समाजवादले यसरी सकियो धनी देश भेनेजुयला



हरेक दिन र हरेक साता भेनेजुयलाको सामी राज्यको डिग्नीमा रहेको राहदानी विभागमा भेला हुन्छन् र उनीहरु विदेश जाने लक्ष्यका साथ राहदानी बनाउँछन । उनीहरुलाई देशमा बस्न मन छैन ।

कारण देशमा बढ्दै गएको भोकमरी, अराजकता र समाजवादले थोपरेको दैनिकी अस्तव्यस्तताबाट मुक्ति लिन चाहन्छन् । उनीहरुलाई सरकारप्रति कुनै विश्वास छैन र २५० बोलिभार तिरेर राहदानी बनाउन र देश छाड्ने नै उनीहरुको अन्तिम लक्ष्य छ ।

बोलिभारियन समाजवादको नाममा भेनेजुयला अगाडि बढीरहेको छ । त्यहाँका राष्ट्रपति निकोलस माधुरोको सत्ता छ । विपक्षीहरुले उनलाई विधिको शासन र प्रजातन्त्रको हत्या गरेको आरोप लगाएका छन् । त्यहाँको केन्द्रीय बैंकले गत वर्ष १८.६ प्रतिशतले अर्थतन्त्र ओरालो लागेको जनाएको थियो भने मूल्यवृद्धिको दर ८०० प्रतिशतले वृद्धि भएको उल्लेख गरेको थियो ।

आइएमएफले समेत भेनेजुएलाको अर्थतन्त्र खराब भन्दा खराब अवस्थामा पुगेको जनाएको छ । अन्तर्राष्ट्रिय आर्थिक पत्रिका दि इकोनोमिस्टकाअनुसार उपभोक्ता मूल्य वृद्धि गत वर्षको तुलनामा दुई हजार २०० प्रतिशतले बढेको छ । ग्रीसमा देखिएजस्तै आर्थिक संकटमा फसेको छ भेनेजुयला ।

विगतका वर्षहरुमा तेल निर्यातक देश मध्ये आर्थिक वृद्धि र समृद्धिको अग्रस्थानमा रहेको उक्त देश आज गरिबीको चरम चक्तव्यूहमा फसेको छ ।

देशको आर्थिक अवस्थाको सूचना सार्वजनिक गरेको भन्दै राष्ट्रपति माधुरोले केन्द्रीय बैंकका प्रमुख नेल्सन मारिनेट्सलाई वर्खास्त गरेका छन् ।

उनले भनेका छन् अवस्था खराब हो भन्नेमा म सहमत छु तर यस्तो विवरण सार्वजनिक गर्नुको के सान्दर्भिकता रह्यो । उनले केन्द्रीय बैंकका प्रमुखको बर्खास्तीसँगै गत डिसेम्बरमा बैंकका तर्फबाट प्रेस नोट जारी गर्दे अवस्था खराब नभएको जनाइएको थियो ।

बजारमा १०० बोलिभार पाउन छाडिएको छ । उक्त नोटको मूल्य तीन सेन्टको हाराहारीमा मात्रै हुने गरेको थियो । सरकाले कम परिमाणको नोट विस्तारै हटाएर २० हजार बोलिभार मात्रै प्रचलनमा ल्याएको छ ।

भेनेजुयलाको मुद्रामा आएको उच्च गिरावाटले मानिसहरु दैनिक सामान खरिदका लागि समेत घन्टौ लाम लाग्नुपर्ने अवस्था आएको छ । पाउरोटी पसल तथा बेकरी पसल बाहिर लामा-लामा लाइन देख्न सकिने इकोनोमिस्टले जनाएको छ ।

बजारमा दैनिक खाद्य सामग्री पाइएको छैन । नागकिरलाई सरकारले उचित मात्रामा खाद्यान्न उपलब्ध गराउन सकेको छैन । बोलिभारमा आएको गिरावटका कारण नागरिकलाई परेको समस्या समाधान गर्नए सरकारले कुनै कदम नचालेको भन्दै आक्रोश समेत चुलिएको छ । त्यसको पछाडि अर्थतन्त्रमा रहेको सिमित स्रोत नै प्रमुख कारण हो । उक्त देश तेल निर्यातक हो ।

गत तीन वर्षदेखि तेलको मूल्यमा आएको उच्च गिरावाटका कारण समस्या थपिदै गयो । तेलको मूल्य घटेपछि अर्थतन्त्रको आकारमा समेत गिरावट आउन थाल्यो । अमेरिकाले तेल खरिद बन्द जस्तै गर्यो । तेल उत्पादक राष्ट्रहरुको समूह ओपेकको पाँचौ ठूलो सदस्य राष्ट्रको रुपमा रहेको भेनेजुयलामा निरन्तर शक्ति संघर्ष भैरहेको छ ।

विपक्षी दलले सरकार निरंकुश भएको र जनताको अधिकार हनन गरेको भन्दै आन्दोलन गरिरहेको छ । उनीहरुले निकोलस माधुरोको सरकारले जनतालाई ध्यान नदिएको र भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएको छ । तर विपक्षीको उक्त आरोपलाई स्वीकार गर्ने पक्षमा सरकार छैन ।

तेल निर्यातमा देखिएको समस्याका कारण अर्थतन्त्रमा समस्या आएको भएपनि विस्तारै त्यो समाधानको क्रममा रहेको निकोलस माधुरोले बताएका छन् ।

अर्थतन्त्रका विविध आयामहरुको अहभावमा भेनेजुयला संकटका परेको हो । तेल र सिमित बजार अर्थतन्त्रले धानेको देश तेल उत्पादन र बिक्रीमा समेत उच्च गिरावट आएपछि समस्यामा परेको हो ।

सरकारी स्वामित्वको तेल उत्पादक कम्पनी पिडिभिएसएले तेल निर्यात गर्न सकेको छैन । जुन अर्थतन्त्रको प्रमुख आधारस्तम्भको रुपमा रहेको छ ।

सन् १९९९ देखि २०१३ सम्म करिब १४ वर्ष शासन गरेका ह्यूगो चाभजले उनकै शब्दमा समुन्नत समाजवाद स्थापना गरेका थिए । तर चाभेजको निधन पछि सत्तामा आएका माधुरोलाई भने विपक्षीले क्षमता नभएको व्यक्तिका रुपमा चित्रण गर्ने गरेका छन् ।

सन् २०१५ को डिसेम्बरमा भएको आम निर्वाचनमा विपक्षी दलले संसदमा बहुमत ल्याएपछि भने माधुरोलाई थाल खाँउ कि भाउ खाँउ बनाइदिएका छन् ।

तर माधुरोले आफ्नो शक्ति बढाउँदै लगेका छन् । उनले राज्यका हरेक अंगमा आफ्नो नियन्त्रण जमाएपनि विपक्षीले अर्थतन्त्रमा भइरहेको गिरावटलाई बहाना बनाएर आन्दोलनको शंखनाद गरिरहेका छन् । जुन उनको सत्ताको लागि खतराको अर्को संकेत पनि हो ।

विपक्षी समाजवाद ढलेको र स्वतन्त्रताको विजय सन्निकट रहेको बताउँछन् तर चाभेजका उत्तराधिकारी समेत रहेका माधुरो भने केही स्वाथी माफियाले चाहदैनमा समुन्नत बोलिभारियन समाजवाद ढल्नै नसक्ने दावी गर्छन ।

माधुरोले आर्थिक सुधारका लागि चीन र दक्षिण अमेरिकन राष्ट्रहरुको संगठन अल्वालाई समस्या समाधानका लागि आग्रह गरेका छन् । उनले चीनसँग ठूलो सहयोगको अपेक्षा गरेका छन् । माग त उनको ३०० ट्रिलियनको छ तर चीनले अर्थतन्त्र उकास्न सहयोग गर्ने वचन दिएको छ ।

क्यूबाका राष्ट्रपति राहुल क्यास्ट्रोले पनि अर्थतन्त्रको विविधकरणका लागि सक्दो सहयोग गर्ने वचन दिएका छन् ।

बोलिभिया, अर्जेन्टिनालगायतले भेनेजुयलामा चर्किएको संकट समाधानका लागि प्रयास गर्ने वचन दिएको बेला अमेरिकाले भने माधुरो नेतृत्वको सरकार प्रजातन्त्र मास्न लागिपरेको र जनतालाई भोकै राखेकोमा आपत्ति जनाएको छ । दि इकोनोमिस्टबाट साभार


क्लिकमान्डु