डेढ वर्ष कर्जाको ब्याजदर घट्दैनः बैंकर मनोज ज्ञवालीको विश्लेषण (भिडियोसहित)



काठमाडौं । धेरैले अहिले बैंकले ब्याजदर बढी लिए भन्छन् । ब्याजदर पनि अन्य वस्तु जस्तै माग र आपूर्तिको कारण घटबढ हुने हो ।

राष्ट्र बैंकले पुँजी बढाउने नीति लियो । जसको कारण सेयर बजार अत्याधिक बढ्यो । बैंक तथा वित्तीय संस्थाले हकप्रद ल्याएर पुँजी बढाए । पुँजी बढेपछि बैंक तथा वित्तीय संस्थाले ऋण बढाउन दवाव भयो । ऋण विस्तार अनुसार निक्षेप बढेको छैन ।

बैंक तथा वित्तीय संस्थाले अझैपनि ऋण विस्तार गर्नको लागि पुँजी अनुसार बढाउनुपर्ने छ । स्रोतमा दवाव भएपछि निक्षेपको नै ब्याजदर महंगो भयो जसले कर्जाको ब्याजदर स्वभाविक रुपमा बढी भयो ।

कतिलाई भ्रम छ । स्प्रेड घटेपछि कर्जाको ब्याजदर घट्छ भनेर । स्प्रेडदर घट्दैमा कर्जाको ब्याजदर घट्दैन् । हिजोको दिनमा ७/८ प्रतिशत स्प्रेड हुँदा पनि केही व्यापारीले ५र६ प्रतिशत ब्याजदरमा ऋण पाएका थिए । हामी त आफै संयमित भएका छौ । निक्षेपमा भद्र सहमति गरेका छौ । कतिपयले कार्टेलिङ भनेका छन् ।

हामीलाई थाह छ । बैंकरहरुलाई पूर्ण चेतना छ । कम ब्याजदरले नै औद्योगिकरणलाई र आर्थिक वृद्धिलाई सहयोग गर्ने हो । यो सबैको फाइदा कुरा हो । तर अहिलेको अवस्थामा नै ८ देखि ९ खर्बको ऋण दिन सक्ने क्षमता बैंक तथा वित्तीय संस्थासँग छ । त्यो नहुँदासम्म दौडनुपर्छ । त्यो बेलासम्म ब्याजदर घट्ने अवस्था छैन् ।

मैले तीनवर्ष अगाडि नै भनेको थिए । यो दीर्घकालिन समस्या हो । त्योबेला केही पण्डितहरुले यो अल्पकालिन भनेका थिए । त्यो अवस्था अहिलेको होइन् । हामीले पुँजी बढायौं । हकप्रद रोकेको भए मर्जर एक्विजेशन हुन्थ्यो र अहिलेको समस्या आउने थिएन । बढेको पुँजीले डिमाण्ड गर्छ । अझै डेढवर्ष ऋणको ब्याजदर घट्ने सम्भावना छैन ।

सरकारले गर्ने विकास खर्चको अवस्था हामीेले देखिसकेका छौ । दुईतिहाईको सरकारले एकवर्ष बिताइसकेको छ । सरकारको कामबाट सकारात्मक हुने कुरा देखिएको छैन । अझै एकडेढवर्ष सहज हुने अवस्था छैन ।

विदेशी लगानी आयो, बैंकहरुले विदेशबाट पैसा ल्याए भने पैसा सहज रुपमा पाएपछि घट्ने हो । एकदेखि डेढ वर्षसम्म जसले जति कराएपनि ब्याजदर घट्दैन ।


क्लिकमान्डु