शिवम् सिमेन्टको सेयर मूल्य अब घट्छ कि बढ्छ ? यस्तो छ प्रविधिक विश्लेषण



काठमाडौं । शिवम् सिमेन्ट चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नाफा ४६.५ प्रतिशतले घटेको छ । कम्पनीले पहिले त्रैमासमा १९ करोड ८६ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । कम्पनीले गत वर्षको सोही अवधिमा ३७ करोड १४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको तुलनामा कम्पनीको कुल आम्दानी पनि २५ प्रतिशतले घटेर २ अर्व ४ करोड ८६ लाख रुपैंया पुगेको छ । अघिल्लो वर्ष कुल आम्दानी सोही अवधिमा २ अर्ब ७२ करोड रुपैयाँ थियो ।

सिमेन्ट बिक्रीमा २१ प्रतिशत अर्थात् ६८ करोड रुपैयाँ तथा अन्य आम्दानीमा क्रमशः शतप्रतिशत कमीले नाफा घटेको छ ।

गत आवमा २ अर्ब ७२ करोड रुपैयाँ बढीको सिमेन्ट बिक्री भएकोमा चालु आवको पहिलो त्रैमासमा २ अर्व ४ करोड रुपैयाँमा झरेको छ ।

बजारमा सिमेन्ट उत्पादनबीचको प्रतिष्पर्धाले खपतको तुलनामा उत्पादन अधिक भएपछि बिक्री मूल्य ह्रास आएकाले कम्पनीको प्रथम त्रैमासमा नाफा घटेको हो ।

यसको साथै वित्तीय, प्राविधिक सेवाको विस्तार, मानव संशाधनलगायत प्रसाशनिक तथा व्यवस्थापकीय खर्च बढेमा मुनाफामा अझ गिरावटको सम्भावना देखिएको छ ।

शिवम् सिमेन्टको नाफा घटेपछि त्यसले सेयर मूल्यलाई समेत प्रभावित बनाएको छ । बजारमा भईरहेको सिमेन्ट उत्पादनबीचको प्रतिष्पर्धाले खपतको तुलनामा उत्पादन अधिक भए पछि बिक्री मूल्य ह्रासले हो ।

पछिल्लो समय सरकारबाट करको दायरामा गरेको वृद्धिको पनि केही असर देखिन्छ । ४ अर्ब ४० करोड चुक्तापूँजी रहेको शिवम्को सेयरधनी कोषमा ३ अर्ब ४३ करोड र सेयर प्रिमियम कोष ९४ करोड २ लाख रुपैयाँ रहेको छ ।

आम्दानीमा गिरावट आए पनि कम्पनीले खर्चमा कुशलतापूर्वक घटाउन सफल भएको छ । प्रशासनिक खर्च २.२ प्रतिशतले बढे पनि वितरण प्रणाली खर्चमा ९.८ प्रतिशत, मूल्यह्रास र परिशोधनमा ११.१ प्रतिशत तथा वित्तीय खर्चमा ५८ प्रतिशतले घटाएको छ ।

समग्रमा कम्पनीले कुल खर्च १९.७ प्रतिशतले घटेर ४० करोड ६५ लाख ६१ लाख रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिमा ५० करोड ८३ लाख रुपैंया थियो ।

कूल सम्पत्ति १२ अर्ब ३२ करोड बराबरको रहेको कम्पनीले ४ अर्ब १६ करोड बराबरको सम्पत्ति तथा उपकरण लगानी गरेको छ । साथै ३ अर्ब ३६ करोड ५६ लाख रुपैयाँ साहायक कम्पनीमा लगानी गरेको छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३८ रुपैयाँ १८ पैसाबाट घटेर १८ रुपैयाँ ६ पैसामा झरेको छ । यस्तै कम्पनीले प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ४४ पैसा, प्रतिशेयर कुल सम्पत्ति नेटवर्थ २८०.१८, तरलता अनुपात २.०८ प्रतिशत तथा मूल्य आम्दानी अनुपात २७.१९ गुणा छ ।

शिवम् सिमेन्टले २०७४ फागुन ६ देखि १४ गतेसम्म सर्वसाधारणमा प्रिमियम सहित प्रतिकित्ता ३०० र स्थानीयबासिका लागि प्रिमियम सहित प्रतिकित्ता २०० रुपैयाँका दरले कूल ५२ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेको थियो ।

केही समय अगाडि नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने ‘एन एस क्वालिटी अवार्ड २०१९’ बाट सम्मानित समेत भएको थियो ।

शिवम् सिमेन्ट्सको २ महिने फ्लोरसिटबाट हेर्दा खरिदमा ब्रोकर न ५८, ४५, ४९, ३२ तथा ३८ बिक्रीमा ब्रोकर न ४५, ५८, ३८, ४८, ३५ तथा २५ नम्बर ब्रोकरबाट सबैभन्दाबढी कारोबार भएको देखिन्छ । त्यस्तै बजार मूल्य ४७०, ५८० तथा ६२० को तहमा ३० हजारदेखि ४० हजार कित्ता सेयर कारोबार भएको छ ।

मैनबत्ति आकृति विश्लेषण

शिवम् सिमेन्ट्सको बिहीबार कारोबार बन्द हुँदा लामो आकारको बुलिस मैनबत्ति बनेको छ । जसमा माथिल्लो भागमा मात्र स्याडो छ । यसले खरिदकर्ताको उच्च खरिदकर्ताको न्यूनमनोबल रहेको संकेत गर्दछ । त्यसको बावजुत पनि माथिल्लो भागको स्याडोले सस्तोमा किनेका लगानीकर्ता नाफा बुक गरेको स्पष्ट देखिन्छ ।

१४ दिने रिलेटिव स्ट्रेन्थ इन्डेक्स (आरएसआई )

रिलेटिभव स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ले अधिक खरिद (ओभरशोल्ड जोन) मूल्य वा अधिक बिक्रि (ओभरबट जोन) परिवर्तनको परिमाण मापन गर्दछ ।

साताको अन्तिम दिन कारोबार बन्द हुँदा आरएसआई ५८.३७ बाट ६८.९८ स्केल आएको छ । आरएसआई ओभरवट जोनबाट पनि माथि गएकाले बुलिस मोमेन्टोम छ ।
आरएसआई लगातार ७० स्केलभन्दा माथिबाट फर्केको अवस्थामा सुधारको संकेत हुने गर्दछ ।

मुभिङ एभरेजकन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी)

एमएसीडीमा दुई ओटा रेखा हुन्छन् । जसमा एउटा रेखाले बजारको दिशा परिवर्तनको संकेत गर्छ भने अर्कोे रेखाले बजारको प्रवृत्ति (ट्रेण्ड) देखाउने गर्छ । यदि एमएसीडी रेखाले सिग्लन रेखालाई तलबाट माथि काटेमा यसलाई सकारात्मक संकेत र एमएसीडी रेखाले सिग्लन रेखालाई माथिबाट तल काटेमा यसलाई नकारात्मक संकेतका रुपमा लिइन्छ ।

शिवम् सिमेन्टसको सेन्ट्रल लाइनभन्दा मुनि २५ नोभेम्बर एमएसीडी र सिग्नल बुलिस क्रस भएको थियो । अहिले पनि यही प्रकियाले निरन्तरता पाएको छ ।

बोलिंजर ब्याण्ड

बोलिंजर ब्याण्ड भोलुममा आधारित प्राविधिक सूचक हो । जसमा अपर, मिड तथा लो ब्याण्ड हुन्छ । तथ्यांक शांस्त्रको स्ट्यान्डर्ड डेभिएसनको शुत्र प्रयोग भएकाले एक आपसमा निश्चित दुरी तय गर्छ ।

यस सूचकले बजारको भोलाटिलिटी मापन गर्दछ । शिवम् सिमेन्टसको चार्ट हर्दा मूल्यले माथिल्लो ब्याण्डलाई छोएको अवस्था छ ।

कमोडिटी च्यानल इन्डेस्क

बुधवार कारोबार बन्दसँगै कमोडिटी च्यानल इन्डेस्क धनात्मक ३१२ स्केलमा घटेर ११३ मा आएको छ । सिसिआई धनात्मक १०० तथा ऋणात्मक १०० मा विभाजन गर्दछ । यदि बजार धनात्मक १०० भन्दामाथि रह्यो भने बढ्ने र ऋणात्मक १०० को स्केलभन्दा तल गएपछि घट्ने संकेत मानिन्छ ।

निष्कर्शः

शिवम् सिमेन्टको नाफा घटेपछि त्यसले सेयर मूल्यलाई समेत प्रभावित बनाएको छ । बजारमा भईरहेको सिमेन्ट उत्पादनबीचको प्रतिष्पर्धाले खपतको तुलनामा उत्पादन अधिक भए पछि बिक्री मूल्य ह्रासले हो ।

अस्थिर आर्थिक अवस्था, वित्तीय संस्था चर्को ब्याज, प्राकृतिक प्रकोप, राष्ट्रको आर्थिक मौद्रिक एवं औद्योगिक र सरकारी करको जोखिमको व्यस्थाप नगर्नु चूनौतीपूर्ण छ ।

चूनौती भए पनि सहायक कम्पनी होङसी शिवम् सिमेन्ट प्रालिले उद्योग निर्माण कार्य सम्पन्न गरी व्यवसायिक उत्पादन शुरु गरिसकेको छ । यस कम्पनीको लगानीफिर्ता हुने अवधि ५ वर्ष ६ महिना मानिएको छ ।

स्थिर आर्थिक अवस्था तथा सहायक कम्पनीबाट प्रतिफल आउने वित्तिकै कम्पनीको वित्तीय अवस्था राम्रो हुनेछ ।

बोलिन्जर ब्याण्डमा माथिल्लो ब्याण्डलाई छोएको अवस्था भने बुधबार कारोबार बन्दसँगै कमोडिटी च्यानल इन्डेस्क धनात्मक ३१२ स्केलमा घटेर ११३ मा आएको छ । तत्कालका लागि ३६० मा टेवा भने ५०० अवरोध देखिन्छ ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । गतवर्ष मात्रै सर्वसाधारणमा प्रिमियम आईपीओ बिक्री गरे लगत्तै शिवमले गत वैशाखमा १५.७९५ प्रतिशत नगद लाभांश दिएको थियो ।

करिब ७ महिना समय २ पटक लाभांश दिनु सकारात्मक पाटो छ । प्राथमिक निष्काशनको विवरण पत्रअनुसार आव २०७६/७७ मा २० प्रतिशत नगद लाभांश दिने प्रक्षेपण गरेको छ ।

प्राविधिक विश्लेषण सूचकहरु हेर्दा १४ दिने आरएसआईको ७७ को स्केल भन्दा हुन्छ । मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स सेन्ट्रल लाइनभन्दा माथि एमएसीडी र सिग्नल बुलिस क्रश निरन्तरता छ ।

बोलिन्जर ब्याण्डमा माथिल्लो ब्याण्डलाई छोएको अवस्था भने बुधबार कारोबार बन्दसँगै कमोडिटी च्यानल इन्डेस्क धनात्मक ३१२ स्केलमा घटेर ११३ मा आएको छ । तत्कालका लागि ३६० मा टेवा भने ५०० अवरोध देखिन्छ ।

नोटः यो उपलब्ध तथ्यांकका आधारमा गरिएको प्राविधिक विश्लेषण हो । यसैलाई आधार बनाएर किनबेच गर्दा लगानीकर्तालाई हुने लाभहानीको क्लिकमाण्डू जिम्मेवार हुने छैन ।


पुष्प दुलाल