मोदीको पार्टी भाजपाले उठायो १००० करोड चन्दा, नेपालमा कहिल्यै सार्वजनिक हुँदैन



काठमाडौं । राजनीतिक पार्टीले व्यापारीसँग चन्दा उठाउनु हुन्छ कि हुँदैन भन्ने विवाद यतिबेला संसार नै हुने गरेको छ । विशेष गरी दक्षिण एशियाका मुलुकमा समेत राजनीति र चन्दाको विषयमा परस्पर विरोधी धारणा हुने गरेको छन् ।

नेपालमा त राजनीतिक दल व्यापारीको चन्दाबाट नै चलेका छन् भन्ने गुनासो पनि बेला बेलामा आउने गरेको छ । नेपालका ठूला दलले व्यापारीलाई सरकारमा गए पछि उनीहरुको काम गरिदिने भन्दै चन्दा उठाउने गरेका छन् । गलत तवरले चन्दा उठाउँदा त्यसको प्रभाव नीति निर्माण तहसम्म पर्ने गरेको छ ।

विद्यालय चलाउनेहरुसँग चन्दा लिएकै भरमा सांसद बनाउने खेल नेपालमा लागि नयाँ भएन । यस्तै व्यापारीसँग पनि चन्दा लिएर उनीहरुलाई नीति निर्माणको तहमा पुर्याउने तथा सांसद बनाउने काम पनि नेपालमा भएकै छ । वर्तमान संघीय संसद्मा समेत चन्दा लिएकै भरमा केही व्यापारी तथा व्यवसायीलाई सांसद बनाएको आरोप लाग्ने गरेको छ ।

चन्दाको राजनीति नेपालमा मात्रै होइन भारतमा समेत हुने गरेको छ । पछिल्ला वर्षहरुमा भारतको सत्तारुढ दल भारतीय जनता पार्टीले यस वर्ष मात्रै १ हजार २७ करोड चन्दा उठाएको छ । गत वर्ष १ हजार ३४ करोड चन्दा उठाएको थियो ।

सन् २०१८ मा भएका विधानसभाका १० उपनिर्वाचन मध्इे भाजपाले ८ वटा सिटमा हारेको छ । कर्नाटकमा पराजित भएपनि उसलाई केही फरक परने, किनकी उसले मोटो रकम चन्दाबाटै उठाएको थियो । उसले लगातार १ हजार करोड बराबरको चन्दा उठाएको छ ।

यस्तै मायामति नेतृत्वको बहुजन समाजवादी पार्टीले पनि ७१७ करोड , ममता बनर्जीको तृणमूल काँग्रेसले २६२ करोड, भारतीय कम्युनिस्ट पार्टीले १०४ करोड चन्दा लिएको छ ।

चुनावका लागि बैकको बन्ड

भारतमा चन्दा लागि बैंकहरुले समेत लगानी गर्ने गरेको पाइएको छ । बैंकहरुले बन्ड जारी गरेर मात्रै २१० करोड भारतीय रुपैयाँ उठाइदिएका छन् । बैंकहरुले जारी गरेको विवरणअनुसार कूल बन्डको ९५ प्रतिशत भारतीय पार्टीका लागि दिइएको थियो । वित्तीय पारदर्शीताका कारण आफ्नो पार्टीले बन्डबाट पनि चन्दा उठाएको भापजाका प्रवक्ता गोपाल अग्रवालले बताएका छन् । तर कुन बैंकले कति बन्ड जारी गरेका थिए भन्ने बारेमा केही बताइएको छैन ।

सन् २०१३-१४ मा भाजपाले १७० करोड चन्दा लिएको थियो भने काँग्रेसले ५९८ करोड , यस्तै सन् २०१४ -१५ मा भाजपाको भागमा ४३७ करोड परेको थियो भने काँग्रेसले ५९३ करोड चन्दा उठाएको थियो ।

यस्तै सन् २०१५-१६ मा भाजपाले ५७० करोड, काँग्रेसले २६१ करोड, सने २०१६-१७ मा भाजपाले एक हजार ३४ करोड चन्दा उठाउँदा काँग्रेसको घटेर २२५ करोडमा सिमित भएको थियो । २०१७-१८ मा भाजपाले एक हजार २७ करोड चन्दा उठाएको विवरण प्राप्त भएपनि काँग्रेसको विवरण प्राप्त हुन सकेको छैन ।

नेपालमा भने चन्दा उठाउने तर त्यसको विवरण सार्वजनिक नगर्ने प्रचलन रहेको छ । मोटो चन्दा उठाए, त्यसको स्रोत समेत सार्वजनिक गर्नुपर्ने भएकाले नेपामला भने उठाइएको चन्दाको विवरण सार्वजनिक हुने गरेको छैन ।


पुष्प दुलाल