एकपटक चार्ज गरेर १ हजार किलोमिटर गुड्ने विद्युतीय बस नेपालमा उत्पादन हुने



काठमाडौं । अष्ट्रेलियन टेक्नोलोजीद्वारा निर्मित ब्रिक्सन कम्पनीका विद्युतीय सवारी साधन बस नेपालमै उत्पादन हुने भएको छ । कम्पनीका प्रबन्ध निर्देशक तथा सीइओ काजीमान आत्रेयले उक्त बिक्सन कम्पनीका विद्युतीय सवारी साधन नेपालमै एसेम्बल गर्ने तयारी भइरहेको जानकारी दिए ।

बुधबार विद्युतीय बसबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कम्पनीका कम्पनीका अध्यक्ष ध्रुव थापाले विद्युतबाट सञ्चालन हुने सार्वजनिक, निजी, पर्यटकीय, स्कुलबस बजारमा नेपालमा ल्याउन लागेको समेत जानकारी दिए ।

कम्पनीका अनुसार पहिले भारतमा उत्पादन गरेर नेपालमा सवारी साधन ल्याउने र पछि नेपालमै एसेम्बल प्लान्ट स्थापना गरिनेछ । जसका लागि ५ अर्ब रूपैयाँ लगात लाग्ने अनुमान गरिएको छ ।

आत्रेयका अनुसार निकट भविष्यमै उक्त कम्पनीको विद्युतीय सवारी साधन नेपालमै उत्पादन पनि गरिनेछ । यसका लागि स्वदेशी र विदेशी लगानीमा उद्योग स्थापना गरिनेछ । कम्पनीका अनुसार अहिले उद्योग स्थापनाका लागि जग्गा खोजी भइरहेको छ ।

‘सरकारले वातावरणमैत्री सवारीलाई प्राथमिकता दिने नीति लिएको छ, सोही अनुसार हामीले पनि विद्युतीय सवारी साधन ल्याउन लागेका छौं, सवारी साधनहरु कम्तीमा १५ सिटदेखिका माइक्रोबस र ४२ सिट क्षमतासम्मका बस हुनेछन्,’ अध्यक्ष थापाले भने ।

कम्पनीका अनुसार यो सवारी साधनलाई एकपटक फुल चार्ज गर्न ४ देखि ८ घण्टासम्म लाग्छ । भने एकपटक फुल चार्ज गरिसकेपछि १ हजार किलोमिटरसम्म गुडाउन सकिन्छ ।

कम्पनीले मुख्य गरी सार्वजनिक, निजी, पर्यटकीय, स्कूल बस तथा लामो दुरीमा समेत प्रयोग गर्न मिल्ने र वातावरणमैत्री समेत रहेकोले ग्राहकका लागि उपयुक्त हुने सवारी साधन उत्पादन गर्दै आएको छ ।

सबैभन्दा बढी माइलेज दिने विद्युती सवारी साधनमा वल्र्ड रेकर्डमा नाम दर्ता गरिसकेको यस विद्युतीय सवारी साधन नेपालमा आगामी अप्रिल महिनासम्म ल्याइने बताए ।

डिजेल तथा पेट्रोलबाट चल्ने सार्वजनिक यातायातले अत्यधिक वायु प्रदुषण भइरहेको र यसबाट हुने वायुप्रदुषणका कारणले क्यान्सर, मिर्गौला, मुटुरोग जस्ता जटिल रोगको शिकार भई अकालमा ज्यान गुमाउनु परिरहेको बताउँदै यो कम गर्नका लागि विद्युतीय सवारी साधन आवश्यक रहेको प्रबन्ध निर्देशक थापाको भनाइ छ ।

कम्पनीका अनुसार यस विद्युतीय बसमा रहने ब्याट्रीको ग्यारेन्टी २० वर्षसम्म रहन्छ । जसलाई २० वर्षपछि फेरि रिसाइकल गरी प्रयोग सकिने थापाले बताए ।

विश्वमा हरेक वर्ष वायुप्रदुषणबाट ७० लाख मानिसको मृत्यु हुने बताउँदै फिरोज खानले विद्युतीय सवारी साधन वर्तमान र भविष्यका लागि वातावरणीय दृष्टि नै आवश्यक भएकोब ताए । उनले विद्युतीय बसबारे जानकारी दिँदै अन्य सिटी बस एक पटक फूल चार्ज गरेपछि औसत ३०० किलोमिटर गुड्ने तर यो बस ६०० किलोमिटरभन्दा बढी गुड्ने दाबी गरे ।

साथै खर्चका हिसाबले पनि पेट्रोलियम सवारी साधनको तुलनामा एक तिहाइ खर्चमा मात्रै विद्युतीय बस सञ्चालन गर्न सकिने बताए ।

हिमालयन मोटरक्र्स कम्पनीले अटोमाबाइलसँगै रियल स्टेट, हस्पिटालिटी र हाउजिङ व्यवसायमा पनि काम गरिरहेको छ । २८ वर्षअघि स्थापना भएको कम्पनीले शुरुवातमा रिकन्डिसन व्यवसाय शुरु गरेको थियो ।

कम्पनीले हाल फोर्स मोटर्स र ज्योत्से मोटरसाइकलको आयात समेत गर्दै आएको थापाले जानकारी दिए ।


क्लिकमान्डु