दैनिक १२ लाख व्यारेल तेल उत्पादन कटौती गर्ने आपेकेको निर्णय : बढ्न सक्छ नेपालमा पनि मूल्य



काठमाडौं ।   सरकारी स्वामित्वको नेपाल आयल निगमले इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेपनि नेपालमा घटाउन भने अस्वीकार गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा समेत मूल्य समायोजन गर्ने बताएपनि निगमलले नेपालमा मूल्य घटाउन अस्वीकार गरेको छ । उसले भनेको छ पछिल्लो ३ महिनाको घाटा परिपूर्तिका लागि हामी तत्काल मूल्य घटाउन सक्दैनौ ।

निगमकाअनुसार पेट्रोलमा मात्रै निगमलाई करिब १२ रुपैयाँ प्रतिलिटर नाफा रहेको छ । खाना पकाउने एलपी ग्याँस बाहेक अन्य पेट्रोलियम पदार्थमा निगमले नाफा लिइरहेको छ । तर उपभोक्तालाई भने सहज तवरले उपलब्ध गराउन अस्वीकार गर्दै आएको छ ।

भारतमा मात्रै १५ प्रतिशतले पेट्रोलको मूल्य घटेको छ । अक्टोवरपछि लगातार भारतमा पेट्रोलको मूल्य घटेको छ । दिल्लीमा पेट्रोलको मूल्य ७० रुपैयाँ ७० पैसामा कारोबार भएको छ । तर नेपालमा भने निगमले भने मूल्य घटाउन अस्वीकार गर्दै आएको छ ।

हालै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय बजारमा इन्धनको मूल्यमा गिरावट आएको छ । डिजलको मूल्य भारतमा ६५ रुपैयाँमा कारोवार भएको छ । तर नेपालमा भने घाटा रहेको भन्दै मूल्य घटाउन निगमले अस्वीकार गर्नु खेदजनक रहेको बताइन्छ । नेपालले भारतीय बजारबाट नै इन्धन खरिद गर्दै आएको छ ।

तर पछिल्लो पटक तेल उत्पादक राष्ट्रहरुको संगठन ओपेकले दैनिक १२ लाख व्यारेल इन्धन उत्पादनमा कटौती गर्ने निर्णय गरेको छ । जसका कारण पुनः अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्ने आशंका बढेर गएको छ । त्यसबाट पेट्रोल र डिजलको मूल्य बढ्ने र त्यसले अर्थतन्त्रमा प्रभाव र्पो अनुमान गरिएका छन् ।

ओपेक सदस्य देशले दैनिक ८ लाख व्यारेल र अन्य सहयोगी मुलुकले ४ लाख व्यारेल तेल उत्पादन कटौती गर्ने बताएका छन् । सन् २०१९ को सुरुवाती ६ महिनामा त्यस्तो निर्णय लागू हुने जनाइएको छ ।

तर अमेरिकी प्रतिबन्ध लागेको इरानलाई भने तेल उत्पादन घटाउने वा बढाउने भन्ने विषयमा आफै स्वतन्त्र निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ । सो निर्णय लगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ५.४ प्रतिशले बढ्न गएको छ ।

आगामी दिनहरुमा इन्धनको मूल्यमा वृद्धि हुन जाने बताइएको छ । अन्तर्राष्ट्रिय बजारबाट भारतले ८० प्रतिशत कच्चा तेल आयात गर्दै आएको छ । त्यसमा नेपालमा आयात हुने इन्धन समेत जोडिएको हुन्छ । ओपेकका सहयोगी देशले तेल उत्पादन कटौती गर्ने निर्णय जनवरी १ देखि लागू हुने बताइएको छ ।

नोभेम्बर २०१४ देखि जनवरी २०१६ का बीचमा कच्चा तेलको मूल्य घटेर तल्लो बिन्दुमा आइपुगेको थियो । सो समयमा सस्तोमा स्थानीय बजारमा तेल उपलब्ध भएको थियो ।

भारतले ९ पटक एक्साइन ड्यूटी बढाएको थियो । त्यसबाट आर्थिक वर्ष २०१४– १५ मा ९९ हजार १८४ करोड भारतीय मुद्रा कर उठाएको थियो । यस्तै सन् २०१७–१८ मा मात्रै २ लाख २९ हजार करोड भारतीय मुद्रा कर उठाएको थियो । यद्यपी नेपालमा आयात हुने इन्धनमा भने त्यस्तो कर लाग्दैन ।


क्लिकमान्डु