गएको बर्ष बैंकहरुले १०० रुपैयाँ निक्षेप आउँदा ८६ रुपैयाँ ऋण दिएर सके
काठमाडौं । गत बर्ष बैंक तथा वित्तीय संस्थाहरुले अत्याधिक कर्जा प्रवाह गरेका कारण तरलता अभावको समस्या आइपरेको तथ्य खुलेको छ । राष्ट्र बैंकले गरेको अध्ययनले यस्तो देखाएको हो ।
गत आर्थिक बर्षमा बैंकहरुले संकलन गरेको निक्षेपको ८६ प्रतिशतभन्दा बढी रकम ऋण दिएर सकेका छन् । गत आर्थिक बर्षमा बैंकिङ क्षेत्रमा तरलता अभावको समस्या देखापरेको थियो । यस्तो समस्या देखिएपछि राष्ट्र बैंकले हायर पर्चेज कर्जामा कडाइ समेत गरेको थियो ।
राष्ट्र बैंकले गत आर्थिक बर्षको आर्थिक गतिविधिलाई समेटेर देशभरका ५७ जिल्लामा अध्ययन गरेको थियो । राष्ट्र बैंकको अनुसन्धान विभागले आर्थिक बर्ष २०७०/७१ देखि यस्तो अध्ययन गर्दै आएको छ ।
गत अािर्थक बर्षमा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको कुल निक्षेप १८.२ प्रतिशतले वृद्धि भएको छ भने कुल कर्जा प्रवाह २२.८ प्रतिशतले वृद्धि भएको छ । निक्षेप संकलन भन्दा कर्जा प्रवाहमा भएको तीब्र विस्तारका कारण अघिल्लो वर्ष ८२.८ प्रतिशत रहेको कर्जा–निक्षेप अनुपात गत वर्षमा ८६.१ प्रतिशत कायम रहेको अध्ययनमा उल्लेख गरिएको छ ।
यस्तै निक्षेप संकलन तथा कर्जा प्रवाहमा काठमाडांै क्षेत्रको अंश अझै पनि ठूूलो रहेको छ । उक्त क्षेत्रकोे हिस्सा कुल निक्षेप संकलनमा ६८.३ प्रतिशत तथा कुल कर्जामा ५१.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष काठमाण्डौ क्षेत्रको निक्षेप तथा कर्जामा रहेको हिस्सा क्रमशः ६८.३ प्रतिशत र ५३.० प्रतिशत रहेको थियो ।
गत बर्ष बैंक तथा वित्तीय संस्थाहरुले कृषि र औद्योगिक क्षेत्रमा उल्लेख्य रुपमा कर्जा बढाएका छन् । बैंकहरुले कृषिमा २० प्रतिशत र औद्योगिक क्षेत्रमा २१ प्रतिशतले कर्जा बढाएका हुन् ।
अध्ययन क्षेत्र अन्र्तगतका बैंक तथा वित्तीय संस्थाहरुले कुल प्रवाहित कर्जाको ४.७ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन् । गत अवधिको तुलनामा कृषि क्षेत्रमा प्रवाहित कर्जामा २०.३ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै बैंक तथा वित्तीय संस्थाहरुले कुल प्रवाहित कर्जाको ३२.४ प्रतिशत कर्जा औद्योगिक क्षेत्रमा प्रवाह गरेका छन् । समीक्षा वर्षमा त्यस्तो कर्जा २१ प्रतिशतले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७३/७४ मा यस आर्थिक गतिविधि अध्ययनमा समेटिएका ५७ जिल्लाहरुमा कृषि क्षेत्रको समग्र अवस्था सन्तोषजनक रहेको अध्ययनको निक्र्योल छ । समीक्षा वर्षमा खाद्य तथा अन्य वालीले ढाकेको भू–क्षेत्रमा सामान्य वृद्धि भएको छ भने त्यस्ता बालीहरुको उत्पादनमा १०.८ प्रतिशतले वृद्धि भएको छ । अनुुकुल मौसम, कृषि क्षेत्रमा बढ्दो व्यवसायीकरण तथा उन्नत बीउबिजन, रसायनिक मल लगायतका कृषि आगतहरुको सहज उपलब्धताबाट कृषि क्षेत्रको उत्पादनमा वृद्धि हुन गएको हो ।
प्रमुख खाद्यान्न बालीहरुमध्ये धानको उत्पादन २३.९ प्रतिशतले, गहुँको उत्पादन १०.२ प्रतिशत तथा मकैको उत्पादन ७.५ प्रतिशतले वृद्धि भएको अध्ययनले देखाएको छ । त्यसैगरी तरकारी, फलपूूmल तथा मसलाको उत्पादनमा पनि समीक्षा वर्षमा विस्तार आएको छ ।
पशुजन्य उत्पादन अन्तरगत दुुधको उत्पादन ३.२ प्रतिशतले तथा मासुु उत्पादन ५.९ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी अण्डा उत्पादन ३.१ प्रतिशतले तथा माछा उत्पादन ९.८ प्रतिशतले वृद्धि भएको छ । वनजन्य उत्पादन अन्तरगत काठको उत्पादन २१.६ प्रतिशतले वृद्धि भएको छ ।
उद्योगहरुको क्षमता उपयोगमा सुधार आएको छ । अघिल्लो वर्ष उद्योगहरुको औसत क्षमता उपयोग ४८.२ प्रतिशत मात्र रहेकोमा गत बर्ष त्यस्तो उपयोगमा वृद्धि भई ५७.३ प्रतिशत पुुगेको छ । उर्जा आपूूर्ति तथा व्यावसायिक वातावरणमा भएको सुुधार भएको तथा पुुनर्निर्माण कार्यले गति लिएकोले निर्माणजन्य सामग्रीको मागमा आएको विस्तारका कारण उद्योगहरुको क्षमता उपयोगमा सुुधार आएको अध्ययनको भनाइ छ ।
वनस्पती घिउ तथा तेल समूह, पेय पदार्थ समूह, लत्ता कपडा समूह, कागज, अन्न तथा पशुदाना समूह अन्य रसायनिक पदार्थ समूह, प्लाष्टिकजन्य उत्पादन, गैरधातु खनिजजन्य उत्पादन तथा फ्रेबिकेटेट धातुका सामानहरुको उत्पादनमा वृद्धि भएको छ भने दुग्धपदार्थ, अन्य खाद्य पदार्थ समूह, तयारी कपडा, काठको उत्पादन, बिजुलीको तार र जुत्ताको उत्पादनमा ह्रास आएको छ ।
घरजग्गा कारोबारमा बढोत्तरी आएको छ । घर–जग्गा रजिष्ट्रेशन संख्यामा ९.० प्रतिशतले वृद्धि भएको छ भने रजिष्ट्रेशन वापतको राजस्व संकलन ३९.८ प्रतिशतले बढ्न गएको अध्ययनले देखाएको छ ।
पर्यटन गतिविधि उत्साहजनक रहेको छ । समीक्षा अवधिमा उक्त क्षेत्रमा पर्यटक स्तरीय होटेल तथा लजको संख्यामा ७.९ प्रतिशत तथा बेडको संख्यामा ६.८ प्रतिशतले वृद्धि भएको छ । उक्त अवधिमा पर्यटक आगमनमा २९.२ प्रतिशतले वृद्धि भएको छ ।
गत वर्षमा दर्ता भएका कुल सवारी साधन संख्यामा १२.७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, संचार क्षेत्र अन्र्तगत नेपाल टेलिकम, एन–सेल तथा अन्य कम्पनीहरुबाट वितरण गरिएकोे मोवाईल तथा ल्याण्ड–लाइन टेलिफोनको संख्यामा १४.० प्रतिशतले वृद्धि भएको छ भने ईन्टरनेट सेवामा १७.४ प्रतिशतले वृद्धि भएको छ ।
चालुु आर्थिक वर्षमा मनसुन अवधिमा प्रयाप्त वर्षा भएको तथा कृषि क्षेत्रको व्यवसायीकरण तथा आधुुनिकीकरणका लागि नेपाल सरकारबाट अगाडी सारिएका विभिन्न योजना तथा कार्यक्रमहरुबाट प्रमुख कृषि बालीहरुको उत्पादनमा विस्तार आउने अनुमान अध्ययनको छ । यद्यपि कृषि उत्पादनमा अपेक्षित उपलब्धि हासिल गर्नका लागि उन्नत बिउ–विजन तथा रसायनिक मलको सहज आपूर्ति तथा वर्षैभरी सिँचाइ सुविधा उपलव्ध गराउनुपर्ने चुनौतीहरु अध्ययनले औल्याएको छ ।
उर्जाको सहज आपूूर्ति तथा व्यवसायिक वातावरणमा आएको सुुधारबाट चालुु आर्थिक वर्षमा औद्योगिक उत्पादनमा विस्तार आशा गरिएको छ । औद्योगिक उत्पादनमा उच्च वृद्धि कायम राख्न निर्माणाधिन जलविद्युत परियोजनाहरु तोकिएको समयमै सम्पन्न गर्नुपर्ने, आयातित बस्तुहरुसँगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गनुुपर्र्ने, उद्योग व्यवसायी, किसान एवम् श्रमिकबीच सुमधुर सम्बन्ध कायम राख्नुुपर्ने र स्वदेशी तथा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण सृजना गर्नुपर्ने चुनौतीहरु अध्ययनले देखाएको छ ।
पर्यटक स्तरीय होटेलहरुको संख्यामा भइरहेको विस्तार तथा पर्यटन आगमनका लागि सकारात्मक वातावरण बन्दै गएबाट आगामी वर्ष पर्यटन क्षेत्रमा थप विस्तार हुने अध्ययनको भनाइ छ । तथापि भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक सम्पदाहरुको यथाशीघ्र पुनर्निर्माण तथा पर्यटकीय पूर्वाधारको विकास गर्न नसकेमा यस क्षेत्रवाट अपेक्षित उपलब्धी प्राप्त गर्नमा कठिनाई हुने जोखीम रहेको छ ।
प्रादेशिक तथा स्थानीय निकायहरुको चुुनाव सम्पन्न भए पश्चात आर्थिक गतिविधिहरुमा थप विस्तार आउने देखिन्छ । यद्यपि ती निकायहरुको प्रभावकारी कार्यसंचालनका लागि विभिन्न भौतिक, मानवीय संसाधन तथा कानुनी संरचनाहरु समयमै उपलब्ध गराउनुुपर्ने चुुनौती रहेको अध्ययनको भनाइ छ ।