‘मोदीले फोन गरेर बोलाएपछि ओली भारत गए, भारतको आग्रहमा चिनियाँ रेल लुम्बिनी पुग्न पाएन’




काठमाडौं । भारतीय न्यूज पोर्टल ‘सत्याग्रह’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ठूलो मेहेनत गरेपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएका दाबी गरेको छ ।

निर्वाचनपछि दुईतिहाई मत सहित सरकारको नेतृत्व गरेका ओलीले आफ्नो पहिलो विदेश भ्रमण चीनबाट गर्ने तयारी गरेकोले त्यसलाई रोक्न भारतले धेरै प्रयास गर्नुपरेको सो अनलाइनले उल्लेख गरेको छ ।

‘निर्वाचनपछि प्रधानमन्त्री बनेको ओलीले आफ्नो पहिलो भ्रमण चीनबाट गर्ने खबर पाएपछी उनलाई मनाउन भन्दै भारतले विदेशमन्त्री सुस्मा स्वराजलाई नेपाल नै पठाउनुपरेको थियो,’ समाचारमा उल्लेख गरिएको छ ।

यतिले पनि नपुगेर भारतीय प्रधानमन्त्री मोदी स्वयमले प्रधानमन्त्री ओलीलाई ३ पटकसम्म टेलिफोन गरेर पहिलो विदेश भ्रमण भारतबाटै गरिदिन आग्रह गरेको दाबी समाचारमा छ ।

‘भारत सरकारका अधिकारीका अनुसार ओलीलाई भारत भ्रमणमा ल्याउन भारतले निकै कष्ट गरेको थियो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैले ओलीलाई पहिलो भ्रमण भारतबाटै गर्न आग्रह गर्दै तीन पटक फोन गरेका थिए,’ समाचारमा भनिएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको यो प्रयासले केही परिणाम दिएको समाचारको दाबी छ । भारत सरकारको प्रयासकै कारण चिनिया रेल लुम्बिनीसम्म जानबाट रोकी काठमाडौंसम्ममा मात्रै सिमित गरिएको उल्लेख गरिएको छ ।

‘आफ्नो पहिलो प्रधानमन्त्रित्वकालमा चिनिया रेल लुम्बिनीसम्म पुर्याउँछु भनेर भाषण गरेका ओलीले यस पटकको चीन भ्रमणमा काठमाडौंसम्म मात्रै चिनिया रेल आउने सम्झौता गरे, यस अघि पटक पटक चिनिया तथा नेपाली प्राविधिकको टोलीले केरुङ, काठमाडौं पोखरा र लुम्बीनीसम्म रेल निर्माणका लागि अध्ययन गरिसकेको थियो,’ समाचारमा उल्लेख छ ।

‘भारतीय प्रधानमन्त्री मोदीले आफ्नो पछिल्लो नेपाल भ्रमणका दौरान ओलीलाई चिनिया रेल भारतको सीमासम्म नल्याउन आग्रह गरेको बताईन्छ, उनको आग्रहलाई मान्दै ओलीले पनि चिनिया रेललाई काठमाडौंसम्ममा सिमित गरे,’ समाचारमा भनिएको छ ।

भारतीय प्रधानमन्त्रीको पछिल्लो भ्रमणले नेपालमा भारत सफल भएको देखिएपनि यो प्रयास पर्याप्त भने नभएको उल्लेख गरिएको छ । नेपालले भारतसँगको सम्बन्ध यथावत राखेर चीनसँग सम्बन्ध विस्तार गर्न खाजेको र नेपालको यस्तो कुटनीतिले अन्तमा भारत नेपालबाट बाहिरिने समाचारमा उल्लेख गरिएको छ ।

यस्तो छ समाचार
नेपालमा वामपन्थी सरकार बनेसँगै भारतले गरेका आशंका अब सहि सावित हुन थालेका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गत साता पाँच दिने चीन भ्रमणमा गरेका सम्झौताले भारतको आशंका सहि सावित भएको छ ।

चीन भ्रमणमा ओलीले १४ वटा सम्झौतामा हस्ताक्षर गरे । यी सम्झौतामा १५ हजार करोड रुपैयाँ भन्दा धेरैको सम्झौता भएको थियो । यही भ्रमणको अवधिमा नेपालले चीनिया रेल बनाउने विषयमा पनि सम्झौता गरेको छ ।

प्रधानमन्त्रीसँगको कुराकानीमा चीनले नेपालमा विमानस्थल, बन्दरगाहसम्म राजमार्ग र दुर संञ्चारका क्षेत्रमा क्रान्तीकारी परिवर्तन ल्याउने योजना बताएको थियो । चीनको यो प्रस्तावमा ओलीले पनि सहमति जनाए ।

यस बााहेक चीनले नेपालको सांस्कृतिक तथा ऐतिहासिक सम्पदा पुनः निर्माणमा पनि सघाइरहेको छ । चीन र नेपालबीच सुरक्षा सम्झौता पनि भएको छ । जसमा चीनिया गुप्तचर निकाय र नेपाली गुप्तचर निकायले संयुक्त प्रयासमा काम गर्नेछन् ।

नेपाल र चीनबीच देखिएको यो दृश्यलाई नियालेर हेर्ने हो भने चीनले नेपालका सबै क्षेत्रमा आफ्नो उपस्थीति देखाएको छ । जहाँ केही वर्ष अगाडीसम्म भारतको मात्रै उपस्थीति हुन्थ्यो ।

दक्षिण एसियामा चीनको बढ्दो उपस्थीति र प्रभावालाई लिएर भारत अहिले निकै शसंकित भएको छ । श्रीलंका र मालदिभ्समा देखिएको चीनको उपस्थीतीले भारतलाई ति देशबाट आंशिक रुपमा भएपनि बाहिरिनु परेको छ । नेपालमा पनि चीनको बढिरहेको उपस्थीतिले आफू बाहिरीनुपर्ने अवस्था आउनेमा भारत चिन्तित देखिएको छ ।

नेपालको राष्ट्र बैंको तथ्यांक अनुसार पनि गत वर्षको जुलाईदेखि डिसेम्बरसम्म नेपालमा ८ करोड डलर चीनिया प्रत्यक्ष लगानी आएको छ । यही समयमा भारतले भने करिब साढे ३ करोड डलर लगानी गरेको छ ।

जनवरीदेखि अप्रिल २०१८ को अवधिमा नेपालमा भएको कुल वैदेशिक लगानीमा चीनको हिस्सा ९० प्रतिशत रह्यो । यस बाहेक पनि चीनले पछिल्ला केही वर्षयता नेपाललाई बर्सेनि २ देखि ४ अर्ब डलर सहयोग दिदै आएको छ । नेपालमा सहयोग गर्ने देशमा चीन अग्र स्थानमा रहेको छ । नेपालाई सहयोग गर्ने देशको सूचिमा भारत सातौँ स्थनमा रहेको छ ।

नेपाल र चीनको नजिकिदो सम्बन्ध
नेपाल र चीनको सम्बन्धमा प्रगाढता सन् २०१५ बाट सूरु भएको थियो । नेपालमा संविधान जारी भएपछि भारतले नेपाली मधेसी समुदायको समर्थन गर्दै नेपालले जारी गरेको संविधान प्रति असन्तुष्टी जनाएपछि नेपाल भारतसँग रुष्ट भएको थियो । यही समयमा भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएपछि नेपाल भारत सम्बन्ध थप जटिल बन्यो ।

सन् २०१५ मा भारतको रवैयाबाट त्रसीत नेपाल भारतको विकल्पको रुपमा चीनसँग नजिकीएको थियो । चीनले पनि नेपालको यो अवस्थाको लाभ लिदै नेपाललाई खुलेर सहयोग गर्यो । यति मात्रै होइन चीनले गत वर्ष भएको निर्वाचनमा प्रचण्ड र ओलीको वामपन्थी गठबन्धनलाई निर्वाचनमा जिताउन पनि भूमिका निर्वाह गरेको थियो ।

निर्वाचनपछि प्रधानमन्त्री बनेको ओलीले आफ्नो पहिलो भ्रमण चीनबाट गर्ने खबर पाएपछी उनलाई मनाउन भन्दै भारतले विदेशमन्त्री सुस्मा स्वराजलाई नेपाल नै पठाउनुपरेको थियो । भारत सरकारका अधिकारीका अनुसार ओलीलाई भारत भ्रमणमा ल्याउन भातरले निकै कष्ट गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैले ओलीलाई पहिलो भ्रमण भारतबाटै गर्न आग्रह गर्दै तीन पटक फोन गरेका थिए ।

नेपाल चीन नजिक हुनुको कारण
नेपाल मामिलाका जानकार तथा पत्रकारका अनुसार भारतले लगाएको नाकाबन्दीले मात्रै नेपाल चीनसंग नजिकिएको होइन । नकाबन्दीको घटनाले नेपालको भारतप्रतिको असन्तुष्टी सतहमै देखिएको हो । तर, नेपाल लामोसमय देखि भारतको रवैयाप्रति असन्तुष्ट रहँदै आएको थियो ।

यस बाहेक भारतले नेपालमा बनाउने भनेका कयौँ परियोजना अझै निर्माण गरेको छैन । लगातार भारतले आफ्नो आर्थिक सहयोगमा गरेको कटौतिका कारण पनि नेपाल भारतसंग असन्तुष्ट थियो । आर्थिक सहयोगको वाचा गरेपनि पुरा नगर्ने भारतीय व्यवहारले नेपाल भारतसंग दुरी बनाउन चाहान्थ्यो र यो दुरी बनाउने मौका सन् २०१५ को नाकाबन्दी बन्यो ।

चीन समर्थक ओली सत्तामा आएपछि भारतले गरेका प्रयास
नेपालमा भएको निर्वाचन पछि वामपन्थी गठबन्धनबाट ओली निर्वाचनमा विजयी भए । ओलीलाई भारतले चीनिया उम्मेदवारको रुपमा लिएको थियो । यता नेपाली काँग्रेसका उम्मेदवार शेरवहादुर देउवालाई भारतले आफ्नै उम्मेदवार जस्तो ठानेको थियो ।

तर, निर्वाचनमा वामपन्थी गठबन्धन विजयी भएपछि भारतले ओलीको मन जित्न निकै प्रयास गरेको छ । विदेशमन्त्री सुस्मा स्वराजको भ्रमण र भारतीय प्रधानमन्त्री मोदीको भ्रमण यसका उदाहरण हुन् ।

के भारत सफल भएको हो ?
आफ्नो पहिलो प्रधानमन्त्रीत्व कालमा चीनिया रेल लुम्बिनीसम्म पुर्याउँछु भनेर भाषण गरेका ओलीले यस पटकको चीन भ्रमणमा काठमाडौंसम्म मात्रै चिनिया रेल आउने सम्झौता गरे ।

यस अघि पटक पटक चिनिया तथा नेपाली प्राविधिकको टोलीले केरुङ, काठमाडौं पोखरा र लुम्बीनीसम्म रेल निर्माणका लागि अध्ययन गरिसकेको थियो ।

भारतीय प्रधानमन्त्री मोदीले आफ्नो पछिल्लो नेपाल भ्रमणका दौरान ओलीलाई चिनिया रेल भारतको सीमासम्म नल्याउन आग्रह गरेको बताईन्छ । उनको आग्रहलाई मान्दै ओलीले पनि चिनिया रेललाई काठमाडौंसम्ममा सिमित गरे ।

भारतीय प्रधानमन्त्रीको पछिल्लो भ्रमणले नेपालमा भारत सफल भएको देखिएपनि यो प्रयास पर्याप्त भने छैन् । नेपालले भारतसँगको सम्बन्ध यथावत राखेर चीनसँग सम्बन्ध विस्तार गर्न खाजेको छ । नेपालको यस्तो कुटनीतिले अन्तमा भारत नेपालबाट बाहिरिने छ ।

कतिपय नेपाल मामिला जानकारका अनुसार अब भारतले नेपालमा चीनिया लगानीसँग प्रतिस्पर्धा गर्ने वातावरण छैन । तर पनि भारतले आफुले वाचा गरेका पुराना परियोजना निर्माण गर्नुपर्छ । यस बाहेक भारतले अब सांस्कृति र धार्मिक सम्बन्धलाई थप मजबुत बनाउनुपर्छ । नेपाल मामिलाका जानकारहरु अब नेपाललाई भारतले सधैँ भन्ने गरेको ‘रोटी बेटीको सम्बन्ध’ले मात्रै फकाउन नसकिने निष्कर्षमा पुगेका छन् ।

(किन अब नेपाललाई रोटी बेटीको सम्वन्ध  कुराले लोभ्याउन सकिदैन, शिर्षकमा भारतीय अनलाईन पत्रिका सत्याग्रहमा अभय शर्माले लेखेको लेखको भावानुवाद)


क्लिकमान्डु