धनी मानिसहरु कहाँ कहाँ लगानी गर्छन् ? कसरी बन्छन् अझ धनी ?




पैसा बचत भएपछि धेरै आम मानिस आधुनिक ग्याजेटस् र म्यूचुअल फण्ड खरिद गर्न तर्फ लाग्छन् । तर, धनी मानिसहरु यस्तो गर्दैनन् । धनी मानिसहरु आफ्नो पैसा सामान्य मानिसले सोच्नै नसक्ने क्षेत्रमा लगानी गर्छन् । त्यसकारण नै धनी मानिसहरु झन् धनी बन्दै जान्छन् ।

धनी मानिसको लगानी यात्रा 
जोशुआ कोलम्यानको परिवारले सन् २००४ मा अमेरिकाको सिकागोमा रहेको टेलिकम कम्पनी ४० करोड डलरमा बिक्री गर्यो । कम्पनी बिक्री गरिसकेपछि कोलम्यानको परिवार धेरै समय चर्चामा रहेन । तर, कोलम्यान २७ वर्ष पुगेपछि फेरि उनको परिवारको चर्चा सुरु भयो ।

सन् २०११ मा कोलम्यान २७ वर्षको हुँदा उनले मुभमेन्ट एड्भान्स प्लानिङ नामक कम्पनी सुरु गरे । यो कम्पनीले मानिसलाई कर, कानूनी कुराहरु र सम्पतीसँग जोडिएका विषयमा सल्लाह दिन्छ ।

यदि उनले कुनै दिन यो व्यवसाय पनि बेचिन भने ४० करोडभन्दा धेरै रकम पाउने छिन । यसलाई अल्फा जोखिम भन्ने गरिन्छ । यस्तो जोखिम मोलेर असिम नाफा आर्जन गर्न सकिन्छ । तर, यस्तो कारोबारमा नाफा नै हुन्छ भन्ने कुनै आधार छैन ।

धनी मानिसहरुले कहाँ लगानी गर्छन् ?
क्लोज्ड इन्डिेड फण्डः यो फण्डमा कम्तिमा पनि पाँच वर्ष रकम जम्मा गर्नुपर्छ । यो फण्डबाट धेरै ब्याज पाईन्छ । कर्यौ धनी मानिसले यस्ता क्षेत्रमा पनि लगानी गरेका हुन्छन् ।

विमान भाडामाः लण्डनको फ्लेमिङ फ्यामिली एण्ड पार्टनर्सका सिईओ इयान मार्शका अनुसार यो कम्पनीका ग्राहक डारिक नामक कम्पनीमा लगानी गर्छन् । यो कम्पनीले अन्य लगानीकर्ताको रकमबाट विमान खरिद गरेर विमान कम्पनीलाई भाडामा दिन्छ । यसरी लगानीकर्ताले वार्षिक ९ प्रतिशतसम्म व्याज पाउने गर्छन् । जब कि अमेरिकी सेयर बजारको औसत रिटर्न ३ प्रतिशत छ ।

कृषिमा लगानीः विश्वभर भोजनको माग निरन्तर बढिरहेको छ । धनी मानिसहरु कृषिमा लगानी गर्ने गर्छन् । धनी मानिसहरुले अरुले थाहा नपाउने गरी आफ्ना शाखा कम्पनी वा फण्ड मार्फत कृषिमा लगानी गरिरहेका हुन्छन् ।

शौखमा आधारित लगानीः धनी मानिसहरु आर्ट, कार, घडी, रक्सी, तथा संगीत उपकरण जस्ता उद्योगमा पनि लगानी गर्ने गर्छन् । यस्ता उद्योगबाट वर्षौपछि राम्रो नाफा हात लाग्छ । विश्वभरका धेरै धनी मानिसहरुको लगानी यस्तै क्षेत्रमा रहेको हुन्छ ।

धनी मानिसहरु एउटै कारोबारमा मात्रै लगानी गर्दैनन् । कोलम्यानले पनि कयौँ कारोबारमा लगानी गर्ने गरेका छन् । ‘द गस्ट गाईड टु मेकिङ मनि एण्ड ह्याभिङ फन इन स्टार्टसअप’ नामक पुस्तकका लेखक डेभिड रोसका अनुसार नयाँ सुरु हुने आधाभन्दा धेरै कम्पनी ठप्प हुन्छन् । तर, सफल हुने कम्पनीहरु भने सुरुवाती लगानीमा २० देखि ५० प्रतिशत नाफा दिन्छन् । (एजेन्सीहरुको सहयोगमा)


क्लिकमान्डु