दैनिक थपिन्छन् साढे ८ सय मोटरसाइकल



काठमाडौं । नेपाली सडकमा दैनिक ८ सय ४६ मोटरसाइकल तथा स्कुटर थपिने गरेको छन् । चाल आर्थिक वर्षको ७ महिनामै देशभरका यातायात कार्यालयका १ लाख ७७ हजार १ लाख ७७ हजार ६ सय ३० मोटरसाइकल दर्ता भएका छन् ।

तर, चालु आवको सात महिनामा थपिएका मोटरसाइकलको संख्या गत आवको ६ महिनामा दर्ता भएको सवारीको संख्या भन्दा धेरै फरक छैन । गत आवको ६ महिनामा दैनिक नेपालमा ९ सय ७ वटाका दरले मोटरसाइकल दर्ता भएका थिए ।

तर, चालु आवको सात महिनामा मोटरसाइकल दर्ताको संख्या दैनिक ६० को संख्यामा गिरावट आएको छ । मोटरसाइकलमा लोन दिँदै आएको सहकारीले कडाई गर्दा मोटरसाइकल खरिद गर्नेको संख्यामा कमी आएको हो । सात महिनामा दर्ता भएको मोटरसाइकलको हिसा कुल दर्ता भएका सवारीको ८२ प्रतिशत हो ।

नेपालमा अहिले एक लाख ५० हजार रुपैयाँ देखि ५२ लाख रुपैयाँसम्मका मोटरसाइकल बिक्री भइरहेका छन् । शहरी क्षेत्रको अस्तवेस्त सार्वजनिक सार्वजनिक सवारी कै कारण सर्वसाधरले आफ्नो व्यक्तिगत काम देखि अफिसियल काममा लागि नै मोटरसाइकल प्रयोग गर्न बाध्य छन् ।

चालु आवको सात महिनामा देशभर २ लाख १६ हजार ९ सय ८६ सवारी दर्ता भएका छन् । तर, गत आवको ६ महिनामै देशभर २ लाख ११ हजार ९ नौ सय ६९ सवारी दर्ता भएका थिए ।

कार/जिप आयत ५० प्रतिशतले घट्यो

कुन समय कार/जिप शौखिनका सवारीका रुपमा प्रयोग हुन्थे । तर, अहिले इन्ट्री लेभवका कार अत्यावश्क सवारी साधनको रुपमा प्रयोग हुन्थे ।

तर, गत वर्षका माघ महिनासम्म शहरी क्षेत्रमा बढ्दो प्रदुषणका कारण कार प्रयोग कर्ताको संख्या बढ्दो थियो । तर, नेपाल राष्ट्रबैंकको निर्देशन पछि वाणिज्य बैंकहरुले सवारी कर्जामा कडाइ गरेसँगै कार/तथा जिपको आयात घट्दो छ ।

चालु आवको सात महिनामा जम्मा ७ हजार ५ सय ७५ वटा मात्रै कार/जिप दर्ता भएका छन् । तर, गत आवको ६ महिनामै १४ हजार ४६ वटा कार तथा जिप दर्ता भएका थिए ।

ठुला बस आयात न्यून

नेपाल भित्रने कुल सवारीको एक प्रतिशत पनि ठूला सार्वजनिक बस नआउने गरेको छ ।

चालु आवको सात महिना देशभ २ लाख १६ हजार९ सय ८६ सवारी दर्ता भएका छन् । तर, सार्वाजनिक सवारीका रुपमा प्रयोग हुने बसको संख्या १७ सय १२ मात्रै छ । यो संख्या कुला दर्ता भएका सवारीको ०.७८ प्रतिशत मात्रै हो । सरकारले सार्वजनिक सवारीका रुपमा प्रयोग गरिने बस आयात गर्दा भन्सार शूल्कमा पनि सहुलियत दिएको छ ।

तर, सार्वजनिक सवारी आयातको संख्या अति नै न्यून छ । यातायात व्यवसायीको सिन्डिकेटकै कारण बस आयातपनि बढने सकेको छैन । व्यवसायीकै कारण नयाँ रुटमा इजाजत र सवारी प्रयोगमा पनि कसैले आँट गर्न सकेका छनै ।

हेवी सवारी साधनको बिक्री पनि घट्यो

चालु आवको सात महिनामै हेवी सवारी साधनको आयात तथा विक्रीमा पनि गिरावट आएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको सात महिना जम्मा ३९ सय ३० वटा मात्रै क्रेन/डोजर एस्काभेटर/ट्रक दर्ता भएका छन् ।

विनाशकारी भूकम्पपछि बढ्दो आवसु निर्माण र विकास निर्माणका आयोजनाले तीब्रता पाएसँगै यस्ता सवारी साधनको आयात बढ्दो थियो तर, सवारी कर्जामा बैंकहरुले गरेको कडाइका कारण बिक्रीका गिरावट आएको छ । गत आवको ६ महिनामै ६५ सय ७४ वटा क्रेन/डोजर एस्काभेटर÷ट्रक दर्ता भएका थियो । तर, यो संख्या सात महिनामा पनि घटेर ३९ सय ३० मा झरेको छ ।

यसैगरी चालु आवको सात महिनामा ९ सय ३४ वटा मिनिबस/मिनिट्रक, ४ हजार ९१ वटा पिक अप, ४ सय ८७ माइक्रो, ८ हजार ९ सय ६० वटा टेम्पो, ५ हजार ६ सय ३२ वटा टै«क्टर पावरटेलर, ५ हजार ८ सय ९७ वटा ई–रिक्सा र १ सय ३८ वटा अन्य प्रकृतिका सवारी दर्ता भएका छन् ।


पुष्प दुलाल