कन्सल्टेन्सी बिजनेशका ‘आर्किटेक्ट’ प्रकाश पाण्डे, जसले व्यवसायलाई नयाँ रुप दिए



अंग्रेजीमा एउटा शब्द छ ‘आर्किटेक्ट’ । जसले संरचना बन्नुभन्दा अघि मष्तिस्कमा परिकल्पना गर्छ । त्यसलाई पेन्सिलको साहयताले सादा कागजमा रंगाउँदै उतार्छ । अनि वास्तविक संसारमा जीवित तुल्याउँछ ।

आर्किटेक्ट शब्दसँग जिम्मेवारी, भरोसन र विश्वास पनि जोडिएको हुन्छ । आर्किटेक्टको सही परिकल्पनामा र संरचना निर्माण भयो भने जग बलियो बन्छ ।

त्यही बलियो जगमा उभिने विशाल भवन वर्षौ वर्ष टिक्छ । धेरैले त्यही संरचनामा आश्रय लिन्छन, त्यही सितल छाहरीमा सम्पूर्ण जीवन गुर्जाछन ।

यही अंग्रेजीको आर्किटेक्ट शब्दलाई मेटाफोरका रुपमा प्रयोग गर्ने हो भने प्रकाश पाण्डेको जीवनमा ठ्याक्कै र दुरुस्तै मिल्छ भन्दा अतियुक्ती नहोला ।

एजुकेशन कन्सलट्यान्ट पाण्डेलाई शैक्षिक परामर्श क्षेत्रका आर्किटेक्टका रुपमा मान्नेहरु कैयन व्यवसायी छन् । जसले वर्षौसम्म यिनै आर्किटेक्टको साहरामा व्यवसाय चलाइरहेका छन् । व्यवसायलाई नयाँ उचाइ दिइ हरेक पल लागीपरेका छन् ।

भन्छन, ‘मलाई बुवाको एउटा कुरा जहिल्यै सम्झन्छु, बुबा भन्नुहुन्थ्यो जीवनमा जे गरे पनि कान्छि औँलामा आउने गरी गर्नुपर्छ ।’ अर्थात जुन क्षेत्रमा हात हाले पनि कसैले हातका औँला भाँचेर गिन्ती गर्दा पहिलो नम्बर मै आउनुपर्छ । उनको जीवनमा बुबाले दिएको उपदेश दुरुस्तै मिलेको छ । उनी यस व्यवसायमा कान्छि औँला मै गनिने गरी जीवनलाई अगाडि बढाएका छन् ।

उनै पाण्डेसँग भलाकुसारी गर्न क्लिकमाण्डूले समय मागेपछि बिहान साढे १० का लागि समय तय भयो । कार्यालयमा पुग्दा कार्यालयको सम्पूर्ण आन्तरिक संरचना परिवर्तन हुँदै थियो ।

पारदर्शी सीसा र सेतो रंगका सामग्रीले कार्यालय सजिँदै थियो । क्याबिनमा छिर्ने वित्तिकै सोँधे, ‘पुराना सबै संरचना हटेछन, कार्यालय पारदर्शी सिसाले र सेतो रंगले भरिएछ नि सर ?’

पारदर्शी सीसालाई आफ्नो पारदर्शी जीवनको आर्दशसँग तुलना गरे, सेतो रंगलाई दागरहित सफल जीवनसँग तुलना गर्दै सजावटको सिम्बोलिक अर्थ लगाए । अनि कान्तिमय मुहारमा मन्द मुस्कान छरे ।

सन् २००५ तिर शंकरदेव क्याम्पसबाट बीबीएसको पढाइ सकाएपछि उनी व्यवसायमा होमिएयता हालसम्म निरन्तर यही व्यवसायमा रहेर मलजल गरिरहेका छन् । व्यवसायलाई शुद्धिकरण गर्न, प्रबद्र्धन गर्न, नियमन र यसलाई सही दिशामा डोर्याउन लागी परेका छन् ।

पुतलीसडकको चोकैमा रहेको मेट्स एजुकेशन कन्सलटेन्सीका सञ्चालक तथा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) निवर्तमान अध्यक्ष समेत रहेका पाण्डे लामो समयदेखि यस क्षेत्रको प्रबद्र्धनमा निरन्तर लागी परेका छन् ।

शंकरदेव कलेजबाट स्नातक तह पूरा गरी कलेजको गेट नजिकैको भवनको एउटा तलामा व्यवसाय सुरु गर्दैगर्दा उमेरले २२ वर्ष टेकेका थिए । बुवा कम्युनिष्ट राजनीतिमा होमिनु भएको थियो । दाई उच्च शिक्षाका लागि विदेशमा हुनुहुन्थ्यो ।

स्नातक सकाइसक्दा उनका सहपाठीहरु कोही सुरक्षित करिअरका लागि जागिर खोज्दै थिए त कोही पढाइको तिर्खा मेट्न स्नातकोत्तर तहमा भर्ना हुँदै थिए । हो त्यसैबेला उनी भने यो व्यवसायमा केही गर्न खोज्दै थिए ।

उनले व्यवसायमा हात हाल्दा व्यवसाय सुस्त गती वामे सर्दै थियो । उच्च शिक्षाका लागि विदेश जानेकोे संख्या निकै कम थियो । मुस्किलले वर्षमा ५ हजार जति विदेश जान्थे । कन्सलटेन्सीहरुको संख्या पनि थोरै थियो ।

पारदर्शी सीसालाई आफ्नो पारदर्शी जीवनको आर्दशसँग तुलना गरे, सेतो रंगलाई दागरहित सफल जीवनसँग तुलना गर्दै सजावटको सिम्बोलिक अर्थ लगाए । अनि कान्तिमय मुहारमा मन्द मुस्कान छरे ।

उनले यस क्षेत्रमा विताएको १४ वर्षलाई तथ्यांकले सर्सती केलाउने हो भने उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या १४ गुणाले बढेको छ । दर्ता भइ सञ्चालन हुने कन्सल्टेन्सीहरु पनि थपिँदै १४ सय पुगेका छन् ।

पाण्डेलाई नजिकबाट चिन्नेहरु भन्छन, ‘पाण्डेले जीवनमा जुन क्षेत्रमा हात हाले, त्यसमा सफलताको स्वाद चाखेकै छन, चाहे त्यो व्यवसाय विस्तारमा होस, चाहे त्यो इक्यानको संगठनमा होस ।’

यो कुरालाई स्वयम प्रकाश पाण्डे पनि स्वीकार गर्छन । भन्छन, ‘मलाई बुवाको एउटा कुरा जहिल्यै सम्झन्छु, बुबा भन्नुहुन्थ्यो जीवनमा जे गरे पनि कान्छि औँलामा आउने गरी गर्नुपर्छ ।’ अर्थात जुन क्षेत्रमा हात हाले पनि कसैले हातका औँला भाँचेर गिन्ती गर्दा पहिलो नम्बर मै आउनुपर्छ । उनको जीवनमा बुबाले दिएको उपदेश दुरुस्तै मिलेको छ । उनी यस व्यवसायमा कान्छि औँला मै गनिने गरी जीवनलाई अगाडि बढाएका छन् ।

कन्सल्टेन्सी व्यवसायीहरु भन्छन, ‘पाण्डे भरपूर सूचना र तथ्यांकले भरिएका छन, ज्ञानको भण्डार साथैमा राखेका छन, त्यसमाथि मीठो बोली, भद्र व्यवहार, अत्यन्तै सुक्ष्म ढंगले केलाउन सक्ने क्षमता र दूरदर्शी सोचले खारिएका छन् ।’

त्यही सूचना र तथ्यांकले कहिले काँही हल्लने व्यवसायका स-साना पेच कसेका छन् । व्यवसायीका बीचमा बलियो पिलर बनेर आफै उभिएका छन् । व्यवसायलाई उचाँइमा पुर्याउन प्रत्येक पल इँटा थपिरहेका छन् । हरेक इँटाका बीचमा विश्वासरुपी बलियो सिमेन्ट भर्दै व्यवसाय र व्यवसायीलाई पिलरसँग मजबुत ढंगले जोड्न सफल भएका छन् ।

डेढ दशकको व्यवसायिक यात्रामा पाण्डेले कैयन साथीहरु कमाएका छन् । यतिधेरै साथीसँग हातमालो गर्दै हिँड्दा पाइने साथ र सन्तुष्टिले उनलाई बडो आनन्द दिन्छ ।

व्यवसायिक जीवनमा सफल उनी, व्यवसायीको नेतृत्व गर्दा पनि उत्तिकै सफल रहे । इक्यानको महासचिवदेखि उपाध्यक्ष र अध्यक्षसम्मको यात्रा सकेर अहिले बिश्राम गरिरहेका उनी व्यवसायमा लाग्दाका दिनदेखि नै यसलाई नियमन गर्न शिक्षामन्त्रालयमा पहल गरेर निर्देशिका ल्याउन होस वा व्यवसायीलाई सदृढ गर्नका लागि तालिम दिने काममा होस उनले खेलेको भूमिका अझै पनि कन्सल्टेन्सी व्यवसायीहरु धन्यवाद दिइरहन्छन् ।

लेजेन्ड कन्सल्ट्यान्टले किन्यो देशकै पूरानो र भेट्रान अर्बिट कन्सल्टेन्सी

व्यवसायलाई अग्रदिशामा अगाडि बढाएकै कारण धेरै व्यवसायीहरु उनीप्रति कृतज्ञ छन् ।

उनी इक्यानको नेतृत्वमा आइसकेपछि संस्था र व्यवसायलाई सुदृढ बनाए । व्यवसायीका हितमा हुने गरी क्षमता अभिवृद्धिका कार्यक्रम ल्याए ।

व्यवसायलाई शुद्धिकरण गर्नका लागि शिक्षामन्त्रालयसँग सहकार्य गरे । उनको यो कदमबाट खराब व्यवसायीहरु हराउँदै गए । व्यवसाय नयाँ ढंगले अगाडि बढ्न थाल्यो । साथै संस्थाका रुपमा इक्यान पनि बलियो बन्दै गयो ।

कन्सल्टेन्सी क्षेत्रप्रति समाजमा फैलिएका नकारात्मक छवीलाई सफा गर्नका लागि अभियान चलाए । शिक्षामन्त्रालयसँग पहल गरी व्यवसायलाई शुद्धिकरण गर्न खेलेको भूमिका कै कारण आजका दिनमा व्यवसाय सही दिशामा अगाडि बढिरहेको छ ।

निवर्तमान अध्यक्ष भइकन पनि आज दिनमा पनि उनले दैनिकीका हरेक मिनेट व्यवसायको हितमा खर्चिएका छन् । सरल भाषामा भनौ न जे पर्दा पनि सबै व्यवसायीले सम्झने उनी भरोसाका पात्र भएका छन् ।

उनी यस व्यवसायलाई केही हदसम्म जोखिमको व्यवासय मान्छन् । केही दिन अघि मात्रै शिक्षामन्त्रालयले नो अब्जेक्सन लेटरका बारेमा गरेको एउटा मात्रै निर्णयले व्यवसाय धरापमा पार्ने सम्भावनालाई उनले नजिकबाट नियालेका छन् ।

आगामी दिनमा व्यवसायमा नयाँ पोर्टफोलियो अन्तर्गत स्वदेशभित्रका शैक्षिक संस्थासँगको सहकार्य गर्नुपर्ने उनको तर्क छ । यसका लागि व्यवसायी र शैक्षिक संस्थासँग सहकार्यमा बलियो संरचना बनाउन यी आर्किटेक्ट अझै पनि लागी परेका छन् ।


क्लिकमान्डु