खराब कर्जा उठाउन सके फरवार्डको सेयरमा आकर्षण अझै बढ्ने, यस्तो छ प्राविधिक विश्लेषण



फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको पहिलो त्रैमासको वित्तिय विवरण झिनो प्रगति गरेको छ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको चालु आवको पहिलो त्रैमासमा गत वर्ष सोही अवधिभन्दा ४.१७ प्रतिशतले वृद्धि गरी ८ करोड ३७ लाख रुपैंया नाफा आर्जन गरेको थियो ।

अघिल्लो आवको सोही अवधिमा फरवार्डले ८ करोड ४ लाख रुपैयाँ नाफा गरेको थियो । फरवार्डको खुद ब्याज आम्दानी अघिल्लो आव प्रथम त्रैमास भन्दा २२.६६ प्रतिशतले बढेर २२ करोड १८ लाख ४५ मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा १ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो ।

पहिलो ३ महिनाको समयसम्म क्रमशः निक्षेप ४३.४८, कर्जा २४.७१ तथा सपाटी २८.२५ प्रतिशतको हाराहारीमा बढोत्तरी गरेको व्यवसाय बढाएको यस लघुवित्तले ४ अर्ब ८७ करोड ३ लाख निक्षेप संकलन तथा ५ अर्ब २६ करोड ६२ लाख रुपैयाँ सापटी लिएर १० अर्ब ११ करोड ६६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

बैंकको जगेडा कोष रहेकोमा १६.५६ प्रतिशतले ८१ करोड ८९ लाख रुपैयाँले बढेर ९५ करोड ४५ लाख पुगेको छ । गत वर्षको असार मसान्तमा ९.८९ प्रतिशत रहेको फरवार्डको लागत कोष १२.०९ प्रतिशतमा बढेको छ । बैंकको आफ्नो खराब कर्जा ०.२१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो ३ महिनामा ०.६१ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यसवर्ष पहिलो त्रैमासमा बढेर ०.८२ प्रतिशतमा बढेको छ ।

उच्च बढेको निक्षेप संकलन लागत र अन्यले खर्चले २० प्रतिशत बढी व्यवसायको आकार र खुद ब्याज आम्दानीमा सुधार हुँदा समेत लघुवित्तको खुद मुनाफा भने ४.१७ प्रतिशतले मात्रै बढोत्तरी भएको हो । खुद ब्याज आम्दानीमा १८ करोड ८ लाखबाट बढेर २२ करोड १८ लाखमा सुधार देखिए पनि खराब कर्जा नोक्सानी वापत १ करोड ८४ लाख व्यवस्थापन गर्दा सञ्चालन मुनाफा पनि ४ प्रतिशतले मात्रै बढेर १३ करोड १५ लाख आर्जन भएको छ । लघुवित्तमा कर्मचारी खर्च २९.१९ प्रतिशत र अन्य सञ्चालन खर्च १५.६८ प्रतिशतले बढेको छ ।

चुक्ता पूँजी २५.८२ प्रतिशतले बढेर ३७ करोड ७६ लाख ७२ हजार रुपैयाँ रहेको फरवार्डको वार्षिक प्रतिसेयर आम्दानी २४.१० प्रतिशतले घटेर ८८ रुपैयाँ ७३ पैसा पुगेको छ । गत आवको यसै अवधिमा लघुवित्तको इपिएस १०७ रुपैयाँ १८ पैसा छ । फरवार्डको प्रतिसेयर आम्दानी ८८.७३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३५२ रुपैयाँ ७४ पैसा र मूल्य आम्दानी अनुपात ५९.७३ गुणा, प्रतिसेयर कुल सम्पत्ति मूल्य ३७३९ रुपैयाँ ९० पैसा, तरलता अनुपात २३ प्रतिशत र पूँजीकोष अनुपात १३.१० प्रतिशत रहेको छ ।

फ्लोरसिट

फ्लोरसिटबाट हेर्दा करिव ३ महिनाको समय अवधिमा फरवार्ड कम्युनिटी माइक्रो फाइनान्सको सबैभन्दा बढी खरिद गर्ने ब्रोकर न ५८, १, १७ तथा ३८ बाट देखिन्छ भने बिक्री गर्ने ब्रोकर नम्बर ४४, ३३, ३८ तथा ४२ हुन् । त्यस्तै बजार मूल्य १२७०, १३०० तथा १३५५ को तहमा १३ सयदेखि २४ कित्ता सेयर कारोबार भएको छ । त्यसले पनि यी मूल्यको आफै बलियो अवरोध मान्न सकिन्छ ।

प्राविधिक विस्लेषण

मैनबती आकृति विश्लेषण

गत बिहीबार सानो आकारको बुलिस मैनबत्ति बनेको छ जसमा माथिल्लो भागमा मात्र स्याडो छ । यसले बिहीबार न्यून लगानीकर्ताको उपस्थितिमा बिक्री चापको बावजुत खरिदकर्ता बढी रहेको देखाउँछ ।

१४ दिने रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई )

रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई)ले अधिक खरिद (ओभरसोल्ड जोन) मूल्य वा अधिक बिक्री (ओभरबट जोन) परिवर्तनहरूको परिमाण मापन गर्दछ । साताको अन्तिम दिन कारोबार बन्द हुँदा आरएसआई ४६.२२ बाट ५६.९७ स्केल आएको छ । आरएसआई न्यूट्रल जोनबाट माथि रहेकाले बुलिस मोमेन्टोममा भएको मान्न सकिन्छ । आरएसआई रेखा ० देखि १०० स्केलभित्र मुभ हुने गर्छ ।

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी)

एमएसीडीमा दुई ओटा रेखा हुन्छन् । जसमा एउटा रेखाले बजारको दिशा परिवर्तनको संकेत गर्छ भने अर्कोे रेखाले बजारको प्रवृत्ति (ट्रेण्ड) देखाउने गर्छ । यदि एमएसीडी रेखाले सिग्लन रेखालाई तलबाट माथि काटेमा यसलाई सकारात्मक संकेत र एमएसीडी रेखाले सिग्लन रेखालाई माथिबाट तल काटेमा यसलाई नकारात्मक संकेतका रुपमा लिइन्छ ।

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाकों एमएसीडी र सिग्नल सेन्ट्रल लाइन जिरो सेन्ट्रल लाइनभन्दा माथि ओभरल्याप भएको देखिन्छ । यसले पनि अहिले नन ट्रेन्डको संकेत गर्दछ ।

बोल्रिन्जर ब्याण्ड

बोलिन्जर ब्याण्ड भोलुममा आधारित प्राविधिक सूचक हो । जसमा अपर, मिड तथा लो ब्याण्ड हुन्छ । तथ्यांक शांस्त्रको स्ट्यान्डर्ड डेभिएसनको सुत्र प्रयोग भएकाले एक आपसमा निश्चित दूरी तय गर्छ । यस सूचकले बजारको भोलातिलिटी मापन गर्दछ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको चार्ट हर्दा मूल्यले मध्य ब्याण्ड क्रश गरेको छ ।

कमोडिटि च्यानल इन्डेस्क

गत हप्ता कारोबार बन्दसंगै कमोडिटि च्यानल इन्डेस्कले ऋणात्मक ४० को स्केलबाट घटेर ऋणात्मक ५० को स्केलमा आएको देखाउँछ । सीसीआई धनात्मक १०० तथा ऋणात्मक १०० मा विभाजन गर्दछ । यदी बजार धनात्मक १०० भन्दा माथि रह्यो । भने बढ्ने र ऋणात्मक १०० को स्केलभन्दा तल गएपछि घट्ने संकेत मानिन्छ ।

निश्कर्ष

मूल्यको आधारमा नेसनल माईक्रो फाइनासपछिको उच्च मूल्य रहेको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले लगातार ५ दिन ३२ रुपैयाँले बढेर १३३२ रहेको छ । कुनै पनि संस्थाको लगातार मूल्य वृद्धि हुँदा सुधारको सम्भावना प्रबल हुन्छ । प्राविधिक औजार १४ दिनको आरएसआई, सीसीआई तथा बोलिन्जर ब्याण्डले मूल्य बुलिस मोमेन्टोममा रहेको स्पस्ट छ । फिबोनेसि रित्रेस्मेंटबाट हेर्दा ६१.८ प्रतिसतको बलियो टेवा पाएर बढेको हो । यद्यपि बिहीबार स्याडो सहितको सानो मैनबत्तीले बिक्रीकर्ताको पनि सक्रिय उपस्थिति छ । प्राविधिक रुपमा १३०० सयको तह बलियो टेवा तथा १३६५ अवरोध रहेको देखिन्छ ।

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था चालु आवको पहिलो त्रैमासमा राम्रो निक्षेप संकलन तथा खुद ब्याज आम्दानीमा सुधार हुँदा समेत ४.१७ प्रतिशतले मात्रै नाफा छ । खुद ब्याज आम्दानीमा १८ करोडबाट बढेर २२ करोड १८ लाखमा सुधार देखिए पनि खराब कर्जा व्यवस्थान कोषमा १ करोड ८४ लाख व्यवस्थापनले ठूलो असर गरेको देखिन्छ ।

लघुवित्त समूह सबैभन्दा बढी प्रतिसेयर आम्दानी फरवार्डको रहेको छ भने अन्तिम मूल्यलाई आधारमा मान्दा पीई रेसियो १७ हुन्छ । यसले पनि नाफा सामान्य देखिएता पनि वित्तीय विवरण अन्य लघुवित्तभन्दा अगाडि छ । खराव कर्जालाई व्यस्थापन गर्न सकेमा प्रोभिजनको रकमको फिर्ता हुन्छ । यसले आगामी दिन फरवार्डको वित्तीय विवरण अझ राम्रो हुने सम्भावना प्रबल छ ।


क्लिकमान्डु