लघुवित्तका नाममा राष्ट्र बैंकले गाउँमा सामन्ती छिरायो भन्न थालिसके: गभर्नर



नेपाल राष्ट्र बैंक ०७४ चैतसम्म सम्पूर्ण फिङको लगायतका वित्तीय कारोबार गर्दै आएका एनजीओहरुलाई लघुवित्तमा रुपान्तरण गर्ने प्रक्रियामा छ । ०७५ मंसिरसम्ममा सेयर पनि कम्पनी रजिस्ट्ररबाट अपलोड गरिसक्नु पर्ने छ । राष्ट्र बैंकको नियामक निकायमा आउनका लागि चैतसम्ममा लघुवित्तलाई समय छ । पारर्दर्शी तरिकाले लघुवित्तमा काम गर्न राष्ट्र बैंक तयार छ । माइक्रोफाइनान्स भन्ने वित्तिकै सानो पुँजीबाट व्यापार व्यवसाय गर्नका लागि महत्वपूर्ण हो ।

लघुवित्तमा काम गर्नेले सानो पुँजीलाई लिएर अघि बढ्नु पर्छ । लघुवित्तमा काम गर्नेले बैंकर एसोसिएसनले गरेको काम हेर्न मिल्दैन र आफ्नो सिद्दान्त र हैसियत हेरेर काम गर्नु पर्ने हुन्छ । लघुवित्तको उद्देश्य के हो ? सामाजिक मान्यतालाई आर्थिक रुपान्तर गर्दै लग्ने हो । त्यो गर्न सिकाउने, त्यो गर्न सहयोग पुर्याउने हो । त्यसैले यसको उद्देश्य कर्मशियल बैंकको जस्तो पटक्कै हुन सक्दैन ।

राष्ट्र बैंकले नयाँ सामन्ती शोषक गाउँमा छिरायो भन्ने कुरा मैले सुनिराखेको छु । पत्रपत्रिकामा लघुवित्तका कारण घरवार विहिन, झुन्डिएर मेरका घटना आउने गरेका छन् ।

त्यसैकारणले नेपाल राष्ट्र बैंकले बेला बेलामा सर्तक गराउने कारण पनि त्यही हो । लघुवित्त उद्देश्यदेखि विमूख भयो कि भनेर विमूख नहुन् भनेर हो । अत्यन्तै राम्रो उद्देश्यले यसको सुरुवात भएको हो । हाम्रो सोचमा जुन विकृित्त देखिएको छ । त्यो अलिकती बढी नै देखिन थालेको छ । त्यसकारण राष्ट्र बैंकले अलिकति केहि कदम चाल्नु पर्ने हो भन्ने मैले महसुस गरेको छु । हामीले सल्लाह पनि गरिराखेका छौं । विकृत्ति, यसमा बसेर करोडपति अरबपति हुने हैन । माइक्रोफाइन्नास चलाएर करोडपति हुने लक्ष्य छ, भने अरु नै व्यवपार व्यवसाय गरे हुन्छ । यस्तो हुनु भनेको प्रत्यक्ष रुपमा गरिबलाई सीधै शोषण गर्नु हो । मैले बाहिर बेलाबेलामा सुन्ने कुरा हो ।

जाँहा पैसाको कारोबार हुन्छ बैंक त्यहाँ जान्छ । राष्ट्र बैंकले नयाँ सामन्ती शोषक गाउँमा छिरायो भन्ने कुरा मैले सुनिराखेको छु । पत्रपत्रिकामा लघुवित्तका कारण घरवार विहिन, झुन्डिएर मेरका घटना आउने गरेका छन् । यी चिजहरु किन हुन्छन् भन्ने जब कि हाम्रो कुरा स्पष्ट छन्, सामाजिक दायित्व र आर्थिक रुपान्तर हुँदा पनि हामी उत्साहित भएर अरबपति, खर्बपति र करोडपति हुने बाटोमा लम्किदा यस्ता चिजहरु पिल्सिन्छन् । ति व्यक्तिहरु गरिबहरु जस्लाई एउटा इच्छा छ, आफ्नो जीवन अलिकती सुखमय समुद्धिमय होस भन्ने चाहाना राखेको कुरा हामीले बिर्सिदा त्यस्ता कुरा राष्ट्र बैंकले सुन्नु परेको छ ।

त्यसैले यस्ता कुरामा राष्ट्र बैंक बढी नै संवेदनशिल छ । भोलिका दिनमा लघुवित्तका विरुद्ध अर्को कदम चाल्नु पर्ने मैले महसुस गरेको छु । ग्रामिण अर्थतन्त्रलाई व्यवसायिक करण गर्न पैसा भएका मान्छेले मात्र व्यपार व्यवसाय गर्ने हैन, पैसा नभएकाले पनि व्यपार व्यवसाय गरुन भन्ने हो । पैसा नभएको मानिसँग पनि क्षमता हुन सक्दैन भन्ने हैन । उनीहरुको सहयोगको रुपमा लघुवित्तले आर्थिक उन्नति गरुन भनेर सहयोग गर्ने भन्ने उद्देश्य हो । यसो गरेमा संस्थासँगै ग्रामिण भेगका जनता दुवैलाई फाइदा हुन्छ । यस्ता संस्थाहरु खुलेमा समाजलाई पनि फाइदा हुन्छ भन्ने सन्देश दिन जरुरत छ । जस्ले गर्दा गरिब र विपन्न वर्गहरु सामाजिक र आर्थिक उत्थान तिर अगाडी बडुदै जाहोस भन्ने हो । यहि माइक्रो फाइनान्सले गरेका कति राम्रो उद्दारणहरु पनि छन् । पुँजी नभएर केहि गर्न नसकेका मानिसहरु माइक्रो फाइनान्सबाट भएको सानो पुँजीलाई उपयोग गरेर करोडपति भएका पनि छन् ।

नेपालमा कयौं उद्दारण छन् नभएका पनि हैनन् । यहि गरेका कारण माइक्रो फाइनान्सलाई राष्ट्र बैंकले सुविधा पनि दिएको छ, निगरानी गरेको छ, नयाँ नियम ल्याएर संरक्षण पनि गरेको छ । त्यसै कारणले गर्दाखेरि फिकोलाई लिने निर्णय किन गर्यो कारण नै त्यही हो । राम्रो पनि भइरहेको छ भन्ने सन्देश पनि हो र नराम्रो कुरालाई स्वयम नियमन गर्नु पर्यो र राष्ट्र बैैकले पनि सहयोग गर्छ । जसले गर्दा अहिले मुलुकको अर्थतन्त्रमा सबैभन्दा ठूलो चुनौती भनेको वित्तिय साक्षरता वा वित्तिय पहुँच नपुग्नु हो ।

वित्तीय पहुँच नपुग्दा वा वित्तीय क्षेत्रको ज्ञानको अभावले गर्दा गरिब झनै गरिब भएका छन् । अनुसन्धानबाट देखिसकेको छ । औपचारिक क्षेत्र पनि जोड्ने हो भने ६० प्रतिशत जनता अझैपनि वित्तिय पहुँचमा आउन सकेका छैनन् । ठूलो पुँजी वित्तीय क्षेत्रको पहुँचमा आउन सकेका छैनन् ।

तिनीहरुलाई वित्तीय क्षेत्रमा ल्याउने औजार हो माइक्रो फाइनान्स । त्यसै कारणले राष्ट्र बैंकले अरु क्षेत्रमा माइक्रो फाइनान्सको लाइसेन्स दिन रोकेपनि ९ वटा दुर्गम क्षेत्रमा लाइसन्स वितरण रोकिएको छैन । जसले गर्दा ति क्षेत्रमा वित्तीय पहुँच पुगोस र वित्तीय पहुँच त्यहाँका जनताले गर्न सकुन भनेर रोकिएको छैन । राष्ट्र बैंकले मौद्रिक नीतिमा १ प्रतिशत विशेष कर्जाको सुविधा अत्यन्त गरिब, दलित, जनजातिलगायतका लागि ती क्षेत्रमा व्यवस्था गरेका छौं । त्यो पैसा लिन कोहि पनि गएका छैन त्यहाँ पहुँच नै पुगेको छैन । यत्रो धेरै लघु बैंक संस्थाहरु हुँदा पनि किन हामी गाउँमा पुग्न सकेका छैनौ भन्ने प्रश्न पनि राष्ट्र बैंकबाट गर्नै पर्ने हुन्छ ।

गत वर्ष सक्षमको कार्यक्रममा म सुदुरपश्चिमका केहि जिल्लामा पुगेको थिएँ । अहिले पनि सुदुरपश्चिामका धेरै जिल्लामा वित्तीय पहुँच वा माइक्रोफाइनान्स पुग्न सकेको छैन । हामी सहरमा केन्द्रित छौं, नाफामुखी भयौं, हामी अत्यन्त बढी शोषण तिर लाग्यौं, यो सन्देश हामीले किन दिइरहेका छौं ? यसमा लाग्ने व्यक्तिहरुले संवेदनशिल भएर लाग्नुपर्छ । हामी सेयरको कारोबारलाई बढी नै उत्साहित भएर हेरिरहेका छौं यो राम्रो हैन । हामीले एउटा उद्देश्यले खोलेको संस्था कर्मशियल बैंकको उद्देश्यप्रति बढी आर्कषित भएर हिँडिरहेका छौं । यो हुने वित्तिकै विकृत्ति आउँछ ।

विकृत्ति आइसकेपछि संस्थालाई नराम्रो असर पर्छ र नियामक निकायलाई बाध्य हुनुपर्छ कि त कतिलाई बन्द गर्नुपर्छ वा कतिलाई राम्रो गर्नुपर्ला यसमा राष्ट्र बैंक अत्यतै संवेदनशील भएर अगाडी बढी रहेको सन्देश हो ।

यो वर्ष हामीले नाफाको १ प्रतिशत ग्राहकको हितको लागि कोष खडा गर्ने नीति ल्याएका छौ । हामीले लघुवित्तलाई पहुँच नपुगेका क्षेत्रमा जानको लागि शुन्य ब्याजदरमा ऋण दिने सुविधा पनि दिएका छांै । जसले बैंक देखेको छैन त्यो सम्म हामीले पहुँच पुर्याउन खोजेको हो । अहिले ४० प्रतिशतमा मात्र बैकिङ पहुँच पुगेको छ । बाँकी ६० प्रतिशतसम्म पैसा छ । त्यहाँसम्म जानुपर्छ । लघुवित्तले राम्रो गरेको छ ।

तर, यसमा बिकृति पनि छ । यसलाई हटाउनुपर्छ । हामी साच्चिकै लघुवित्तको रुपमा चलाउनुपर्छ । त्यो पैसा वित्तीय प्रणालीमा ल्याउने उपाय खोज्नु पर्यो । त्यसले गर्दा लघुवित्तिको योगदान एकदमै महत्वपूर्ण हुन्छ । त्यसैले तपाईहरु दुर्गम क्षेत्रमा गएर राम्रो राम्रो काम गर्नु राष्ट्र बैंक इन्सेन्टिभ र सहुलियत दिन सधैं तयार हुन्छ ।

चौथो लघुवित्त सम्मेलनको उदघाटन गर्दै डा. नेपालले राखेको मन्तब्य