वाणिज्य बैंकसँग ५ अर्ब फिर्ता माग गर्दै बृजगोपाल प्रधानमन्त्री कार्यालयमा



काठमाडौं । कुनैबेला तयारी पोशाक निर्यातमा नाम चलेका व्यवसायी बृजगोपाल इनानी राष्ट्रिय वाणिज्य बैंकबाट ५ अर्ब फिर्ता माग गर्दै प्रधानमन्त्री कार्यालय गुहार्न पुगेका छन् ।

बृजगोपाल इनानीले वाणिज्य बैंकबाट ५ अर्ब फिर्ता माग गर्दै निवेदन दर्ता गरेका हुन् । बिहीबार प्रधानमन्त्री कार्यालयमा दर्ता गरेका हुन् ।

इनानीको महालक्ष्मी गार्मेन्ट कुनैबेला नेपालबाट सबैभन्दा बढी तयारी पोशाक निर्यात गर्ने उद्योगमा परेको थियो । इनानीले वाणिज्य बैंकबाट लिएको ऋण नतिरेपछि उनी अहिले कर्जा सूचना केन्द्रको कालोसूचिमा रहेका छन् ।

नेपाली कपडा उद्योगः जसले रोडपतिलाई करोडपति र करोडपतिलाई रोडपति बनायो

वाणिज्य बैंकले उनको सम्पत्ति लिलाम प्रक्रिया अगाडि बढाएपछि इनानी राजस्व न्यायधीकरण पुगेका थिए । राजस्व न्यायधीकरणले बैंकको पक्षमा फैसला गरेको हो ।
इनानीले सर्बोच्च अदालतमा वाणिज्य बैंक सहित नेपाल इन्भेष्मेन्ट बैंक सहित हालेको चारवटा मुद्दा विचाराधिन अवस्थामा छ । बैंकले उनको सम्पत्तिको लिलाम प्रक्रिया गरिसकेको छ ।

सन् २००४ मा अमेरिकाले कोटा प्रणाली खारेज गरेपछि नेपाली तयारी पोशाकको कालोदिन सुरु भयो । त्यसपछि माओवादी शान्ती प्रक्रियामा आएपछि ट्रेड युनियन आन्दोलन तयारी पोशाक फस्टाउन नसक्नुको अर्को कारण थियो ।

उद्योगी व्यवसायीले समस्याको व्यवस्थापन गर्न नसक्नुको कारण तयारी पोशाक उद्योग थला पर्यो । बैंकबाट लिएको ऋणको किस्ता नियमित नतिरेपछि वाणिज्य बैंकले उनको उद्योग बन्द गरिदियो । २०५७ सालदेखि इनानी र बैंकबीचको लडाई जारी छ ।

सर्बोच्च अदालतले माग्यो १ अर्ब रुपैयाँको महालक्ष्मी गार्मेन्टको ऋण मुद्दाका मिसिल

इनानले बैंक विरुद्द हालेको मुद्दा सर्बोच्च अदालतमा विचाराधिन रहेको छ ।

सर्बोच्चमा विचाराधिन रहेको मुद्दामा प्रधानमन्त्री कार्यालय पुगेको विषयमा भने वाणिज्य बैंकका अधिकारीहरुले असन्तुष्टी पोखेका छन् । ऋण नतिरेपछि नियम अनुसार नै लिलामी गरेको भन्दै वाणिज्य बैंकका एक अधिकारीले भने,’सर्बोच्चमा मुद्दा विचाराधिन छ,यसरी मुद्दा प्रभावित पार्दै हिड्न भएन ।’


क्लिकमान्डु