खर्बपति कम्पनीका मालिक बाबा रामदेवलाई बैंकले ऋण पत्याएन



भारतमात्रै नभइ विश्वका कैयन मुलुकमा कारोबार विस्तार गरेका योगा गुरु बाबा रामदेवलाई व्यापारका लागि बैंकले ऋण नै दिएनन् । पतञ्जली आयुर्वेदको तर्फबाट रुचि सोया कम्पनी खरिदका लागि बैंकले ऋण नै दिएन ।

स्टेट बैंक अफ इन्डियाले खाद्य तेल उत्पादन गर्ने कम्पनी रुचि सोया खरिदका लागि पतञ्जली आयुर्वेदलाई आफू एक्लैले ऋण नदिने बताएको हो । भारतीय सञ्चारमाध्यम इकोनोमिक टाइम्सका अनुसार बैंकसँग ३ हजार ७०० भारु ऋण पतञ्जलीले माग गरेको थियो ।

तर बैंकले पतञ्जली एक्लैलाई ऋण दिएर जोखिम मोल्ने मनस्थिती नभएकाले ऋण नदिएको हो ।

एसबीआईका एक वरिष्ठ अधिकारीका अनुसार यस सम्झौताबाट जुन–जुन बैंकलाई फाइदा हुने हो ती बैंकले पनि ऋणमा आफ्नो हिस्सेदारी लिन आग्रह गरेका छन् । उनले एसबीआई एक्लै ऋण दिन अस्वीकार गरेको हो ।

पतञ्जली बहुराष्ट्रिय कम्पनी नभएको र यसको वित्तीय स्थितीका बारेमा धेरै जानकारी नभएको एसबीआई बैंकले प्रतिक्रिया दिएको छ । त्यसैले बैंक एक्लैले जोखिम नमोलेको समाचारमा उल्लेख छ ।

एसबीआईको यो निर्णयसँगै पतञ्जली अब फन्डका लागि अन्य विकल्पबारे सोच्नुपर्ने भएको छ । कम्पनीले सम्झौता ४ हजार ३५० करोड भारुमा गरेको थियो । जसमा कम्पनीले ३ हजार ७०० करोड रुपैयाँभन्दा बढी ऋण बैंकबाट लिन लागेको हो । साथै, बाँकी ६०० करोड भारुको व्यवस्था कम्पनी आफैले गर्ने छ ।

कम्पनीमा पहिलेभन्दा धेरै ऋणको बोझ

कम्पनी अहिले पहिलेको तुलनामा धेरै ऋणको बोझमा छ । कम्पनीमाथि सेन्ट्रक बैंक अफ इन्डियाको ८१६ करोड भारु, पञ्जाल नेसनल बैंकको ७४३ करोड भारु, स्ट्यान्डर्ड बैंकको ६०८ करोड भारु र डीबीएसको २४३ करोड भारु ऋण छ । बाबा रामदेवको कम्पनी पतञ्जली कर्सोटियम अधिग्रहण प्रालिले ऋणमो डुबेको रुचि सोया खरिद गर्नका लागि बोली लगाएका थिए ।

पतञ्जलीलाई रुचि सोयामा बोली लगाउने समयमा नै फन्डिङको व्यवस्था गर्नु थियो । त्यहाँका सरकारी बैंकका एक अधिकारीले एसबीआई बैंकले यस सम्झौताका लागि अन्य बैंकलाई ऋण दिनका लागि बाध्य बनाउन सक्दैन । यो कमर्सल डिसिजन हो । हरेक बैंक आफ्नो हित अनुकुल फैसला गर्न सक्ने ती अधिकारीको भनाइ छ ।

ती अधिकारीले कुनै पनि कम्पनीलाई ऋण दिनका लागि बैंक मिलेर ऋण दिने समय अहिले नभएको बताए ।

पतञ्जली कम्पनीले रुचि सोया कम्पनी खरिदका लागि गत वर्ष पनि बोली लगाएको थियो । तत्कालिन समयमा सबैभन्दा ठूलो बोली अडानी विल्मरले लगाएको थियो । त्यसबेला पतञ्जली र विल्मरबीच प्रतिष्पर्धा चलेको थियो ।


क्लिकमान्डु