यी हुन् जनताको धन भूस बनाइ दिने नेपाली कम्पनीहरु




काठमाडौं । आज शनिबारको दिन । तपाइ पक्कै पनि छुट्टी मनाउदै साताभरको थकान र तनाब मेटाउदै हुनुहुन्छ । हामी तपाइको ‘मूड’ खराब गर्न चाहदैनौं । त्यसैले क्लिकमाण्डूले शनिबासरीय ‘कन्टेन’ सकेसम्म पाठकको ‘मूड’ अझ ‘फ्रेस’ गर्ने खालका दिने प्रयत्न गर्दै आएको छ ।

तर, पनि सत्य सत्य नै हुन्छ । भएको कुरा स्वीकार गर्नुै पर्छ । यहाँ प्रस्तुत हुने बिषय थकान र तनाब बढाउने हिसाबलेभन्दा पनि ‘मूड फ्रेस’ गर्दै जानकारी लिने उद्देश्यले पढ्नु भयो भने तपाइ हामी सबैलाई फाइदा नै होला ।

नेसनल प्रो एण्ड इको डेभलपमेन्ट सेन्टर भन्ने कम्पनीको नाम सुन्नुभएको छ ? यो कम्पनीको नामै नसुनेकाहरुलाई यो समाचार पढ्दा नयाँ जानकारी पाएको अनुभूति होला । तर, नाम सुनेको मात्रै होइन, यसको सेयरमा लगानी पनि गरेको ब्यक्ति पर्नुभयो भने रिसाउनु हुन्छ होला ।

यो बिषय शनीबार नै दिनुको हाम्रो खास उद्देश्य पनि छ । कारण वा त्यो उद्देश्य के हो भने अरु दिन हामी दौडादौडमा हुन्छौं । भिडभाडमा हुन्छौं । हतारमा हुन्छौं । नयाँ बिषयलाई ‘कूल’ भएर सोच्ने फुर्सद हामीलाई नहुन सक्छ । यसैले शनीबार यस्ता बिषय आए भने कहिले काँही ठण्डा दिमागले सोचेर अब के गर्ने भन्ने निक्र्योलमा पुग्न सजिलो हुन्छ होला ।

यति भूमिका बाधिसकेपछि मूल बिषयमा प्रबेश गरौं ।

कुनै कम्पनीको साधारण सेयर (आइपिओ) आयो भने हामी लाममा बस्न हतारिहालेका हुन्छौं । कस्तो कम्पनी हो भन्ने भन्दा पनि आएको आइपिओमा कसरी पैसा बुझाउने होला भन्ने हतारो हामीलाई बढ्ता हुन्छ । आइपिओ भर्न लाइनमा बसेका सर्बसाधारणको मनस्थिति हेर्दा यो कम्पनीलाई मसँग भएको सबै पैसा कतिबेला बुझाइ सकौं भनेर मानिसहरु हतारिरहेका छन् जस्तो लाग्छ ।

कुनै जमानामा नेपाल ब्यापार बिकास कम्पनी (कोशी) लिमिटेड नामक कम्पनी पनि नेप्सेमा सुचिकृत थियो । नेपालको बार्षिक बजेटकै हाराहारीमा आयात हुन्छ यो देशमा । तै पनि ब्यापार बिकास कम्पनीको बिकास भएन ।

सेयरमा लगानी गरेर धनी बन्ने सपना धेरैको मनमा हुन्छ । सेयरमा गरेको लगानी कम्तिमा पनि दोब्बर हुन्छ भन्ने बुझाइ धेरैमा छ । तर, विगतमा आइपिओ जारी गरेका केही कम्पनीले सर्बसाधारणको अर्बाैं रुपैयाँ कागजको खोस्टो बनाइ दिएका छन् । कुन कुन कम्पनीले सर्बसाधारणको अर्बाै रुपैयाँ कागजको खोस्टो बनाइ दिएछन् भन्ने जानकारी लिन तपाइलाई मन लागेको छ भने अझै पढ्दै जानुस् ।

निजी क्षेत्रबाट संचालिन मोरङ चिनी मिलले सर्बसाधारणलाई सेयर जारी गरेको थियो । यो कम्पनीको ३५ हजार ८२७ कित्ता सेयर नेप्सेमा सुचिकृत पनि भयो । तर विगत लामो समयदेखि यो कम्पनीको सेयर कारोबार हुदैन । र, सेयर कारोबार नहुनदा ३५ लाख ८२ बजार ७ सय रुपैयाँ कागजको खोस्टो बनेको छ ।

बिराटनगर जुट मिलको नाम तपाइले सुन्नु भएको होला । प्रजातन्त्र स्थापनाको लागि भएको आन्दोलनको इतिहासमा यसको नाम आउँछ । नेपालमा प्रजातन्त्र जसरी आफ्नो आधारभूत मान्यताबाट बिचलित भयो, त्यसैगरी यो कम्पनी पनि कोमामा गयो ।

अर्काे कम्पनी बुटबल स्पिनिङ मिलले पनि सर्बसाधारणको पैसालाई कागजको खोस्टो बनाइ दिएको छ । सो कम्पनीको १३ लाख ६ हजार ६९३ कित्ता सेयर नेप्सेमा सुचिकृत थियो । अहिले यो कम्पनीको सेयर कारोबार हुदैन । र, १३ करोड ६ लाख ६९ हजार ३ सय रुपैयाँ कागजको खोस्टो भएको छ ।

कुनै जमानामा हिमगिरी टेक्सटाइल इन्डिष्ट्रिज पनि नेप्सेमा सुचिकृत थियो । यो कम्पनीका ४ लाख ८० हजार कित्ता सेयर नेप्सेमा सुचिकृत भएका थिए । यो कम्पनीको सेयर कारोबार हुन छोडेको निकै लामो समय भइसक्यो । र, सर्बसाधारणको ४ करोड ८० लाख कागजको खोस्टो बन्यो ।

नेसनल प्रो एण्ड इको डेभलपमेन्ट सेन्टर भन्ने कम्पनीको नाम सुन्नुभएको छ ? यो कम्पनीको नामै नसुनेकाहरुलाई यो समाचार पढ्दा नयाँ जानकारी पाएको अनुभूति होला । तर, नाम सुनेको मात्रै होइन, यसको सेयरमा लगानी पनि गरेको ब्यक्ति पर्नुभयो भने रिसाउनु हुन्छ होला । यो कम्पनीको ७७ हजार ३ सय ५५ कित्ता सेयर नेप्सेमा सुचिकृत थियो । तर, कारोबार हुदैन । यसैकारण यो कम्पनीको सेयरमा लगानी गरिएको ७७ लाख ३५ हजार ५ सय रुपैयाँ अहिले कागजको खोस्टो भइसकेको छ ।

कुनै जमानामा नेपाल ब्यापार बिकास कम्पनी (कोशी) लिमिटेड नामक कम्पनी पनि नेप्सेमा सुचिकृत थियो । नेपालको बार्षिक बजेटकै हाराहारीमा आयात हुन्छ यो देशमा । तै पनि ब्यापार बिकास कम्पनीको बिकास भएन । कम्पनीको ५६ हजार १८ कित्ता सेयर नेप्सेमा सुचिकृत छ । तर, अहिले सेयर कारोबार हुँदैन । कारोबार नहुदा जनताको ५६ लाख १ हजार ८ सय रुपैयाँ भुस भएको छ ।

बिराटनगर जुट मिलको नाम तपाइले सुन्नु भएको होला । प्रजातन्त्र स्थापनाको लागि भएको आन्दोलनको इतिहासमा यसको नाम आउँछ । नेपालमा प्रजातन्त्र जसरी आफ्नो आधारभूत मान्यताबाट बिचलित भयो, त्यसैगरी यो कम्पनी पनि कोमामा गयो । यो कम्पनीको ६८ हजार ७५० कित्ता सेयर नेप्सेमा सुचिकृत थियो । तर, अहिले सेयर कारोबार हुदैन । र, जनताको ६८ लाख ७५ हजार रुपैयाँ यो कम्पनीले डुबाइ दिएको छ ।


क्लिकमान्डु