भारतलाई पानीको लोभ दिएर पञ्चेश्वर बनाउँ: व्यवसायी ज्ञानेन्द्रलाल प्रधान




काठमाडौं । हरेक प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाल भारत सम्बन्धलाई प्रगाढ बनाउने नाममा नेपालले साना मसिना कुराहरु मागेर आफुलाई कमजोर बनाउने काम गरिरहेका छौ ।

पोर्टमा भएका समस्या, ट्याक्सको सहजीकरण, स्कुल बस र एम्बुलेन्समा सहयोग जस्ता बिषय लिएर हाम्रा प्रधानमन्त्रीले भारत भ्रमण जाने गरेका छन् । यसरी मागेर देशको कायापलट हुन्छ भन्नेकुरा बिर्षनु पर्दछ ।

अन्य कुनै किसमको रेलको सम्भावना नेपालमा म देख्दिन, रेल बन्ला, गुड्ला तर त्यसको सञ्चालन कष्ट कहाँ बाट आउँछ ? हामीकहाँ यात्रागर्न पुग्ने यात्रु कहाँ छन् ?

अब भारतले हामी बाट चाहेको के हो ? पहिला त्यो कुरा पत्तालगाउनु पर्यो । उसको सुरक्षामा चासो होला, त्यो आर्थिक बिषय भएन । अर्को उसको चासो बाढी (भेल) हो । बाढीले ३ महिना उनिहरुलाई धेरै सताउँछ । त्यसको बिषयमा हाम्रो सरकारले उनिहरुको दुखमा सदासयता देखाउनु पर्दछ । जसले दुई देशलाई भावनात्मकरुपमा जोड्छ ।

दुई कुरामा जोड दिऊ

१. यसपटक प्रधानमन्त्रीको भ्रमणमा पञ्चेश्वर आयोजनाको किनारा लगाउन सक्नु पर्छ । त्यसको उपाय पनि छ । पञ्चेश्वर आधा/आधा लगानीमा बनाउने भनिएको छ । त्यसबाट आएको पानी आधा/आधा प्रयोग गर्ने भनिएको छ । त्यत्रो पानी हामीकहाँ प्रयोग गर्न सक्ने अबस्था छैन । नेपालको जम्मा १ लाख हेक्टर जमिन मात्रै सिंचाई हुन सक्छ ।

तर, त्यही पानीले भारतको २० लाख हेक्टर जमिन सिंचाई हुन्छ । त्यहाँका १० लाख परिवारका ५० लाख जनता गरिबीको रेखाबाट माथि उठ्न सक्छन् । त्यो कुरा भारत सरकारलाई बुझाउन सक्नुपर्छ । बुझाउन सक्ने हो भने त्यही लोभमा भारतले पञ्चेश्वरमा लगानी गर्छ ।

लगानी सबै उनिहरुलाई गर्न लगाएर हामी १ लाख हेक्टरमा सिंचाइकोलागि पानी प्रयोग गर्ने र बाँकी पानी उनिहरुलाई दिने कुरामा उनिहरुलाई विस्वास दिलाउन सक्नुपर्छ । अबको यति समयमा निर्माण सम्पन्न हुने किटान गर्ने र नेपालले आधा बिजुली लिने प्रस्ताब गर्नुपर्छ ।

२. भारत र तेस्रो मुलुक भएर नेपाल आउने सामान बन्दरगाबाट गाडीमा लोड भएर नेपाल ल्याउने गरिएको छ । जसले हाम्रो ‘ट्रान्स्र्पोटेशन कस्ट’ निकै बढाएको छ । अहिले दैनिक २ हजार मालबाहक गाडी भारतबाट नेपाल प्रबेश गर्छन् । यस्तोमा हामी पोखरा काठमाडौं रेलमार्गको कुरा जोडतोडले गरिरहेका छौं ।

हाम्रो अबस्यकता भनेको ति सामान ल्याउने रेलमार्ग निर्माण गर्ने पहिलो प्राथमिकता हुनुपर्छ । त्यसकोलागी यस पटकको प्रधानमन्त्रीको भ्रमणमा यो प्रस्ताव लानुपर्छ । त्यसले हाम्रो यातायात खर्च बचाउँछ भने वातारण मैत्रीसमेत हुन्छ ।

अन्य कुनै किसमको रेलको सम्भावना नेपालमा म देख्दिन, रेल बन्ला, गुड्ला तर त्यसको सञ्चालन कष्ट कहाँ बाट आउँछ ? हामीकहाँ यात्रागर्न पुग्ने यात्रु कहाँ छन् ? नेपाललाई इन्धन बेच्ने भारतियको चासो छैन ।

तेल उनिहरुको आफ्नै उत्पादन होइन अन्यत्रबाट ल्याएर हामीलाई दिएको हो । त्यसको भार कमहुने कुरा हामीले उनिहरुलाई बुझाउन सक्नुपर्छ । अबको ५ बर्ष भित्र काठमाडौं रेल ल्याउने वाताबरण निर्माण गर्नुपर्छ ।


क्लिकमान्डु