कम भिजिविलिटीमा पनि विमान अवतरण गर्न नेपाल एयरलाइन्सले स्वीकृति पायो



काठमाडौं । नेपाल एयरलाइन्सल अब कम भिजिविलिटीमा पनि विमान अवतरण गर्न पाउने भएको छ । नेपाल वायू सेवा निगमद्वारा सञ्चालित ए३२०/३३० को रिडुज्ड भर्टिकल सेपेरशन मिनिमा तथा इलेक्ट्रिक फ्लाइट ब्याग नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट स्वीकृती पाए पनि अब कम भिजिविलिटीमा पनि विमान अवतरण गर्न पाउने भएको हो ।

निगमले हालै ए३२० को अपरेशन्स स्पेसिफिकेसनमा स्टाण्डर्ड क्याटोगोरी २ एप्रुभल तथा ए३२० रिडुज्ड नेभिगेसन पर्फमेन्श- एथोराईजेशन रिक्वायर्ड अपरेशन्सको इन्ट्रिम एथोराइजेशन समेत प्राप्त गरेको थियो । यसले उडान आधुनिकीकरण योजनाका सफलताले उड्डयन सुरक्षालाई थप सुनिश्चित गरेको निगमको दाबी छ ।

निगमका अनुसार साधारणतया विमानहरु इन्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम क्याटोगोरी १ मा अवतरण गर्दछन् । जसअनुसार जहाज अवतरण गर्नको लागि पाइलटले कम्तीमा २०० फिट एभोव ग्राउण्ड लेभलमा ल्याण्ड गर्ने वा गो अराउण्ड गर्ने निर्णय लिनुपर्ने हुन्छ । सोही आप्रोन गर्न ५५० मिटर भिजिविलिटिको आवश्यकता पर्दछ । तर क्याट २ अथोराइजेशन प्राप्त गरेपछि निर्णय गर्ने उचाई १०० फिटमा घट्ने छ । यसले गर्दा कम भिजिबिलिटी मा पनि जहाज अवतरण गर्न सक्ने क्षमता हुने निगमको भनाइ छ ।

क्यानबाट स्वीकृति प्राप्त पाएको हुनाले काठमाडौंको हकमा आरएनपी–एआर तथा अन्तर्राष्ट्रिय उडानमा क्याट २ आईएलएसको उपयोग गर्दै विमान उडान हुनेछन् ।

निगमका अनुसार खराव मौसमको प्रभावबाट हुन सक्ने उडान रद्द होल्डिङ र डाइभर्सन जस्ता अप्ठयाराहरु न्यूनीकरण हुनेछन भने ए३३० जहाजको क्यानट २ तथा आरएनपी–एआर स्वीकृति पनि प्राधिकरणबाट स्वीकृति प्राप्तिको अन्तिम चरणमा रहेको निगमको भनाइ छ । यो प्रक्रिया पूरा भएपछि ए३३० जहाजको उडानलाई समेत अझै नियमित र प्रभावकारी रुपमा सञ्चालन गर्ने योजना निगमको छ ।


क्लिकमान्डु