कृषिमन्त्रीले भने- भारतीय दुध उत्पादक कम्पनी अमूल नेपाल आउने चर्चा गलत हो



काठमाडौं । भारतीय दुध उत्पादक कम्पनी अमुल नेपाल आउने चर्चा आधिकारिक नभएको कृषि भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाडी खनाल बताए ।

मन्त्रीले खनालले अमुल नेपालमा आउने कुरा गलत रहेको बताएका हुन् । विश्व दूध दिवसको अवसरमा बोल्दै उनले अमुल दूधलाई लिएर नेपालमा भइरहेको चर्चा आधिकारिक नभएको बताएका हुन् ।

‘मैले थाहा पाएसम्म अमुलको चर्चा आधिकारिक हैन, त्यसको मतलब अमुल आउनै नहुने पनि हैन, आउन मिल्छ, उ पनि ठूलो सहकारी हो, अहिले बढेमानको संस्था बन्न पुगेको छ, अहिलेको स्थिति अमुल जरुरी छ कि छैन भन्ने हो, नेपालको सन्दर्भमा अमुल जरुरी छैन,’ मन्त्री खनालले भने ।

उनले नेपालमा अमुल जस्ता व्यवसायीक संस्थाहरुको आवश्यक रहेको बताए । दूग्ध जन्य पदार्थहरु नेपालमा पनि उत्पादन गर्नुपर्ने उनले औँलाए ।

‘नेपालका डिपार्टमेन्टल स्टोरहरु सबै अमुलका दूग्द पदार्थले भरिएको छ, अन्य सुजरल्याण्ड वा बेलजियमका सामानहरु देख्न पाइन्छ, हामीले पनि त्यस्तो बनाउन सक्छौँ होलानी, त्यस्तै कभर राख्न नसकौँला, त्यसभित्र भएको सामानको गुणस्तर त्यस्तै नहोला तर, त्यसमा हाम्रोमा जे छ त्यो भरेर, योसम्मको गुणस्तर हाम्रो सामानमा छ भनेर जिम्मा हामीले अन्तर्राष्ट्रियस्तरमा जहाँ गए नि खान सक्नुहुन्छ ढुक्क हुनुस् भनन सक्नु पर्यो, त्यसको गुणस्तर जाच्ने संस्थाले जिम्मा लिइदिनु पर्यो, त्यसपछि त मान्छेले विश्वास गर्ने होे,’ उनले भने ।

दूधमा आत्मनिर्भरता हुँदै गरेको तर नेपालमा कति पाउडर भित्रिँदै छन् यकिन त्यसको तथ्याङ्क नभएको उनले बताए । उनले दूग्ध संस्थाहरुले कृषिमा व्यवसायीकरण गर्नु पर्ने कुरा यी हुन भन्नु पर्ने बताए ।

‘आगामी ५ वर्षमा दूधमा आत्मनिभर हुन्छौँ भनेर मात्र हुन्न, हामी यी क्षेत्रमा आत्मनिरभर हुन्छौँ, व्यवस्थापन यसरी गछौँ, उत्पादन धेरै भएमा निर्यातका लागि बजार खोज्छौँ भन्ने कुरा त स्पष्ट हुनु पर्यो नि’ उनले भने ।

निर्यातका लागि पनि पहिला बजार खोजन आवश्यक रहेको र त्यो बजारमा अहिले भएका बाधक कुराहरु के हुन बुझेर त्यसमा सुधार गर्नु पर्ने उनले बताए ।
चौतर्फि कुरा ननियाली आत्मनिरभर बन्छु मात्र भन्नु सान्दर्भिक नभएको उनले बताए ।

‘जिम्मेवार व्यक्तिले कार्यनिति कार्यान्वयन नै गर्न सक्दैन, कार्यन्वयन गर्न थाल्यो अख्तीयार अघि सर्छ, अनी अर्को ठाउँमा गएर अर्कैले रोक्छ, अनि सरकारले गर्दा घाटा भयो भन्छन् व्यवसायी,’ उनले भने, ‘हामी अरु कम्पनीहरुलाई आउनै हुन्न चाहि भन्दैनौँ तर, ति हाम्रा सर्तमा आउनुपर्छ, अरुका धेरै सर्त स्विकार्न सकिँदैन ।’

उनले नेपालमै भएका संस्थाको उतपादन सम्हाल्न नसकेको अवश्थामा अरु कम्पनी भित्राउन जरुरी नभएको बताए ।

उनले अहिलेको समस्या नेपालको उत्पादन प्रणाली प्रशोधन र त्यसको आगामी योजनासँग तालमेल मिलाउने भएको बताए ।

व्यवसायीहरुले दूधको उत्पादन आवश्यकभन्दा बढी भएकाले कम्पनीहरुले दूध नलिएको बताए पनि ‘मिल्क होलिडे’जस्ता कुरा कृतिममात्र हुनसक्ने उनले बताए ।

विदेशबाट पाउडर दूध सस्तो मूलयमा भित्रिने भएकाले नेपालका कम्पनीहरुमा दूध धेरै भएको र किसानको दूध बिक्री नहुने गरेको मा उनले यसलाई कसरी सुधार गर्नु पर्ने हो त्यसमा ध्यान पुराउन आवश्यक रहेको बताए ।

बाहिर बाट आएको पाउडर दूध रोक्न भन्सार कर बढाउनु पर्ने हो या नियम कानुन संसोधन गर्नुपर्ने हो त्यो गर्न सरकार तयार रहेको उनले बताए ।

कार्यक्रममा दूध दिवसकै अवसरमा विभिनन दूध उद्योगहरुलाई सम्मान गरिएको थियो ।

यस्तै लामो समयदेखि बन्द रहेको र ३ महिनाअघि मात्र खुलेको चितवन दूध उद्योगलाई पनि दूग्ध क्षेत्रमा महत्वपूर्ण भूमिका निभाएको भन्दै सम्मान गरिएको छ ।


पुष्प दुलाल