ने भन्ने विषयमा अझै पनि रिचर्स आवश्यक देखिएको छ । आम रुपमा वृद्धवृद्धाहरुमा यो संक्रमण बढी देखिएको छ र मृत्युको दर पनि यी उमेर समूहका मानिसमा बढी देखिएको छ ।

हावामा भाइरस
कोरोना भाइरस शारीरिक सम्पर्क तथा संक्रमित व्यक्ति खोक्दा वा हाँच्छिउ निस्कने थोपाबाट फैलने विश्वास गरिन्छ । त्यदी त्यसो हो यो मौसमी फ्लू जस्तो हावामा कसरी फैलिन्छ त ?


क्लिकमान्डु