लन्डनकै पूरानो होटेल ‘ब्राउन्स हाउस’को कथाः साहित्यको पर्याय, एक रात बस्न कति खर्च लाग्छ ?



काठमाडौं । लन्डनको भित्रि सहरमा एउटा घर छ । जुन झण्डै २ सय वर्ष अगाडि बनेको थियो । लन्डनको स्थल चिन्ह मानिने यो ब्राउन्स हाउस होटल मात्रै होइन, इतिहासको साक्षी पनि हो र साहित्यका लागि पर्याय पनि ।

त्यतिमात्रै होइन, यो पुरानो विश्व युरोपियन लक्जरी र ऐतिहासिक साहित्यको पयार्य पनि हो । तर यो विगतका नामहरुमा विरलै पाइन्छ ।

फोर्ट परिवार जसले यहाँको पारिवारिक वातावरणको हेरचाह गर्यो उसलाई धन्यवाद दिनैपर्छ ।

जसमा आकर्षक उत्साहिक आन्तरिक सजावट, प्लेफुल डिजाइनले यसको धरोहरलाई कायमै राखेको छ । र, यस ब्राउन्स हाउसको प्रभाव अझै पनि जारी छ ।

फोब्र्सले लेखेको लेखमा यस ब्राउन्स हाउसमा एक ब्रिटिस बिरासतको बास कसरी बन्यो भन्नेबारेमा चर्चा गरिएको छ ।

यसको कथा शुरु हुन्छ, बदनाम कवी लर्ड बायरनबाट र अझ विशेष गरी उनका बटलर जेम्बर ब्राउनबाट । उनकी श्रीमति सारा, लेडी बायरनकी दासीले सन् १८७६ मा ‘२३ ड्राभर स्ट्रिट’ खरिद गरेकी थिइन् ।

जसलाई उनले सन् १८३८ मा विस्तार गर्दै ब्राउन्स होटलमा रुपान्तरण गरेकी थिइन् । त्यसैबेलादेखि उल्लेखनीय रुपमा तथ्यहरु संग्रहित हुँदै आएका छन् ।

सन् १८७६ मा टेलिफोनका आविष्कार एलेक्जेन्डर ग्राहम बेलले होटलमा चेकइन गरेका थिए र पहिलो पटक ब्रिटिस टेलिफोन कल गरेका थिए ।

नेपोलियन तृतीय र महारानी युजेनीले फ्रान्सबाट यहाँ अस्थायी शरण खोजेका थिए । र, रानी भिक्टोरियाले प्रायः यहाँको इंग्लिस टि रुपमा चिया लिन्थिन् ।

साथै अमेरिकी पूर्व राष्ट्रपति रुजबेल्टले ब्राउन्समा विवाहको अघिल्लो रात बिताएका थिए । उनीहरुको विवाह होटलमा भएको प्रमाण पत्रको एकप्रति अझै पनि त्यहाँ पाउन सकिन्छ ।

विगत २०० वर्षयता, ब्राउन्स हाउस साहित्यिक इतिहासका लागि हब बनेको छ । जहाँ मार्क ट्वाइन, जे.आर.आर टोक्लिन, विलियम फ्उल्कनर, सोमरसेट मौग्हाम, एगाथा क्रिस्टिाइन, जर्ज अरवेल र ए.ए. मिल्नेजस्ता पाहुना समेत आइसकेका छन् ।

त्यतिमात्रै होइन, साहित्यमा सर्वश्रेष्ठ कविमध्येका एक रुडयार्ड किप्लिङ समेत यहाँ आएका थिए । किप्लिङले ब्राउन हाउसमा पहिलोपटक सन् १८९२ मा हनिमुनका लागि आएका थिए ।

त्यसपछि सन् १९३६ सम्ममा पटकपटक आएका थिए । द जंगल बुक लेखेर आफ्नो धेरै भ्रमणका क्रममा उनले ब्राउन हाउसको बिरासतमा अमिट छाप छाड्न सफल भए ।

सन् २००३ मा ब्राउनलाई प्रसिद्ध रोक्को फोर्टे होटल ग्रुपले स्वामित्वमा लिएको थियो । संस्थापक सर रोक्को पोर्टेसहितको परिवारले नेतृत्वमा उनकी बहिनी, डिजाइन सितारा ओल्गा, पोलिजीस र उनका बच्चाहरु लिडिया, इरेन र चाल्र्स बसेका थिए । अधिग्रहण लगत्तै यसले २४ मिलियन युरोपियन डलरको नवीकरण समेत गर्यो ।

सन् २०१७ मा, बेमेल खालको किप्लिङको सुटको खुलासा भयो । जुन द जंगल बुकमा आकर्षक पखाईका रुपमा प्रस्तुत गरिएको छ ।

बाहिरपट्टी झुण्डिरहेको बाँदरको मुर्ती, किप्लिङले ब्राउनबाट पठाएका चिठीका फ्रेम, लेविस र वुडले बनाएका सन्की, र हातबाट बनाइएका वालपेपर समेत छन् । साथै, पेनग्वीन पुस्तकहरु, ब्राउनले विशेष प्रकाशन गरेको ‘द जंगल बुक’ पनि पाहुनाका लागि सुइटमा उपलब्ध गराइएको छ ।

सुइटलाई शास्त्रीय समकालीनका रुपमा वर्णन गर्न सकिने र प्रशस्त बस्ने कोठा समेत उपलब्ध छ । साथै आधुनिक टच समेत त्यसमा दिइएको छ ।

अरबेस्काटो इटालियन मार्बल, संगमरमरको पोशाकले हल्का भरिएको महलको बाथरुम शरणस्थल जस्तै हो । जहाँ इरिन फोर्ट स्किनकेयर शौचालयन राखिएको छ ।

सिसिलीमा रहेको जैविक खेतीबाट तयार पारिएका सामग्री छन् । ब्राउनमा भर्खरै शुरु भएको एक अर्बन स्पा उपचारका लागि इरिन फोर्टेको दिव्य र सुगन्धित ल्याभेन्डर र रोमेमरी फोम क्लिन्जर, खुबानीको बोक्रा र हिबिस्कस सिरमको साथमा पाइन्छ ।

पछिल्लो समय सन् २०१९ को सेप्टेम्बरमा ब्राउनमा नयाँ सोचसहितको रेष्टुराँ खोलिएको छ जसको नाम चार्लिजको नाम दिइएको छ । यो नाम सर रोक्को फार्टेका पिता लर्ड चाल्र्स फोर्टेको नामबाट लिइएको हो ।

जसमा निर्देशक मिचेलिन सहित स्टारर सेफ एडम ब्याट छन् । जसका हजुरबुबा साच्चिकै सन् १९६० को दशकमा बेलिब्याय थिए ।

ब्राउन्स होटलमा अहिले बस्न चाहनुहुन्छ भने क्लासिक रुमका लागि एक रातको ५२० युरोपियन डलर राखिएको छ । जसमा ब्रेकफास्ट पनि समावेश गरिएको छ ।

साथै किप्लिङ सुइट रुममा एक रात बस्नका लागि ६ हजार ५०० युरोपियन डलर अर्थात सवा ८ लाख रुपैयाँ तोकिएको छ । (फोर्ब्सको सहयोगमा)


पुष्प दुलाल