यी हुन् धेरै नाफा कमाउने १० बैंक



काठमाडौं । आजभन्दा ५ वर्षअघिसम्म १ अर्ब नाफा कमाउने वाणिज्य बैंकको संख्या १० वटा पनि थिएन । अर्ब नाफा कमाएर अर्बपति क्लबमा उक्लिने बैंकको शान हुन्थ्यो ।

एउटा तथ्यांकलाई नै हेरौं आर्थिक वर्ष ०७०/७१ मा ९ वटा बैंकले मात्रै अर्ब बढी नाफा कमाएका थिए । तर, अहिले अर्ब नकमाउने बैंक नै छैनन् भन्दा पनि हुन्छ । २८ वाणिज्य बैंकहरु मध्ये सिभिल र सेञ्चुरी बैंकले मात्रै अर्ब नाफा कमाउन सकेका छैनन् ।

अर्ब नाफा कमाउनु त बैंकका लागि सामान्य जस्तै भइसकेको छ । अहिले त ३ अर्ब वा ४ अर्ब नाफा कमाउने बैंकको मात्रै शान हुन्छ ।

गत आर्थिक वर्षमा २८ बैंकमध्ये २६ वटा बैंकले अर्ब बढी नाफा कमाए । जसमध्ये पनि ६ वटा बैंकले ३ अर्ब बढी नाफा कमाए । २ वटा बैंकले ४ अर्ब बढी र १ वटा बैंकले ५ अर्ब बढी नाफा कमाएका छ । हामीले यहाँ धेरै नाफा कमाउने १० बैंकलाई समेटेर समाचार तयार पारेका छौं ।

फेरि फस्ट बन्यो राष्ट्रिय वाणिज्य बैंक

संचालनमा रहेका २८ वटै वाणिज्य बैंकहरु मध्ये गत आर्थिक बर्षमा सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकले नाफा कमाई सबै भन्दा बढी नाफा कमाउने वाणिज्य बैंकको अग्रिण स्थान आगट्न सफल भएको छ । अघिल्लो बर्ष पनि सबै भन्दा बढी नाफा कमाएको पुर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले गत बर्ष पनि अघिल्लो बर्षको भन्दा ४५.६१ प्रतिशत नाफामा वृद्धि गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष ५ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ कमाउँदै फेरि फस्ट भएको हो । । बैंकले १ खर्ब ९० अर्ब ३ करोड १४ लाख निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब ४५ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप १५.७२ र कर्जा २३.०३ प्रतिशतले बढेको हो । बैंकले प्रवाह गरेको कर्जामा खराब कर्जाको मात्रा ३.९० प्रतिशत छ ।

कृषि विकास बैंक

सरकारी स्वामित्वको बैंक कृषि विकास बैंकले गत आर्थिक बर्ष ४ अर्ब ३५ करोड ३२ लाख ४ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा बैंकले अघिल्लो वर्षको तुलनामा १९.१५ प्रतिशतले वृद्धि गरेको हो ।

बैंकले १ खर्ब २० अर्ब ३२ करोड ७९ लाख २२ हजार निक्षेप संकलन गरि १ खर्ब १२ अर्ब ८ करोड २४ लाख ६० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्ष बैंकले ७ अर्ब ३७ करोड ३ लाख ८७ हजार खुद ब्याज आम्दानी गरेको छ । बैंकले प्रवाह गरेको कर्जामा खराब कर्जाको मात्रा २.९० प्रतिशत छ ।

नबिल बैंक

नबिल बैंकले गत आर्थिक वर्षमा ४ अर्ब २९ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ७.८४ प्रतिशत बढी नाफा कमाएको हो ।

समिक्षा अवधीमा बैंकले १ खर्ब ६४ अर्ब ३७ करोड ३० लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ३५ अर्ब ३४ करोड २८ लाख २० हजार रुपैयाँ कर्जा लगानीबाट ७ अर्ब ३३ करोड ६० लाख ३६ हजार खुद ब्याज आम्दानी गरेको छ । सो अबधीमा बैंकको खराब कर्जा ०.७४ प्रतिशत मात्र रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

अघिल्लो आर्थिक बर्षको तुलनामा नेपाल इन्भेष्टमेन्ट बैंकले ६.६६ प्रतिशतले नाफा घटाएको छ । नाफाको प्रतिशत घटाएता पनि गत आर्थिक बर्षमा बढी नाफा कमाउने १० बैंकहरुको सुचीमा बैंक पर्न भने सफल भएको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

तर, गएको आर्थिक वर्षमा ३ अर्ब ४१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । समिक्षा अवधीमा बैंकले १ खर्ब ५२ अर्ब १८ करोड ३२ लाख ४५ हाजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब ५२ करोड ३ लाख ९० हजार रुपैयाँ रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले प्रवाह गरेको कर्जामा खराब कर्जाको मात्रा २.७८ प्रतिशत छ ।

एभरेष्ट बैंक

गत आर्थिक बर्षमा एभरेष्ट बैंकले ३ अर्ब ४ करोड ६१ लाख १० लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलना भन्दा नाफा १७ .९८ प्रतिशतले वृद्धि गरेको हो ।

बैंकले समिक्षा अवधीमा १ खर्ब ५२ अर्ब १८ करोड ३२ लाख ४५ हजार रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब १२ अर्ब ६२ लाख ७७ हजारु रुपैयाँ कर्जा लगानी गरेको छ । प्रवाहित कर्जामा ०.१६ प्रतिशत मात्र खराब कर्जा बैंकको रहेको छ ।

हिमालयन बैंक

हिमालयन बैंक गत अघिल्लो आर्थिक बर्षको तुलनामा ५० प्रतिशत भन्दा बढी गत आर्थिक बर्ष नाफामा वृद्धि गरेको छ । अघिल्लो आर्थिक बर्ष बैंकले १ अर्ब ८७ करोड ५७ लाख रुपैयाँ नाफा कमाएकोमा गत आर्थिक बर्ष २ अर्ब ८४ करोड ७० लाख ५ हजार रुपैयाँ नाफा गरेको हो ।

बैंकले सो अबधीमा १ खर्ब १३ अर्ब ८ करोड ९९ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरि ९७ अर्ब ५९ करोड ३६ लाख ६० हाजार रुपैंयाँ कर्जा लगानी गरेको छ । बैंकले प्रवाह गरेको कर्जामा खराब कर्जाको मात्रा १.१२ प्रतिशत रहेको छ ।

ग्लोवल आइएमई बैंक

गत आर्थिक बर्षमा ग्लोवल आइएमई बैंकले ३३.०२ प्रतिशतले नाफामा वृद्धि गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्ष २ अर्ब १० करोड १३ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको बैंकले गत आर्थिक बर्ष २ अर्ब ७९ करोड ५२ लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेको हो ।

समिक्षा अवधीमा बैंकले १ खर्ब २४ अर्ब ४९ करोड ९३ लाख १६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । प्रवाहित कर्जामा बै.कको खराब कर्जाको मात्रा ०.५५ प्रतिशत रहेको छ ।

नेपाल बैंक

नेपालको सबै भन्दा पुरानो बैंक नेपाल बैंकको १८.७७ प्रतिशतले नाफा घटेको देखिएको छ । अघिल्लो आर्थिक बर्ष ३ अर्ब २१ करोड ५६ लाख ८१ हजार रुपैयाँ नाफा आर्जन गरेको बैंकले गत आर्थिक २ अर्ब ६१ करोड १९ लाख ८० हजार रुपैयाँ नाफा कमाएको हो ।

बैंकको नाफामा गत बर्ष घटेता पनि बढी नाफा कमाउने १० वाणिज्य बैंकहरुको सूचि बैंक पर्न भने सफल भएको हो । बैंकले समिक्षा अवधीमा १ खर्ब १८ अर्ब २७ करोड ५२ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरि ९५ अर्ब ७१ करोड ७३ लाख ४५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । प्रवाहित कर्जामा बैंकको खराब कर्जाको मात्रा ३.३७ प्रतिशत रहेको छ ।

स्टाण्डर्ड चार्टर्ड बैंक

गत आर्थिक बर्ष स्टाण्डर्ड चाटर्ड बैंकले २ अर्ब ४९ करोड ५३ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्ष भन्दा नाफामा गत आर्थिक वर्ष १३.१४ प्रतिशतले नाफामा वृद्धि गरेको हो ।

बैंकले उक्त अवधीमा ७६ अर्ब २३ करोड ७३ लाख ६७ हजार रुपैयाँ निक्षेप संकलन गरि ५५ अर्ब ६५ करोड १६ लाख ६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । प्रवाहित कर्जा मध्ये बै.कको खराब कर्जाको मात्रा ०.१५ प्रतिशत रहेको छ ।

एनआइसी एशिया बैंक

निजी क्षेत्रको बैंकहरुमा सबै भन्दा बढी एनआइसी एशिया बैंकले गत आर्थिक बर्ष नाफामा वृद्धि गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्ष १ अर्ब ३३ करोड ४८ लाख ६१ हजार रुपैयाँ नाफा आर्जन गरेमा गत आर्थिक बर्ष १ सय २८ नाफामा वृद्धि गर्दै ३ अर्ब ५ करोड ३३ लाख ४ हाजार रुपैयाँ नाफा आर्जन गरेको हो ।

बैंकले समिक्षा अवधीमा १ खर्ब ८५ अर्ब ३५ करोड ६३ लाख ३५ हजार रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ४९ अर्ब ५० करोड ६० लाख ५९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । प्रवाहीत कर्जा मध्ये बैंकको खराब कर्जा मात्रा ०.४६ प्रतिशत रहेको छ ।


पुष्प दुलाल