एउटा स्थानीय तहले १०० वाटसम्मको एफएम संचालन गर्नसक्ने



काठमाडौं । स्थानीय तहले १ सय वटासम्मको एफएम रेडियो व्यवस्थापन तथा संचालन गर्न सक्ने भएको छ । सङ्घीय मामिला तथा स्थानी विकास मन्त्रालयले स्थानीय तहलाई १ सय वाटसम्मको एफएम रेडियो व्यवस्थापन तथा संचालन गर्न सक्ने कार्यविधि पारित गरेको हो ।

स्थानीय तहले कानून अनुसार एफएम रेडियो दर्ता र खारेजी गर्न सक्ने व्यवस्था गरिएको सङ्घीय मामिला तथा स्थानी विकास मन्त्रालयका प्रवक्त रुद्रसिंह तामाङले जानकारी दिए ।

‘संविधानको धारा २२६ (१) ले स्थानीय तहलाई एफएम रेडियो व्यवस्थापन तथा संचालन गर्ने अधिकार दिएको छ, एउटा तहमा कति संख्यामा एफएम रेडियो संचालन गर्ने भनेर कार्यविधि बनाइएको हो,’ तामाङले क्लिकमाण्डूसँग भने ।

कार्याविधि लागू हुनुपूर्व प्रचलित कानून बमोजिम इजाजतपत्र लिई संचालन भैरहेका एफएम रेडियोहरुको प्रसारण सम्बन्ध्ी कार्यक्रमको रेखदेश र संचालन कार्य समेत गाउँपालिका/नगरपालिकामा हुने मन्त्रालयले जनाएको छ ।

गाउँपालिका तथा नगरपालिका क्षेत्रभित्र इजाजतपत्र नलिई एफएम सञ्चालन गर्न नपाउने मन्त्रालयले जनाएको छ । यदि कसैले इजाजतपत्र नलिई एफएफ संचालन गरेमा उपदफा (१) दफा २१ बमोजिम जरीवाना गरिने छ ।

दफामा जुनसुकै कुरा लेखिएको भएता पनि यो कार्यविधि आउनु भन्दा अगावै प्रचलित नेपाल कानून बमोजिम दर्ता भै सञ्चालन भैरहेका १०० वाटसम्म क्षमता भएका एफएम रेडियोहरुको हकमा नयाँ इजाजतपत्र लिइरहनु नपर्ने मन्त्रालयले जनाएको छ ।

एफएम. रेडियो सञ्चालन इजाजतपत्र लिन चाहने व्यक्ति वा संगठित संस्थालेसम्वन्धित स्थानीय तहमा समक्ष निवेदन दिनुपर्ने हुन्छ ।


पुष्प दुलाल