एसियाली ‘ग्रोथ पोल’ अब विश्व अर्थतन्त्रको नेतृत्वमा



‘ब्रम्हपुत्र डेल्टा’को दुवैतर्फ एसियाको विकासको नयाँ अध्याय लेखिँदैछ । दक्षिण एसिया उदाउँदैछ । जनगणतन्त्र चीन अर्को ठूलो छलाङ मार्न प्रयासरत छ । मेकुङ खोला (चीन, म्यानमार, लाओस, थाइल्याण्ड,कम्बोडिया र भियतनाम हुँदै बग्ने खोला) बग्ने देशहरु पनि बर्षौंदेखिको स्थिरतापछि अदभूत आर्थिक बृद्धिको चरणमा प्रवेश गर्दैछन् ।

यो बृद्धिलाई नयाँ उचाईमा पुर्याउन (एसियाको लागि मात्र नभएर पुरै बिश्वकै लागि) अब एउटा कुराको मात्र खाँचो छ, युक्तरुपमा ७.३ प्रतिशतको आर्थिक बुद्धि गर्ने प्रक्षेपण गरिएका भारत र अन्य दक्षिण एसियाली राज्यहरुले आफ्नो गतिशिल अर्थतन्त्रलाई अन्य एसियाली राष्ट्रहरुसँग जोड्न सक्नुपर्छ । यसो गर्नसके उनीहरुले समग्र क्षेत्रकै सामाजिक र आर्थिक बिकासमा ठूलो योगदान पुर्याउन सक्छन्, चीन र जापानले आधुनिक समयमा एसियाको नेतृत्व गरेजस्तै ।

यो आकारको ‘आर्थिक इन्जिन’ले पुरै क्षेत्रको चरम गरीबीको दीर्घकालीन अन्त्य गर्नसक्छ । यसका लागि दक्षिण एसिया, दक्षिणपुर्वी एसिया र एसियाको अन्य भुभागबीचका ब्यापारिक र लगानीसँग सम्बन्धित झमेलाहरुको निराकरण अनिवार्य छ । यदि दक्षिण एसिया र दक्षिणपुर्वी एसियाले गैरभन्सार अवरोधलाई ५० प्रतिशत र ब्यापारिक खर्च १५ प्रतिशतले घटाउन सकेमा दक्षिण एसियाले कुल जिडिपिको ८.९ प्रतिशत र दक्षिणपुर्वी एसियाले ६.४ प्रतिशत आम्दानी गर्न सक्नेछन् ।

यस बृद्धिको ‘च्यानल’ भारतीय पुर्वी तट हुँदै बंगलादेश, म्यानमार र अन्य दक्षिणपूर्वी एसियाली देशतर्फ दौडनेछ । म्यानमार र बंगलादेश दक्षिण एसिया र दक्षिणपूर्वी एसियाको आर्थिक बृद्धिको ‘बाढी’को ढोका खोल्ने आर्दश भौगोलीक क्षेत्रमा अवस्थित छन् ।

यी दुई देशहरु एसियाको ‘ग्रोथ पोल’ जोड्ने तन्तुहरु हुन् । अहिलेको ब्यवसायीक ढाँचा हेर्ने हो भने, दक्षिण एसियाली क्षेत्रका देशहरु एकआपसमा ५ प्रतिशतको मात्र ब्यापार गर्छन्, र पुवी एसियासँग ३५ प्रतिशत र दक्षिणपूर्वी देशहरुसँग २६ प्रतिशताको ब्यापार गर्छन् । तर, एसियाको बृद्धिको अर्को झिल्को यहि उप-क्षेत्रको कमीकमजोरीका बावजुद भएको शक्ति संचयमार्फत आउने देखिन्छ ।

यो भैरहेको छ, तर गति भने तीब्र छैन । दक्षिण एसिया र दक्षिणपूर्वी एसियाको ब्यापार सन् १९९० को ४ अर्ब डलरबाट सन् २०१३ मा भर्खर ९० अर्ब डलर पुगेको छ । यो कुल क्षमताको तुलनामा एकदमै थोरै उपलब्धि हो । ब्रम्हपुत्रको दुवैतर्फका ठूला अर्थतन्त्रले ब्यापारको बृद्धि र यातायात सहज बनाउन आपसी बिश्वास, समझदारी र राजनीतिक प्रतिबद्धता बढाउन मेहेनत गर्नुपर्ने देखिन्छ ।

दक्षिण एसियाले उसका पूर्वी छिमेकिहरुबाट धेरै सिक्न सक्छ । नयाँ ब्यापारीक समझदारी, राजमार्ग र सीमा ब्यापारका कारण उनीहरुले बिश्वब्यापी आर्थिक मन्दीको असरबाट आफुलाई छिट्टै बाहिर निकाले ।

उनीहरुले क्षेत्रीय र बिश्वब्यापी उत्पादन संजालमा आफुलाई जोडे । तर, निर्यात गर्ने बस्तुको उत्पादनका माध्यमबाट मात्र नभएर अन्य देशमा उत्वादन हुने बस्तुमा ‘भ्यालु एड’ गर्ने उत्पादनका कारण पनि उनीहरुले यो संभव तुल्याएका हुन् । उनीहरुले फोन र इन्टरनेट कनेक्सनलाई पनि चुस्त बनाएका कारण अन्तराष्ट्रिय संजालमा जोडिन थप मद्दत पुग्यो ।

‘एसिएन’ले लगानी उदारीकरण र उत्पादनको लागत घटाएर बनाएको जस्तो आर्थिक एकिकरणको संस्थागत आधारको दक्षिण एसियामा अभाव छ ।

बिश्वब्यापी आर्थिक बृद्धिमा महत्वपूर्ण भूमिका खेल्न दक्षिण एसियाली अर्थतन्त्रहरु एक आपसमा, दक्षिणपूर्वी एसियासँग र अन्य एसियाली क्षेत्रसँग जोडिनु आवश्यक छ । भारत, म्यानमार र थाइल्यान्ड जोड्ने ‘ट्राइल्याटरल हाइवे’ ले भौतीक रुपमा जोड्नेछ ।

तर, यस्तो जोडाइलाई कुशल ढंगले उपायोग गर्न दक्षिण एसियाले दक्षिणपूर्वी एसिया र पूर्वी एसिया मजबुत ‘भ्यालु चेन’ को बिकास गर्न जरुरी छ ।

बजार र संस्थागत सम्बन्धहरुको पनि उत्तिकै महत्व छ । केहि सुधारहरु नभएका होइनन् । तर, अझै धेरै गर्नु छ । ‘एसिएन’ र भारतले बस्तु र सेवाको ब्यापार अझ गहिरो पार्न र लगानी सम्बन्धहरु अझै कस्न स्वतन्त्र ब्यापार सम्झौता गरेका छन् । भारतले म्यानमारसँगको समुद्री मार्गबाट गरिने ब्यापारको बृद्धिको लागि उत्तरी म्यानमारको ‘सित्तवी’ लाई बन्दरगाहको रुपमा बिकास गर्दै छ ।

एसियाका तीब्र गतिमा आर्थिक बिकास गरिरहेका देशहरु जोड्नका लागि ‘आर्थिक कोरिडरहरु’ को पनि कहत्वपूर्ण भूमिका छ । बंगलादेश-चीन-भारत-म्यानमार आर्थिक कोरिडरले आर्थिक एकिकरणको लागि प्रेरणा दिन सक्छ ।
तर, यी सबै हुनका लागि दक्षिण एसियाली सिमामा रहेका ब्यवधानल चिर्न जरुरी छ । साथै, सूचना प्रबिधिको पनि बिकास पनि जरुरी छ । यसले ब्यवसाय बृद्धि गर्न, सृजना गर्न र रोजगारी सिर्जना गर्न मद्दत गर्छ ।

एसियाका ‘ग्रोथ पोल’हरुले अबका बर्षमा बिश्व अर्थतन्त्रको नेतृत्व गर्नेछन् । एकसाथ उभिएर उनीहरुले समृद्धिको लागि अर्को पाइला चाल्न सक्नेछन् ।

एसियाली विकास बैंकको वेभसाइटमा प्रकाशित बिचारलाई क्लिकमाण्डूले गरेको अनुबाद