महङगो भयो भान्छा, विचौलियाले बढाए ३५% बढी तरकारीको मूल्य



काठमाडौं । तराईको हावा हुरी तथा पछिल्लो दिनमा मौसममा आएको बदलीको कारण कृषि उपजमा क्षति पुगेको भन्दै तरकारी बजारमा बिचौलियाले दैनिक उपभोग्य वस्तुको रुपमा रहेको तरकारीको बजार भाउ अत्याधिक मात्रामा बढाएका छन् ।

जानकारहरुका अनुसार पछिल्लो १० दिनमा विचौलियाले तरकारीको मूल्य मात्रै ३५ प्रतिशत बढी वृद्धि गरेका छन् । जसका कारण उपभोक्ता नराम्ररी मारमा परेका छन् । तर नियमन गर्ने सरकारी निकाय विचौलियाले बढाएको तरकारीको मूल्य थाहा नपाएको जस्तै बसीरहेको छ ।

राजधानीको प्रमुख तरकारी बजारको रुपमा रहेको कालीमाटी तथा फलफूल बजारमा नै अत्याधिक मात्रामा तरकारीको मूल्य बढाइएको छ ।

नेपालको तरकारी बजारमा नै अत्याधिक मूल्य बढेको भन्दै विचौलिया हावी भएका छन् । उनीहरुले नेपालको तरकारी जति सबै मौसमी प्रकोपका कारण क्षति भएको कारण देखाएरु अत्याधिक मात्रामा भारतीइ तरकारी भित्र्याइएको छ । जसका कारण उपभोक्ताको भान्छा अत्याधिक मात्रामा महंगो बनेको छ ।

विचौलियाको चलखेल रोक्न तर्फ सरकार लाग्नु पर्नेमा हालसम्म त्यस्तो कुने पनि प्रयास नभएको पाइएको छ । जानकारहरुका अनुसार नेपाली किसानको तरकारी भन्दा भारतीय बजारबाट भित्र्याइएको तरकारीमा बढी नाफा हुने भन्दै विचौलियाले चलखेल गरेको पाइएको छ ।

उनीहरुले योजनावद्ध रुपमा नै नेपाली तरकारी नल्याउने र अघोषित रुपमा नेपाली तरकारी भन्दै भारतीय तरकारी भित्र्याएका छन् । कालीमाटी फलफूल बजारले पनि वास्तविक मूल्य भन्दा बढी मूल्य लिएर बिक्री गरिरहेका व्यापारीलाई समेत सचेत गराएको छैन ।

कालीमाटीले तय गरेको मूल्य सूची भन्दा उपभोक्ताले खुद्रा बजामार खरीद गर्ने तरकारीको मूल्य अत्याधिक मात्रामा बढी रहेको छ । सामान्यता राजधानीमा कालीमाटी तरकारी बजामरा सस्तो तरकारी पाइन्छ भन्ने आम मनोविज्ञान रहेको छ । तर विचौलियाका कारण तरकारीको मूल्य अत्याधिक मात्रामा वृद्धि भएको छ ।

कालीमाटी तरकारी बजारले तय गरेको थोक मूय अनुसार गोलभेडा ठूलोको प्रतिकिलो अधिकतम ७० रुपैयाँमा बिक्री भएको मूल्य सूची पायन्छ । तर व्यापारीले सोही गोलभेडालाई प्रििकलो १०० रुपैयाँसम्म बिक्री गरिरहेका छन् । गोलभेडा सानोको औसत मूल्य प्रतिकिलो ६८ रुपैयाँ रहेको छ । तर सोही गोलभेडा समेत प्रतिकिलो १०० रुपैयाँ भन्दा माथि नै बिक्री भएको पाइएको छ ।

आलु रातो २९ रुपैयाँ थोक बजारमा रहेको भनिएपनि खुद्रा बजार भन्दै व्यापारीले ४० रुपैयाँसम्म लिने गरेको छने । प्याज सुकेकोको थोक मूल्य २७ रुपैयाँ भएपनि बजारमा ४० रुपैयाँको हाराहारीमा प्याज बिक्री भइरहेको छ ।

यस्तै गाजर ३५ रुपैयाँ, बन्दा २८, काउली स्थानीय ९५, मूला सेतो ४५, भन्टा लाम्चो ७५, भन्टा डल्लो ७५, बोडी ७५, घिउ सिमी ७५, तिते करेला ७५, लौका ६५, परवर ८५, चिचिण्डो ६५, घिरौला ७५, फर्सी पोकेको ६५, फर्सी हरियो ४५, भिण्डी ८५ प्रतिकिलोमा बिक्री भइरहेको छ ।

यस्तै रायो साग १००, पालूगो साग १००, चमसुरको साग १००, तोरीको साग ७०, मेथीको साग १००, प्याज हरियो ७० मा बिक्री भएको छ । च्याm २८०, न्यूरो १४०, ब्रोकाउली १३० मा बिक्री भएको छ ।

कालिमाटी तरकारी बजार काठमाडौंको सस्तो बजार मानिन्छ । त्यहि कारण खुद्रा पसलेका अलावा कतिपय उपभोक्ता समेत तरकारी लिन कालिमाटी नै पुग्छन् । तर अहिले यहि थोक बजारमा तरकारीको मूल्य महंगो परेको छ । बजारमा ७० रुपैयाँ भन्दा कम मूल्यका तरकारी पाउन मुस्किल परेको छ ।

केहीदिन पहिले परेको वर्षाले तरकारी खेतीमा क्षति पुगेको र किसानले नै मूल्य बढाएकाले त्यसको असर बजारमा परेको दावी गर्दै व्यापारीले उपभोक्तासँग बढी मूल्य लिएका छन् ।

काठमाडौंमा खपत हुने तरकारीको ठूलो हिस्सा भारतबाट आउँछ भने अर्को व्यापारीले भनेजस्तो किसानले उचित मूल्य पाएकै छैनन् । विचौलिया मोटाउने र किसान तथा उपभोक्ता दुवै मारमा पर्ने गरेका छन् । सरकारको अनुगमन र नियमन भने हात्तीको देखाउने दाँत भन्दा बढी हुन सकेको छैन ।

किसानले सस्तोमा बेच्नुपर्ने र उपभोक्ता समेत मारमा पनर्जे अवस्थाको अन्त्य कहिले होला ? आम उपभोक्ताको प्रश्न छ । अनेकन बहानाबाजी गरेर तरकारीको मूल्य बढाउने विचोलियालाई कहिले कारवाहीको दायरामा ल्याइएला त ? आम नागरिकको प्रश्न छ ।


क्लिकमान्डु