भारतमा कर लगाइँदै गुगल, फेसबुक जस्ता कम्पनीलाई, नेपालमा कहिले ?



भारत सरकारले नन–रेसिडेन्ट टेक्नोलोजी कम्पनीका लागि करको नियम बनाउने तयारी गरिरहेको छ । जस अन्तर्गत यस्ता कम्पनीका लागि २० करोड भारु आम्दानी र ५ लाख प्रयोगकर्ताको सीमा निर्धारण गरिनेछ ।

यस सीमा निर्धारणपछि उनीहरुले भारतीय बजारबाट आम्दानी गरेको नाफाबाट प्रत्यक्ष कर दिनुपर्ने छ । यो नियम लागू भएपछि गुगल, फेसबुक, ट्विटर जस्ता कम्पनीमा प्रभाव पर्नेछ ।

नेपालमा पनि वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत हुने विज्ञापनमा कर लगाउने विषय उठान गरेको थियो ।

फेसबुक र ट्विटरसहितका सामाजिक सञ्जालबाट विज्ञापनका नाममा आर्थिक कारोबार भइरहेको निचोड निकाल्दै संसदीय समितिले समेत कल लगाउन सरकारलाई निर्देशन दिएको थियो ।

भारत सरकारले यो कर निर्धारण ‘अहम आर्थिक उपस्थिती (एसईपी)’को कन्सेप्टको हिस्सा भएको बताएको छ । यस विषयलाई गत वर्षको बजेटमा सरकारले समावेश गरेको थियो ।

भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार भारत सरकारले यस विषयमा अहिले विचार पनि गरिरहेको छ कि के एसईपीको ड्राफ्टलाई प्रत्यक्ष कर कोडको हिस्सा बनाउन सकिन्छ वा सकिन्न ?

यस कोडका माध्यमबाट प्रत्यक्ष करसँग जोडिएका सबै नियमहरुलाई एकै छाताको मुनी ल्याउने प्रयास गरिएको छ । यस ड्राफ्टलाई छिट्टै वित्त मन्त्रालयमा पेश गर्ने सम्भावना छ ।

फेसबुक र ट्विटर जस्ता मल्टिनेशनल टेक्नोलोजी कम्पनीहरुलाई अनलाइन विज्ञापनबाट ठूलो रकम विदेश लैजाने र थोरै मात्रै कर देशमा तिर्ने गरेको आरोप लाग्दै आएको छ । खासगरी यूरोपियन युनियनमा ठूला टेक कम्पनीमा कर लगाउने छलफल चलिरहको बेलामा पनि भारतमा यो विषयले महत्व पाएको हो । एजेन्सी


क्लिकमान्डु