बीमाप्रति रुचि बढ्दो, तालिम लिने बढे



काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेड सञ्चालनमा आएको दश महिनाको अवधिमा ६३४ जनाले तालिम लिएका छन् ।

इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भोजराज शर्माका अनुसार अनुसार उक्त तालिम लिनेमा बीमा समिति, जीवन तथा निर्जीवन बीमा कम्पनी, बैंक कर्मचारी तथा विभिन्न कलेजका विद्यार्थी छन् ।

इन्स्टिच्युटले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कलेजका ४५ जना विद्यार्थीहरुलाई पनि तालिम दिएको शर्माले जानकारी दिए ।

विद्यार्थीहरुले तालिम लिएपछि कलेजमा पढेको कुरालाई व्यवहारिक रुपमा जोडिने उनको भनाइ छ । तालिम लिएपछि यो क्षेत्रमा आउन चाहने विद्यार्थीहरुले हामी कहाँ छौं भन्ने थाहा पाउने शर्माको बुझाइ छ ।

शर्माले भने, ‘कलेजमा पढेको कुरा यहाँ आएर व्यवहारिक रुपमा तालिम लिँदा हामी कहाँ रहेछौं भन्ने थाहा पाउन मद्दत पुगेको छ ।’ तालिमले कम्पनीका कर्मचारीको क्षमता वृद्धि र विद्यार्थीको लागि हमी कहाँ छौं भनेर थाहा पाउन सजिलो भएको शर्माको भनाइ छ ।

तालिम लिनेमा सामान्य कर्मचारीदेखि निर्देशन तथा अध्यक्षसम्म छन् । यस्तै तालिममा समितिका नयाँ तथा पुराना कर्मचारीले पनि सहभागी जनाउने गरेका छन् । बीमा क्षेत्र भनेको व्यापार मात्र होइन व्यवसायिक पनि हो भन्ने कुरा तालिम लिएपछि निर्देशक तथा अध्यक्षहरुले बुझेको शर्माको बुझाइ छ । उनीहरुले तालिम पनि यसभित्रको मूल्यमान्यता हुन्छन भन्ने बुझेको उनले जानकारी गराए ।

त्यो तहका अधिकारीहरुलाई दिएको तालिमले माथिल्लो तहका कर्मचारीमा कुनै द्वन्द्व नजन्मने शर्माको भनाइ छ ।

इन्स्टिच्युटले अहिलेसम्म २४ वटा तालिम दिइसकेको छ । जसमा बीमकलाई निजहरुको कर्मचारीहरुको लागि आयोजना गरिएको बिशेष ८ वटा, उपत्यका बाहिर पोखरामा भएका सबै बीमा कम्पनीका कर्मचारीको लागि, चीतवनको कुरिङटामा सबै जीवन बीमा कम्पनीका अध्यक्ष तथा सञ्चालक १–१ वटा तालिम तथा लाइफ इन्स्योरेन्स अन्डर राइटिङ तालिम दिइएको शर्माले बताए ।

उनका अनुसार सबै बीमा कम्पनीको संस्थागत सुशासन सम्बन्धी, सबै बीमा कम्पनीहरुको मध्यमस्तरिय व्यवस्थापकहरुको लागि, वाणिज्य बैंकको लाका कर्मचारी, गोल्डेनगेटलगायतका कलेजका विद्यार्थीको लागि बीमा सम्बन्धी जनचेतना, सबै निर्जीवन बीमा कम्पनीका कर्मचारीको लागि कृषि बीमा तालिम, सबै बीमा कम्पनीलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी तालिम दिइएको शर्माले बताए ।

इन्स्टिच्युटले बीमा कम्पनीका मात्र नभएर बीमा समितिकै कर्मचारीलाई पनि तालिम दिने गरेको छ ।

समितिमा आउने नयाँ कर्मचारीको लागि यो अपरिहार्य रहेको शर्माको तर्क छ । उनले भने ‘पुराना कर्मचारीलाई पनि तालिम दिने गरेका छौं । कर्मचारीहरुले कन्ट्रोलरको रुपमा आफूलाई हेरेको हुन्छ, तर सबैलाई ब्यालेन्स गरेर लैजानुपर्ने हुन्छ, त्यसको लागि तालिम प्रभावकारी हुने छ ।’

अहिले अनलाइन, अफलाइन सुपरभिजनको तालिम पनि सुरु गरेको शर्माले बताए । उनले भने ‘हामीले सुशासन, सम्पति शुद्धिकरण सम्बन्धी तालिमका लागि निकै ज्ञान भएका व्यक्तिलाई ल्याएर तालिम दिएका छौं । कतिपय अवस्थामा राष्ट्र बैंकका अधिकारीहरुलाई पनि ल्याएका छौं ।’

इन्स्टिच्युटमा तालिम लिएपछि आफुले दिने सेवा प्रभावकारी बनोस र सेवा लिने सेवाग्राही पनि नठगिउन भन्ने चाहना रहेको शर्माको भनाई छ ।

इन्स्टिच्युटका आगामी योजना

इन्स्टिच्युटले आगामी दिनमा बीमका कर्मचारीहरुको दक्षता बृद्धि गर्ने क्रममा भविष्यमा तालिमलाई नियमितता दिने योजना बनाएको छ । इन्स्टिच्युटले विदेशमा बीमा इन्स्टिच्युटहरुसँग सहयोग तथा सम्बन्ध विकास गरी बीमा सम्बन्धी व्यवसायीक कोर्षहरुको परीक्षा लिने र त्यसको लागि लामो अवधि बीमा सम्बन्धी कक्षाहरु सञ्चालन हुने भएका छन् ।

आगामी दिनमा कुनै सर्बसाधारणले तालिम लिन चाहेको खण्डमा समूह बनाएर तालिम दिन इन्स्टिच्युट तयार रहेको शर्माले बताए । सर्वसाधारणमा समेत विस्तारै यो विषयमा चासो बढ्दै जान थालेको उनको भनाई छ ।

शर्माले भने केही सर्वसाधारणले तालिम लिन चासो देखाउनु भएको छ । समूह भयो भने अरुलाई लिने भन्दा न्यून शुल्कमा तालिम दिने योजनामा छौं । यसको लागि हामीले केही समय कुर्नुपर्ने हुन्छ ।’

साउन पछि बीबीए र एमबीएको बीच अर्थात बीबीएको परीक्षा दिएर बसेका विद्यार्थीलाई तालिममा सहभागी बनाउने शर्माको योजना छ । यो समयमा आफ्नो भविश्य रोज्ने भएकोले आवश्यकता अनुसार इच्छुकलाई तालिममा सहभागी गराउने उनको योजना रहेको सुनाए । उनले भने ‘यसको लागि विदेशका केही इन्स्टिच्युटसँग कुरा गर्ने छौं ।

प्रशिक्षक पाउँनै गारौ
अहिले पढाउनको लागि प्रशिक्षक नपाएर हिरा खोजेजस्तो खोजी रहेको बताए ।

उनले भने, ‘अहिले पढाउनेको पनि अभाव नै छ, अनुभव मात्र भएर पनि हुँदैन व्यक्त गर्न सक्नुपर्छ, व्यक्त गर्न नसकेको खण्डमा त्यसले समस्या सृजना हुन्छ । कतिपय समयमा बढी अनुभव चाँही छैन व्यक्त गर्ने शैलि बढी भयो भने पनि समस्या हुन्छ ।

यो दुईवटालाई ब्यालेन्स गरेर मान्छे च्याप्प समाउन निकै कठिन रहेको छ । अब आफू नयाँ पुस्ता जन्माउने प्रयासमा रहेको शर्माको दाबी छ । उनले भने ‘अहिले हामीले दक्ष जनशक्ति निर्माण नगर्ने हो भने आगामी पुस्तालाई निकै समस्या पर्नेवाला छ ।

अहिले आउने प्रशिक्षकलाई निश्चित विषय बस्तु दिने र यो अनुसार तयारी गर्नु भन्ने गरेका छौं । पहिलाको भन्दा अहिले प्रशिक्षक पाउन केही सहज भएको शर्भाको भनाई छ ।
उनले, ‘भने हामीले अहिलेसम्म खास सेलेबस बनाएका छैंनौ, आवश्यकता अनुसार कसलाई तालिम दिने हो त्यो हेरेर बनाउने गरेका छौं, साउनदेखि सार्वजनिक रुपमा प्रकाशित गर्नेगरी सेलेबस बनाउँछौं ।’

कसलाई कस्तो तालिम

तालिम भनेपछि सबैलाई एकै खालको हुन्छ भन्ने पनि छैन ।

सबैलाई फरक नै हुन्छ भन्ने पनि छैन । जीवन बीमा र निर्जीबन बीमाको तालिम एकै खालको हुन्छ भन्ने छैन ।

तालिम दिँदा सुशासन, सम्पति शुद्धिकरण सम्बन्धी कक्षाहरु सामुहिक रुपमा हुने गरेको शर्माले बताए । उनले भने ‘हामीले मार्केटिङकको कक्षा भने फरक पर्ने गरेका छौं, जीवन बीमा र निर्जीबन बीमाका सबै कुरा एकै खालका छैनन्, यस अघि हामीले तीन तीन दिन मार्केटिङका लागि गरेको तालिम छुट्टा–छुट्टै गर्यौं ।’

तालिम लिएका सबै खुसी

तालिम केन्द्रको भौतिक अवस्था आवश्यक मात्रामा राम्रो नहुँदा नहु्ँदै पनि दिएको तालिममा सबै सहभागी खुसी भएको शर्माको भनाइ छ ।

उनले भने ‘हामीले केही दिन अघि गरेको तालिममा १५ वर्ष देखि यो क्षेत्रमा कार्यरत कर्मचारीलाई पनि कैयन जानकारीहरु थाहा नभएको कुरा थाहा पायौं भनेर माथिल्लो तहका व्यक्तिहरुले नै भन्ने गरेका छन् ।’

यसले आफूहरुलाई निकै खुसी लाग्ने गरेको शर्माको तर्क छ ।

पहिला कर्मचारीहरुलाई नियुक्ती दिएर निश्चित लक्ष्य दिएर काम लगाउँदा त्यो अनुसार काम गर्न सकिने हो की नसकिने हो भन्ने तनाव हुने गरेपनि अहिले आएर त्यो तनाव कम भएको उनको बुझाइ छ ।

अब नियुक्ती लिएपछि तालिम लिएर आउनु र काम गर्नु भन्ने प्रचलन सुरु भएको छ ।

त्यसरी आउनेलाई इन्स्टिच्युटले कस्ट मिनिमाइज गर्ने गरेको शर्माले जानकारी गराए । तालिममा सहभागी भएपनि सैद्दान्तिक, व्यवहारिक कुरा सिक्ने र प्रयोगात्मक पनि हुने भएपछि सम्बन्धित व्यक्ति र कम्पनीलाई पनि टाउको दुखाई कम हुने गरेको पाएको शर्माले बताए ।

विदेशमा एक जनाले पढदा लाग्ने खर्च नेपालमा २० जना हाराहारीमा पढन पाउने भएकाले यतै आकर्षण बढी रहेको शर्माले बताए ।

अहिले समय, पोजिशन र सेलेबसअनुसार शुल्क लिने गरिएको छ ।

तालिम आवश्यता अनुसार २ देखि १० दिनसम्म लिन सक्ने गरी व्यवस्था गरिएको छ । तालिम अनुसार अनुसार ५ देखि १० हजार शुल्क लाग्छ ।


क्लिकमान्डु