जिएसटीले न्युन बिजीकरण हटाउने, भन्सार राजस्व ३० प्रतिशत बढ्ने



काठमाडौं । भारत सरकारले कार्यान्वयनमा ल्याएको बस्तु तथा सेवा कर(जिएसटी) प्रणालीले नेपालको भन्सार राजस्व ३० प्रतिशत बढ्ने भएको छ । भारतबाट नेपालमा आउने सामानमा जिएसटी नलाग्ने भएपनि न्यूनविजिकरण गरेर समान ल्याउने प्रथाको भने अन्त्य हुने भएको हो ।

जसका कारण नेपालको राजस्वमा ३० प्रतिशतले बृद्धि हुने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा बताउँछन् ।

‘विगतमा नक्कली बिल बनाएर विशेषगरी सावारी साधाको स्पेयर्स पार्ट्स, हार्डवेयर समान तथा गैलाचाहरु बढीमात्रमा आइरहेका थिए’ क्लिकमाण्डुसँग कुरागर्दै गोल्छाले भने ‘जिएसटीबिल बिना अव नेपालको भन्सारबाट समान नछुट्ने र, उता जिएसटीमा नक्कली बिल बनाउन नसक्ने भएकोले नेपाललाई फाइदा हुने छ, ।’

नेपालले भारतबाट भारतीय रुपैयाँ तिरेर सामान आयात गर्ने हुँदा केही अन्यौलता कायम थियो । जसको कारण नेपाल आउने कन्टेनर भारतमा रोकिएका थिए ।

जिएसटीको विषयमा अन्यौलता हटाउन वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैजुको नेतृत्वमा उपाध्यक्ष गोल्छा सहितको एउटा टोली भारत गएको थियो । नेपालमा अहिले पनि अयातहुने ३० प्रतिशत भन्दा बढी समानमा न्यून विजिकरणको समस्या रहेको छ ।

नेपालमा कुनै प्रभाव पर्दैन
नेपालले भारतबाट भारतीय रुपैयाँ तिरेर सामान आयात गर्ने हुँदा केही अन्यौलता कायम थियो । जसको कारण नेपाल आउने कन्टेनर भारतमा रोकिएका थिए । तर, डलरमा भएको खरिदमा कुनै समस्या थिएन । अबको १५ दिन भित्र बाँकी रहेका सबै समस्या समाधान हुने आश्वाशन पाएको गोल्छा बताउँछन् ।

सर्भिसमा लागेको शुल्क कटौति हुँदा नेपालका व्यवसायीलाई १ प्रतिशतसम्म फाइदा हुने भएको छ । भारतबाट नेपाल आउने सामान डलरमा खरिद नभएपनि जिएसटी नलाग्ने विषयमा सहमति भएको गोल्छा बताउँछन् ।

नेपालबाट भारत जाने सामानमा भने जुन बस्तुमा भारतमा जिएसटी लाग्छ त्यसमा लाग्ने र नलाग्ने वस्तुमा जिएसटी नलाग्ने निर्णय भएको छ ।

भारतबाट नेपालमा विभिन्न खालका सेवाहरु प्रयोग भएका छन् । भारतले डलरमा भुक्तानी हुने सेवामा मात्र जिएसटी नलाग्ने भनेकोमा नेपालको हकमा भारुमा भएको कारोबारमा पनि जिएसटी नलाग्ने आश्वासन दिएको छ ।

भारतमा ढाँट राखेर रकम असुल्ने प्रथाको अन्त्य
भारतबाट नेपाल समान ल्याउने क्रममा भारतका दर्जनौ स्थामा ढाँट राखेर रकम असुल गर्ने परम्पारको अन्त्य जिएसटीले गरेको छ ।

‘भारतको कन्याकुमारी देखि नेपालको भन्सारसम्म आइपुग्दा दर्जनौ ढाँटमा नेपाली व्यावसयी पैसा तिर्न बाध्य थिए, अव त्यो अन्त्य भएको छ,’ गोल्छाले भने । यसले लागत मूल्य घटाउने भएकोले नेपाललाई घाटा भन्दा बढी फाइदा भएको गोल्छा बताउँछन् ।


क्लिकमान्डु