अर्थमन्त्रीज्यू आइपिओ नै बिक्न छाड्यो, अब त सेयर बजारको बारेमा सोच्ने कि !



काठमाडौं । डा. युवराज खतिवडा अर्थमन्त्री भएलगत्तै बीबीसी नेपाली सेवालाई दिएको अन्तरवार्ताले निकै आलोचीत बने । उनले सेयर बजार र रियल सेक्टरलाई अनुत्पादन क्षेत्रको संज्ञासहितको प्रतिकृया दिएपछि उनी निकै आलोचित बने ।

‘के निउ पाउँ कनिका मुक्याँउ’ भन्ने नेपाली उखानलाई लगानीकर्ताले चरितार्थ गर्दै, मन्त्रीको भाषणलाई लिएर बजारमा गिरावट आउन थाल्यो । चैत पहिलो साता खतिवडा अर्थमन्त्री भए । मन्त्री भएको तीन महिना पछि कान्तिपुर टेलिभिजनमालाई अन्तवार्ता दिँदै मन्त्री खतिवडाले भनेका थिए, ‘कुनै कम्पनीले उद्योग खोल्न चाह्यो र सेयर जारी गर्यो, आवश्यक पुँजी उठाउनका लागि सेयर जारी गरेको सेयर बिकेन भने सबैभन्दा बढी चिन्तीत म हुन्छु ।’

मन्त्रीले उक्त अन्तवार्तामा कुनै उद्योगले सेयर बजारबाट पुँजी निर्माण गर्न सक्ने बताएका थिए । पुँजी निर्माणका लागि जारी गरेको सेयर बिकेन भने त्यसले आफुलाई पनि चिन्तित बनाउने उनको प्रतिकृया थियो ।

तर पछिल्लो समयमा पुँजी निर्माणका लागि भन्दै साधारण सेयर आउनेक्रम बढेको छ । ती सेयर पनि अहिले बिक्न छोडेका छन् । यसले चाँही अर्थमन्त्री डा. खतिवडालाई कत्तिको चिन्तीन बनाएको छ भन्ने महत्वपूर्ण विषय भनेको छ । मन्त्री खतिवडाले दिएको अभिव्यक्ति अनुसार हो भने निकै चिन्ता लिने बेला भएको छ ।

दोस्रो बजार निरन्तर ओरालो लागी रहेको समयमा साधारण सेयरमा समेत लगनीकर्ताको आकर्षण घटेको मात्रै छैन सिधै अर्थमन्त्री खतिवडालाई नै चिन्तित बनाउनुपर्ने अवस्था सिर्जना गरेको छ ।

अर्थमन्त्री डा. खतिवडालाई चिन्तित बनाउने कम्पनीहरुमा नेपाल बैंक, शिवम् सिमेन्ट हुँदै युनिभर्सल पावर कम्पनी सम्म रहेका छन् ।

शिवम् सिमेन्टले पहिलो चरणमा स्थानीय उद्योग प्रभावितलाई प्रति कित्ता १०० रुपैयाँ फेस भ्यालुमा २०० रुपैयाँ पिमियम थपेर ३०० रुपैयाँको दरले ८ लाख ८० हजार कित्ता सेयर खुला गरेकोमा २ लाख २४० कित्तामा मात्रै सेयर बिक्यो अझै ६ लाख ७९ हजार ७६० कित्ता बाँकी नै छ ।

अहिले कम्पनीले स्थानीयको लागि प्रतिकित्ता २०० र सर्वसाधारणको लागि प्रतिकित्ता ३०० दरले सेयर जारी गर्न लागेको छ । स्थानीयले नकिनेकोसहित ५० लाख ७९ हजार ७६० कित्ता सेयर खुल्न बाँकी नै छ ।

यता नेपाल बैंकले पनि ९३ लाख ७५ हजार ७५० कित्ता सेयर खुला गरेकोमा ८३ लाख ९ हजार १०८ कित्ता सेयर बिक्री नभएपछि अन्डररुाइडरले स्वीकार्नु परेको थियो ।

पछिल्लो समयमा आएको यूनिभर्सल पावर कम्पनीको पनि साधारण सेयर बिकेको छैन । कम्पनीले स्थानीयले नकिनेको १७ लाख ६६ हजार १५० कित्तासहित ९३ लाख २७ हजार ४१० कित्ता सेयर निष्काशन गरेको थियो । उक्त सेयर निष्कासन गरेको शुरुको समयमा नबिकेपछि निष्कासन अन्तिम मितीसम्म समय थप गरिएको छ ।

अझै पनि २ लाख ७० कित्ता सेयर बिक्री हुन सकेको छैन । यी त केही कम्पनीका उदाहरणमात्र हुन् पछिल्लो समयमा साधारण सेयर नै बिक्री गर्न नसक्ने कम्पनी अन्य धेरै रहेका छन् ।


क्लिकमान्डु