‘सहकारीमा स्प्रेड दर तोक्नु हुँदैन’



काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंका महासचिव खेम सुवेदीले सहकारी संस्थाहरुलाई सन्दर्भ ब्याजदर (स्प्रेड दर)को नाममा ब्याजदरको सीमा तोकेको भन्दै त्यसको घोर विरोध गरेका छन् ।

राजधानीमा सन्दर्भ ब्याजदर संघर्ष समितिले आयोजना गरेको छलफल कार्यक्रममा सुवेदीले सन्दर्भभन्दा पनि सीमा तोकिएको त्यसको विरोधमा उत्रनु परेको बताए

‘अहिले सन्दर्भ ब्याजदरको नाममा कर्जामा सबैभन्दा बढी १६ प्रतिशत मात्रै ब्याज लिन पाउने तोक्नु भनेको नै सीमा निर्धारण गरिएको हो भन्ने हाम्रो बुझाइ छ,’ महासचिव सुवेदीले भने ।

सहकारी संस्थाहरुको ऋण लगानीमा लिने अधिकतम ब्याजदर भनेर त्यसको सन्दर्भ ब्याजदर १६ प्रतिशत निर्धारण गर्नु अव्यवहारिक भएको उनको तर्क छ ।

बचत र ऋणको अन्तर ६ प्रतिशतमा संघर्ष समितिको कुनै गुनासो नरहेको उनको तर्क छ ।

‘ब्याजदर १६ प्रतिशत भनेको छ, त्यसमा संस्थाको प्रशासनिक खर्च, खराब कर्जाको अनुपात, लोन लस प्रोभिजन, लागत कति पर्छ,’ जस्ता कुराहरु जोडिए ब्याज निर्धारण हुन्छ’ उनले भने ‘त्यो ब्याजदर तोक्ने विषयमा हाम्रो असहमति रहेको छ । यसले सहकारीको स्वतान्त्रता र स्वायत्ततामा असर परेको भन्दै हाम्रो ब्याजदर हामीले नै तोक्न पाउनु पर्छ ।’

महासचिव सुवेदीले उनले भने ‘हामीले बैंकहरुको अवस्था पनि हेर्यो हेर्दा सन्दर्भ ब्याजदरलाई बेसरेट भनिने रहेछ । त्यो विश्वमा नै त्यही रहेछ ।’

सुवेदीले २८ वटै वाणिज्य बैंकको गत पुस मसान्तको बेसरेट पढेर सुनाए भने गत आवको बैंकको ब्याजदर पनि पढेर सुनाए । औषतमा ब्याजदर १० प्रतिशत रहेको र बढीमा १३ प्रतिशतसम्म बैंकहरुले ब्याजदर लिने गरेको बताए ।

उनले १६ प्रतिशत सन्दर्भ ब्याज भएपछि कतिमा बचत लिने भन्नेमा अन्योलता भएको बताए ।

‘हामीले ६ प्रतिशत स्प्रेडदर नराखे बाँच्न नसक्ने अवस्थामा छौं, बढी पैसा लियो भने संस्थाप्रति अविश्वास हुने, वाणिज्य बैंकको १३ प्रतिशत पुग्ने हाम्रो १० प्रतिशत भन्दा बढी नहुने हुँदा हाम्रो पुँजी पलायन हुने छ ।’

सन्दर्भ ब्याजदरको नाममा हाम्रो पुँजी अन्त लैजाने खोजेको उनको आरोप छ । अझै पनि सहकारी क्षेत्रमा भएको पैसा असुरक्षित भयो भनी रहेको समयमा सन्दर्भ ब्याजदरले विषय आएको उनको तर्क छ ।

उनले सहकारीलाई चाहिएको पैसा १० प्रतिशतमा दिएको खण्डमा १६ प्रतिशत सन्दर्भ ब्याजदर मान्न तयार रहेको तर्क गरे ।

‘हामीले चाँही क बर्गका बैंकसँग प्रतिस्पर्धा गर्नुपर्ने अनी हामीलाई नै क्याप लगाउने गर्दा सहकारीको अवस्था कस्तो रहला भन्ने नै हो । सहकारी क्षेत्रमा सन्दर्भ ब्याजदरको नाममा १६ प्रतिशतको क्याप लगाउनुलाई हामी मान्न तयार छैनौं,’ सुवेदीले भने ।

कार्यक्रममा काठमाडौं जिल्ला संघका अध्यक्ष टेक प्रसाद चौलागाईले सन्दर्भ ब्याजदरलाई आधार दर भनेपनि सन्दर्भ ब्याजदर निर्धारण समितिले १६ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने भनेर क्याप लगाएको आरोप लगाए । सहकारीको सिद्दान्त अनुसार १६ प्रतिशतको क्याप लगाउनु गलत भको उनको तर्क छ ।

कार्यक्रममा केन्द्रीय बहुउद्देश्य संघ ललितपुरका सचिव माधव तिमल्सिनाले २२, २४ प्रतिशत ब्याजदर लिनेलाई बाहिर मिलाउने र राम्रो गर्नेलाई क्याप लगाउने नीति गलत भएको बताए । उनले धेरै ब्याज लिनेलाई सहकारी महासंघले अनुगमन गरेर कारबाही गर्नुपर्ने बताए ।


पुष्प दुलाल