स्थानिय पर्यटनको विकास गर्न पाथिभरा महोत्सव हुँदै



काठमाडौं । नेपालको सबैभन्दा उचाईमा रहेको पाथिभरा मन्दीरमा फागुनमा पाथिभरा महोत्सव हुने भएको छ । सोमबार उपत्यकाको पर्यटन बोर्डमा भएको पत्रकार सम्मेलनमा फागुन १ गतेदेखि ३ गतेसम्म त्रिदिवशिय पाथिभरा पर्यटन महोत्सव हुने जानकारी दिइएको हो ।

पाथीभरा देवीमन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समिति, पाथीभरा क्षेत्र विकास समिति र नेपाली सेनाको श्रीनयां रणभीम गूल्ममुख्यआयोजक र जिल्ला समन्वय समिति ताप्लेजुङ, ताप्लेजुङ उद्योग वाणिज्य संघ, ताप्लेजुङ सरोकार केन्द्र, काठमाण्डौं र फुङलिङ नगरपालिका ताप्लेजुङ सह–आयोजकको रुपमा रहेने जनाइएको छ । पाथिभरा पर्यटन महोत्सवका मुख्यप्रायोजक हिमालयन गाइड्स नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन प्रा.लि. काठमाडौं, र महोत्सव प्रवद्र्धक नेपाल पर्यटन वोर्ड रहने आयोजकले जनाएको छ ।

महोत्सवको क्रममा (क) स्थानीय उत्पादनको प्रदर्शनी, ख) हिमालयन गाइड्स पाथीभरा म्याराथन, ग) विविध सांस्कृतिक झाँकीहरू, घ) खेलकूद कार्यक्रम, ङ) चर्चित राष्ट्रिय कलाकारहरूका साथमा विविध सांस्कृतिक कार्यक्रम, च) खानपानका परिकारहरू र ताप्लेजुङे सत्कार हुने पाथिभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्दन समितिले जनाएको छ ।

नेपालको सूदुर पूर्वी क्षेत्र ताप्लेजुङमा पाथीभरा देश तथा विदेशमा समेत आकर्षण बन्ने गरेको छ । पाथीभरा मन्दिरमा देसका सबै जिल्लाहरुबाट र दक्षिण एसिया तथा विश्वका विभिन्न मुलुकका नागरिकहरुको समेत अकर्षण हुने गरेका छन् । पछिल्लो समयमा मध्य तथा पश्चिम नेपालका श्रद्धालुहरुको संख्या पनि बढ्न थालेको छ पाथिभरा मन्दिर संरक्षण तथा सम्बर्दन समितिले जनाएको छ ।

पाथिभरा क्षेत्र पाथिभरा मन्दिरको साथै विभिन्न पशुपञ्छि, हिमाली दृश्य, हिमाली जडिबुटीहरु, बनस्पतीहरु पनि यस मन्दिर क्षेत्रको आकर्षण हुने गरेको छ । मुनाल, डाँफे, चिरकालिज, हरियो लामपुच्छ«े, भोटेकागलगायतका दूर्लभ पन्छीहरु पनि पाथीभरा क्षेत्रमा पाइन्छ । नेपालमा पाइने ३५ मध्ये २८ प्रजातिका लालिगुराँस र १०० भन्दा बढी प्रजातिका सुनाखरी पाथीभरा क्षेत्रमा पाइन्छ ।

पाथीभराबाट कन्चनजंघा, कुम्भकर्ण, काङ्बाचेन, मकालु, लोत्सेलगायतका हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ । सिहलिला पर्वश्रेणी यस क्षेत्रको अर्को मुख्यआकर्षण रहेको आयोजकले जनाएको छ ।


क्लिकमान्डु