दशैंपछि प्रभु बैंकको सेयरमा किन झुम्मिए लगानीकर्ता ?



काठमाडौं । दशैंपछि लगानीकर्ताहरु प्रभु बैंकको सेयरमा झुम्मिएका छन् । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण आउनै लाग्दा लगानीकर्ताहरु प्रभु बैंकको सेयर किनेका हुन् ।

बैंकले आगामी केही दिनमै ०७५ असोज मसान्तको अपरिस्कृत वित्तीय विवरण सार्वजानिक गर्दैछ ।

नेपाल स्टक एक्सचेञ्जमा दशैंपछि भएको सेयर कारोबारमा प्रभु बैंकको सबैभन्दा धेरै सेयर किनबेच भएको छ । यतिसम्म कि नेपाल स्टक एक्सचेञ्जमा यो साताभर सबैभन्दा धेरै सेयर कारोबार भएका १० कम्पनीमध्ये झन्डै ९ कम्पनीको जति सेयर प्रभु बैंक एक्लैको धेरै कित्ता सेयर किनबेच भएको छ ।

दशैंपछि ५ दिन नेप्सेमा सेयर कारोबार भएको छ । सो अवधिमा प्रभु बैंकको ६ लाख ७३ हजार कित्ता सेयर किनबेच भएका छन् ।

प्रभु बैंकपछि यो हप्ता कुमारी बैंकको सेयर सबैभन्दा धेरै किनबेच भएको छ । कुमारीको २ लाख १७ हजार कित्ता किनबेच भएको हो ।

त्यस्तै, मेगा बैंकको १ लाख ८४ हजार कित्ता, एनआइसी एशिया बैंकको १ लाख ५१ हजार कित्ता, जनता बैंकको १ लाख ५० हजार कित्ता, सिभिल बैंकको १ लाख ४७ हजार कित्ता, माछापुच्छ्रे बैंकको १ लाख १८ हजार कित्ता सेयर किनबेच भएका छन् ।

त्यसैगरी, एनएमबि बैंकको ९९ हजार कित्ता, सिद्धार्थ बैंकको ९७ हजार कित्ता सेयर, सेञ्चुरी बैंकको ६६ हजार कित्ता सेयर किनबेच भएका छन् ।

दशैंपछि खुलेको पहिलो अर्थात गत आइतबारको कारोबारमा एकैदिन प्रतिकित्ता ८ रुपैयाँले बैंकको सेयरमूल्य बढर प्रतिकित्ता २४९ रुपैयाँ पुगेको थियो । उक्त दिन बैंकका १ लाख २८ हजार ३ सय ३ कित्ता सेयर ३ करोड ३ करोड १६ लाख ५७ हजार रुपैयाँमा किनबेच भएका थिए ।

सोमबार पनि बैंकको सोमबार पनि बैंकको सेयरमा लगानीकर्ताको आकर्षण उस्तै रह्यो । मूल्य १ रुपैयाँले मात्रै बढेपनि उक्त दिन १ लाख ३० हजार ८ सय ४८ कित्ता सेयर ३ करोड २५ लाख ९० हजार रुपैयाँमा किनबेच भए ।

मंगलबार भएको कारोबारमा बैंकको सेयरमूल्य फेरि ३ रुपैयाँले बढ्यो । उक्त दिन १ लाख ३५ हजार १ सय ५७ कित्ता सेयर ३ करोड ३७ लाख ६५ हजार रुपैयाँमा किनबेच भए । बुधबार बैंकको सेयर मूल्य स्थिर रह्यो । उक्त दिन १ लाख ३३ हजार ८ सय ५१ कित्ता सेयर ३ करोड ३७ लाख १९ हजार रुपैयाँमा किनबेच भए ।

बिहीबार भने बैंकको सेयर मूल्य प्रतिकित्ता ४ रुपैयाँले घटेर २ सय ४९ रुपैयाँ कामय भयो । तर, कारोबार कित्ता र रकम भने बढ्यो । उक्त दिन १ लाख ४४ हजार ७ सय ४४ कित्ता सेयर ३ करोड ६३ लाख ५० हजार ७ सय २१ रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ ।

सस्तो मूल्यमै राम्रै प्रतिफल पाउने आशामा लगानीकर्ताहरु प्रभु बैंकको सेयरमा आकर्षित भएको हुनसक्ने अनुमान गरिएको छ । लगानीकर्ताहरुको यो आकर्षणले कतै बैंकले केही दिनमै सार्वजानिक गर्ने वित्तीय विवरणमा छलाङ त मार्दै छैन भन्ने चासो बढाएको छ ।

स्रोतका अनुसार बैंकले पहिलो त्रैमासमै ५० करोडको हाराहारीमा नाफा भएको वित्तीय विवरण सार्वजानिक गर्दैछ । चालू आर्थिक वर्षमा २ अर्ब बढी नाफा गर्ने बैंक ब्यवस्थापनको लक्ष्य छ ।

८ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको बैंकले २ अर्ब बढी नाफा कमाउनु भनेको अर्को वर्ष लगानीकर्तालाई कम्तिमा पनि १८/२० प्रतिशत लाभांस दिन सक्ने क्षमता राख्नु हो ।


पुष्प दुलाल