ग्लोबल आइएमई बैंक अब टेक्नोलोजी बैंकिङमा आक्रमक हुने, यस्तो छ सीइओ कुँवरको रणनीति



बैंकको संख्या धेरै भयो, घट्नुपर्छ भन्ने मलाई भित्रैदेखि लागेको थियो । उपत्यका बाहिर जाँदा स-साना ठाउँमा पनि ८/१० वटा बैंकका शाखा देखिन्थे । एउटै भवनमा २/३ वटा बैंकका शाखा पनि देखिन्थे । अर्कोतिर विज्ञहरु, राष्ट्र बैंकका अधिकारी र सरोकारवालाले बैंकको संख्या धरै भयो पनि भनिरहेका हुन्थे । विश्व बैंक, आईएमएफ जस्ता संस्थाले पनि संख्या घटाउन सुझाव दिइरहेका थिए ।

त्यसपछि यस विषयमा मैले पनि सानो अध्ययन गरेँ । सरसर्ती हेर्दा नेपालमा १० लाख जनताका लागि एउटा बैंक भएको अवस्था छ । भारतमा १ करोड ५५/६० लाख जनताका लागि मात्रै एउटा बैंक छ । भारतको अर्थतन्त्र हाम्रोभन्दा १०० गुणा ठूलो हो ।

त्यसैगरी, पाकिस्तानमा ४४ जनताका लागि बंगलादेश र इन्डोनेसियामा २९/३० लाख जनताका लागि एउटा बैंक मात्रै भएको मैले पाएँ । ती देशमा त्यति ठूलो जनसंख्याका लागि एउटा बैंक भए पुग्छ भने हाम्रोमा १० लाखका लागि किन एउटा बैंक चाहियो ?

यो त मैले वाणिज्य बैंक मात्रैको आधारमा कुरा गरेको हुँ । विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त कम्पनीहरुलाई जोड्ने हो भने त नेपालमा ४/५ लाख जनसंख्याका लागि एउटा बैंक हुन आउँछ ।

राज्यको नीतिलाई सहयोग गर्दा नम्बर १ बन्यो ग्लोबल आइएमई बैंक, अब रणनीति बदल्छौं: अध्यक्ष ढकाल

यी कुराहरुको अध्ययन गरिसकेपछि मैले मेरो सञ्चालक समितिमा बैंकको संख्या धेरै भयो, मर्जरमा जानुपर्छ भनेर आफ्ना तर्कहरु राखेँ । मेरो बोर्ड मेरो तर्कमा कन्भिन्स भयो । र, मर्जरका लागि कुराकानी गर्न थाल्नुभएको थियो । त्यही समय अर्थमन्त्रीज्यूले चालु आर्थिक वर्षको बजेटमा वाणिज्य बैंकलाई पनि मर्जरमा लैजाने नीतिगत व्यवस्था गर्नुभयो ।

गत असार १२ गते राष्ट्र बैंकका गभर्नर साबले सबै बैंकका अध्यक्ष र सीइओलाई बोलाएर मौद्रिक नीति अघिनै पार्टनर खोजेर राष्ट्र बैंकसमक्ष लिखित प्रतिवद्धता बुझाउन निर्देशन दिनुभयो ।

ग्लोवल आइएमई बैंकको सोच पनि हाम्रो जस्तै रहेछ । पार्टनर खोज्नेक्रममा ग्लोवल आइएमई र जनता बैंकबीच कुराकानी भयो । सोच मिल्यो । र, २ चरणको छलफलमै मर्जरमा जाने निर्णय भयो । गत असार २० गते मर्जरमा जाने सैद्दान्तिक समझदारी भयो । मंसिर २० गते एकीकृत कोबार नै भयो ।

मैले पहिलेदेखि भन्दै आएको कुरा पूरा भएको छ । जसकारण म असाध्यै खुसी छु ।

बैंकको आकारको मात्रै कुरा गर्ने हो भने हाम्रो छिमेकमा धेरै ठूला बैंक छन् । ग्लोवल आइएमई देशकै ठूलो बैंक बने पनि छिमेकको हिसाबले हेर्ने हो भने यो आकार धेरै सानो हो ।

अबको हाम्रो रणनीति भनेको टेक्नोलोजी बैंकिङलाई ‘म्यासिभ’ रुपमा अघि बढाउने हो । डिजिटल बैंकिङमा अब ग्लोवल आइएमई बैंक एग्रेसिभ भएर अघि बढ्छ । टेक्नोलोजी बैंकिङमा ठूलो जोखिम छ, तर ठूलो अवसर पनि यसैमा छ । जोखिमलाई व्यवस्थापन गर्दै अवसरलाई व्यवसायमा रुपान्तरण गरेर अघि बढ्ने हो ।

चुनौतिहरु छन् । यसलाई म्यानेज गर्नलाई नै म्यानेजर चाहिने हो । होइन भने त रोबर्ट मात्रै राखेर संस्था चलाए पनि भयो नि ।
ग्लोवल आइएमई बैंक म्यानेजमेन्ट डेप्थ र म्यानेजमेन्ट ब्रेथ दुबैमा बलियो छ । हामीसँग ३२५० जना कर्मचारीहरु छन् । सबै कर्मचारीहरु एक भएर अघि बढाउने ल्याकत हामीसँग छ । तत्कालिन जनतामा पनि क्षमतावान मान्छेहरु थिए । तत्कालिन ग्लोवलमा पनि क्षमतावान मान्छेहरु थिए । दुबै बैंकमा भएका क्षमतावान मान्छेहरु अब एउटै बैंक जोडिँदा हामी दक्ष जनशक्तिका हिसाबले निकै बलियो बैंक बन्न सफल भएका छौं ।

ऋबको रणनीति

च्याप्ने र झ्याप्नेः जनशक्तिको व्यवस्थापनमा हामीले च्याप्ने र झ्याप्ने रणनीति लिएका छौं । राम्रो पर्फर्मेन्स भएका कर्मचारीलाई च्याप्ने र कमजोर पर्फर्मेन्स भएका कर्मचारीलाई झ्याप्ने हो । यति गरेपछि सब ठीकठाक हुन्छ । र, यो रणनीति ऋणीमा पनि लागू हुन्छ । असल ऋणीलाई च्याप्ने र खराब ऋणीलाई झ्याप्ने नै हो ।

कर्मचारीलाई हामी अझै बलियो बनाउँछौं । तल्लो तहका कर्मचारीहरुलाई लगातार ट्रेनिङ दिन्छौं । मार्सल आर्टले जसरी छुसुक्क केही हुनेवित्तिकै पोजिसन लिन्छ, त्यसरी नै कर्मचारीलाई बैंकमा छुसुक्क केही हुने वित्तिकै पोजिसन लिएर समस्याको समाधान गर्नसक्ने बनाउनु छ ।

जोखिम व्यवस्थापनमा केन्द्रित

प्रविधिबाट उत्पन्न हुने जोखिमः जोखिम धेरै प्रकारका हुन्छन् । त्यसमध्येको एउटा महत्वपूर्ण हो टेक्नोलोजीबाट उत्पन्न हुने जोखिम । पछिल्ला २ वर्षमा दुबै बैंकले अत्याधुनिक हार्डवेर र सफ्टवेयरको प्रयोगलाई विशेष जोड दिएका थियौं ।

अत्याधिकरुपमा नयाँ भर्नसको प्रयोग गरेका छौं । सबैप्रकारका सफ्टवेरहरु अपग्रेड गरेका छौं । हामीले फिनाकलकै सफ्टवेर अपग्रेड गरेर माइग्रेट पनि गरिसकेका छौं । हामीले फिनाकलको योभन्दा पनि उच्च भर्सन राख्ने प्रक्रिया अघि बढाइसकेका छौं ।

हामी मर्जरमा अभ्यस्त भइसकेका छौं । दुबैं बैंकका कर्मचारीले मर्जरको म नसुनेका होइनन् । हाम्रा लागि मर्जर दालभात खाएजस्तै हो । त्यसकारण यसलाई व्यवस्थापन गर्न पनि खास चुनौति छैन ।

आज बिहानै मात्र पनि मैले मेरो आईटी प्रमुखसँग यस विषयमा छलफल गरेको थिएँ । त्यसका लागि उहाँले ५/६ महिना लाग्छ भन्नुभएको छ । यसका लागि चाहिने हार्डवेयर र सफ्टवेयर किनिसकेका छौं । यति गर्दागर्दै पनि जोखिम त आउँछ नै । अब हामी के गर्छौं भने हरेक क्रियाकलाप गर्दा के कस्ता जोखिमहरु आउन सक्छन् भनेर पहिले नै व्यापक छलफल गर्छौं । र, त्यसरी उत्पन्न जोखिमलाई कसरी न्यूनिकरण गर्ने भनेर पहिले नै समाधानका उपायहरु अबलम्बन गर्छौं ।

कर्मचारीको क्षमता अभिवृद्धि

नयाँ-नयाँ सफ्टवेयरहरु प्रयोग गरेर मात्रै जोखिम कम हुँदैन । ती सफ्टवेयरको उच्चतम प्रयोग गर्न जान्ने जनशक्ति आवश्यक छ । त्यसैले हामी कर्मचारीहरुको क्षमता बढाउनका लागि लगातार ट्रेनिङ गर्छौं ।

व्यापारको रणनीति

अबको हाम्रो रणनीति भनेको टेक्नोलोजी बैंकिङलाई ‘म्यासिभ’ रुपमा अघि बढाउने हो । डिजिटल बैंकिङमा अब ग्लोवल आइएमई बैंक एग्रेसिभ भएर अघि बढ्छ । टेक्नोलोजी बैंकिङमा ठूलो जोखिम छ, तर ठूलो अवसर पनि यसैमा छ । जोखिमलाई व्यवस्थापन गर्दै अवसरलाई व्यवसायमा रुपान्तरण गरेर अघि बढ्ने हो ।

पहिले-पहिले हामी के गर्थ्र्यौ भने डिजिटाइजेसन भनेको आईटी डिपार्टमेन्टकै एउटा पार्ट हो भनेर आईटीलाई नै छाडिदिन्थ्यौं । अहिले हमीले डिजिटाइजेसनको छुट्टै डिपार्ट नै राखिसकेका छौं । कर्मचारीहरु प्नि राखिसकेका छौं । चिफ म्यानेजर स्तरका कर्मचारीलाई डिजिटाइजेसन डिपार्टको जिम्मेवारी दिएका छौं । उहाँहरुले आईटी पनि राम्रोसँग बुझ्नुभएको छ ।

आईटीमा गरिएको लगानी बैंकको खर्च होइन, ठूलो सम्पत्ति हो ।

अब हामी मोबाइल बैंकिङलाई म्यासिभली प्रोमोट गर्छौं । ग्लोबल बैंकबाट कारोबार गर्न बैंकको शाखामा आउनै पर्दैन । बैंकबाटै सम्पूर्ण बैंकिङ कारोबार गर्नसक्ने बनाउँछौं । र, ७७ वटै जिल्लाका स-साना ठाउँ र पसलमा पनि क्यूआरकोडमार्फत् भुक्तानी गर्नसक्ने व्यवस्था मिलाउँछौं ।

तरकारी किन्दा, चिया खाँदा पनि ग्लोवल आइएमई बैंकको क्यूआर कोडबाट भुक्तानी होस् भन्ने हाम्रो उद्देश्य हो । यसबाट अहिले हामीलाई नाफा कमाउनु छैन । सचेतना बढाउनु छ । जतिसक्दो धेरैभन्दा धेरैलाई सहभागी गराउनु छ । डिजिटाइजेशन पेमेन्ट सिस्टमको विकास हुने हो भने अर्थतन्त्र पारदर्शी हुन्छ, भ्रष्टाचार न्यूनिकरण हुन्छ ।

आइटीसँग सम्बन्धित प्रडक्टमा केन्द्रित हुन्छौं ।

ठूलो चूनौती छैन

दुई वटा वाणिज्य बैंक आपसमा मर्ज भएका हुन् । दुबै बैंकका कर्मचारीहरुको समान स्तरमा समायोजन भएको छ । पद पनि घटेको छैन । र, खाइपाइ आएको तलबभत्ता तथा सेवा सुविधा पनि घटेको छैन । हिजो जे काम गरेको हो, आज पनि त्यही काम गर्ने हो ।

खाली काम गर्ने तौरतरिका अलिकति फरक हुनसक्छ । तात्विक फरक हुँदैन । जहाँ अलिअलि फरक हुन्छ, त्यसलाई एउटै बनाउँदै लान्छौं । यसका लागि धेरै निर्णय भइसकेका छन् । त्यसैले मर्जरपछि बैंकको व्यवस्थापन गरेर अघि बढ्न खासै ठूलो चूनौती छ भन्ने मलाई लाग्दैन ।

हामी देशभर जान्छौं । कर्मचारीहरुसँग हाम्रा कुरा भन्छौं । अन्तर्क्रिया गर्छौं । ट्रेनिङ दिन्छौं । जोखिम व्यवस्थापन र कम्प्लायन्सका कुराहरु राम्रोसँग बुझाउँछौं । तपाईंरुले के गर्नुहुन्छ, के गर्नु हुँदैन ? भनेर बारम्बार सम्झाइरहन्छौं । भेटेर वा इमेल गरेर, सानो समूहमा होस् वा ठूलो समूहमा होस् ।

साथै कर्मचारीहरुलाई घोलेर एउटै बनाउँछौं । तत्कालिन ग्लोवल र जनता बैंकले यसअघि नै यस्तो अभ्यास गरिसकेका छन् । ग्लोवलसँग ११ र जनतासँग ७ बैंकको मर्ज भइसकेको थियो । अब १८ वटाको घोल घोल्नु छ । त्यसपछि सिनर्जी आउँछ ।

हामी मर्जरमा अभ्यस्त भइसकेका छौं । दुबैं बैंकका कर्मचारीले मर्जरको म नसुनेका होइनन् । हाम्रा लागि मर्जर दालभात खाएजस्तै हो । त्यसकारण यसलाई व्यवस्थापन गर्न पनि खास चुनौति छैन । जे जस्ता चुनौतिहरु आइपर्छन्, त्यसलाई म्यानेज गर्दै जान्छौं ।

टू बिग टू फेलको त्रास छैन

टु बिग टु फेलको चिन्ता हामीले होइन, राज्यले लिने हो । धेरै ठूलो संस्थालाई राज्यले नै फेल हुन दिँदैन । किनभने ठूलो संस्था फेल भयो भने सिस्टमलाई धेरै ठूलो असर गर्छ । अमेरिका जस्तो पुँजीबादी देशले पनि सिटी बैंकलाई फेल हुन दिएन । राज्यले नै पैसा हालेर बैंकलाई बचायो । अमेरिकी अर्थतन्त्रको सिद्दान्त भनेको बजारलाई छाडिदिने हो । चले चल्छन्, बन्द भए हुन्छन् भन्ने हो । तर, सिटी बैंक बचाउन सरकार नै लाग्यो ।

आफू फेल नहुन हामी सचेत भएर अघि बढ्ने हो । राम्रो काम गर्दागर्दै फेल हुने अवस्था आयो राज्यले हेर्नुपर्छ । त्यो भन्दा अघि नियामकले ठूला बैंकमा पटक-पटक सुपरिभिजन गर्नुपर्छ । साना बैंकका १०/१५ वटा डाटालाई मात्रै हेरिन्थ्यो भने ठूलो बैंकका २५/३० वटा डाटा पो हेर्नुपर्ने हो कि । ठूलो भएपछि सबैको निगरानीमा पनि परिइरहेको हुन्छ । जसले पनि हामीलाई घच्घच्याइरहन्छ ।

मर्जरले कस्लाई के फाइदा ?

मर्जरका क्रममा हामी के भन्थ्यौं भने २ प्लस २ बराबर ४ भन्दा कम स्वीकार्य हुँदैन । २ प्लस २ बराबर ४ पर्याप्त होइन । २ प्लस २ बराबर ४ भन्दा बढी त हुनैपर्छ । र, हाम्रा ५ वटै सरोकारवालाको लागि मर्जरले फाइदा गर्नुपर्छ ।

पहिलो सरोकारवाला भनेका हाम्रा ग्राहक हुन् । ग्राहकले सर्भसुलभ र गुणस्तरीय सुविधा पाओस् । केही समयभित्रै ग्लोबल आइएमई बैंकका ग्राहकले सर्भसुलभरुपमा गुणस्तरीय सेवा दिन सक्षम हुन्छौं । मर्जपछि हाम्रो लागत घट्छ । र, ऋणीले केही सस्तो ब्याजदरमा ऋण पाँछन् ।

दोस्रो सराकारवाला भनेका सेयरधनी हुन् । सेयरधनीले आकर्षक र स्थायी प्रतिफल खोज्ने हुन् ।

तेस्रो सरोकारवाला भनेको कर्मचारी हुन् । हाम्रो कच्चा पदार्थ भनौं वा सम्पत्ति त्यो कर्मचारी नै हो । कस्तो बैंक बनाउने भन्ने कुरा कर्मचारीमा निर्भर रहन्छ । हामी भोलिका दिनमा ग्लोबल आइएमइ बैंकमा जागिर खान पाए हुन्थ्यो भन्ने बनाउने गरी काम गर्छौं । त्यसका लागि कर्मचारीमा खर्च गर्न कुनै कन्जुस्याईं गर्दैनौं ।

चौथो सरोकारवाला भनेको नियामक हो । राष्ट्र बैंक, सरकार, धितोपत्र बोर्ड र सरकारका अन्य निकायहरु । उहाँहरुको इन्ट्रेस्ट भनेको राज्यको नीति नियमको स्प्रिट अनुसार काम गरोस् भन्ने हो । यो संस्थाले जे पायो त्यही गर्दैन भनेर विश्वासयोग्य हुनु हो । र, राज्यको नीतिलाई सँधै सहयोग गर्नु हो । यही क्रममा हामीले बिग मर्जरकै राज्यको नीतिलाई हामीले पहिले कार्यान्वयन गरेर देखाइसकेका छौं ।

पाँचौं सरोकारवाला भनेको समाज हो । जुन समाजमा बसेर हामी ब्यापार गरेर नाफा कमाउँछौं । त्यो समाजप्रति हामी प्रभावकारीरुपमा उत्तरदायी बन्छौं ।

पाँचैवटा सरोकारवालालाई फाइदा होस् भन्नेमा हामी सचेत छौं ।


पुष्प दुलाल