आयातमा कडाइ गर्दाको फाइदा: भुक्तानी सन्तुलन लगातार ६ महिनादेखि बचतमा



काठमाडौं । मुलुकको भुक्तानी सन्तुलन (देश भित्रिने र देशबाट बाहिरिने रकमबीचको अन्तर)को अवस्थामा सुधार आएको छ ।

चालु आर्थिक वर्षको पुस महिनासम्म २६ अर्ब करोड रुपैयाँले भुक्तानी बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । गत आवको सोही अवधिमा ६३ अर्ब ६७ करोड ७० लाख रुपैयाँले भुक्तानी सन्तुलन (शोधानान्तर) घाटामा थियो ।

लगातार २४ महिनासम्म नेपालको भुक्तानी सन्तुलन घाटामा रहेर गत साउनयता भने बचतमा रहेको छ ।

साउनमा भुक्तानी सन्तुलन ६ अर्ब ४ करोड ५२ लाख रुपैयाँ, भदौमा ८ अर्ब ८३ करोड १० लाख रुपैयाँ, असोजमा १४ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ, कात्तिकमा २७ अर्ब २८ करोड ५३ लाख रुपैयाँ, मंसिरमा २३ अर्ब २९ करोड ७१ लाख रुपैयाँ र पुसमा २६ अर्ब ६४ करोड ८४ लाख रुपैयाँ नेपालको भुक्तानी सन्तुलन बचतमा छ ।

आयातमा गरिएको कढाइका कारण आयात देश भित्रिने वस्तु तथा सेवाको आयात घट्नुको साथै सरकारले विदेशी ऋण परिचालन वृद्धि, भ्रमण खर्चको परिमाणमा गरेको कडाईका कारण शोधानान्तर बचत बढेको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशन नरबहादुर थापाले बताए ।

‘आयात ४ प्रतिशतले घट्दा निर्यात २६ प्रतिशतले बढेको छ, यसले शोधानान्तर बचत बढाउन ठुलो मद्दत गरेको छ,’ उनले भने ।

केही महिनायता मुलुकमा पर्यटकको वृद्धि, वैदेशिक ऋण र अनुदान लगायतको प्रतिफल भएको र शोधानान्तर बचत बढ्दा विदेशी लगानीकर्ताको मनोबल बढ्ने र थप विदेशी लगानी लगानीकर्ता अकर्षित हुने उनको तर्क छ ।

नेपालको शोधानान्तर स्थिती २०७४ साउनदेखि २०७६ असारसम्म घाटामा रहेको थियो । शोधानान्तर स्थिती घाटामा रहे पनि सो समयमा मुलुकको वैदेशिक मुद्रा सञ्चिति बलियो रहेको काराण त्यसको खासै ठूलो असर नपरेको थापाले बताए ।

‘त्यसबेला रेमिट्यान्सको वृद्धिदर घटरे देश भित्रिनेभन्दा देश बाहिरिने रकम बढी भएर शोधानान्तर स्थिती घाटामा गएको थियो’ उनले भने ‘कुनै समय भुक्तानी सन्तुलन घाटामा गएपनि त्यो देशको विदेशी सञ्चिती बलियो छ भने भुक्तानी सन्तुलन ऋणात्मक हुँदा त्यति धेरै नकारात्मक असर गर्दैन् ।’

नेपालको भुक्तानी सन्तुलन ऋणात्कम भएको समयमा विदेशी सञ्चिति बलियो भएको र हाल भुक्तानी सन्तुलन बचतमा हुँदा विदेशी लगानीकर्ता माझ नेपालमा लगानीमा गर्नुपर्छ भन्ने आधार बढेको उनको भनाइ छ ।

नेपालको भुक्तानी सन्तुलन २०७४ साउनदेखि २०७६ असारसम्म घाटामा रहेको थियो । तर सो अवधिबीचमा नेपालको विदेशी सञ्चिती १० खर्ब ५० अर्बको हाराहारीमा रही ७ महिनाभन्दा बढीको वस्तु तथा सेवा निर्यात गर्नेसक्ने क्षमता मुलुकको रहेको थियो ।

हाल मुलुकको विदेशी सञ्चिती साढे ८ महिनाको वस्तु तथा सेवा निर्यात गर्न सक्ने गरी १० खर्ब ९६ अर्ब रुपैयाँ छ ।

पछिल्लो केही महिनायता रेमिट्यान्सको वृद्धिदर घटिरहेको छ । साथै चीनमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपाल भित्रिने  चिनियाँ पर्यटनको संख्यामा कमी र चीनमा हुने नेपालको व्यापार पनि रोकिएको छ ।

जसकारणले आगामी महिनामा शोधानान्तर बचत केही घट्ने सम्भावना रहे पनि मलेसियामा नेपाली कामदारहरु वैदेशीक रोजगारीमा जान शुरु गरेपछि यसको सन्तुलन पुन बढ्ने थापाको तर्कछ ।


क्लिकमान्डु