मौद्रिक नीति आज, ४ बजे र्याडिशन होटलबाट सार्वजनिक हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति बुधबार ४ बजे सार्वजनिक गर्ने भएको छ ।
मौद्रिक नीतिलाई अन्तिम रुप दिनको लागि अहिले संचालक समितिको बैठक बसिरहेको छ । खासगरी बिग मर्जरमा जाने संस्थाहरुलाई के कति सहुलियत दिने भन्नेे विषयमा सहमति भएको छैन । अन्य विषयहरु भने टुंगो लागिसकेको छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले ४ बजेट र्याडिसन होटलबाट मौद्रिक नीति सार्वजनिक हुने जानकरी दिए ।