९ हजार करोड ठगीको आरोप लागेका भारतीय रक्सी व्यापारी विजय माल्यालाई भारत सुपुर्दगी गर्दै बेलायत




काठमाडौं । ठूलो बैंक घोटालाको आरोप लागेका भारतीय व्यापारी विजय माल्यालाई भारत सुपुर्दगी गर्न बेलायतको एक अदालतले आदेश दिएको छ । यद्यपि यो आदेश भने पूर्ण नभएको बताइन्छ ।

माल्याले अदालतको यो आदेशको १४ दिन पछि उच्च अदालतमा पुनरावेदन गर्न पाउने व्यवस्था रहेको छ । माल्या माथि भारतका विभिन्न बैंकको ९ हजार करोड भारु बराबरको ठगी गरेको आरोप लागेको छ ।

बेस्ट मिस्टिर अदालतले सोमबार फैसला दिँदै भारतीय रक्सी व्यापारी मालयालाई भारत पठाउन स्वीकृति दिएको छ । माल्यामाथि धोकाधडी गरेको र मनी लन्ड्रिङको मुद्दा चल्न सक्ने देखिएको छ ।

‘म सबैका पैसा फिर्ता गर्न स्क्छु, तर साँवा मात्रै, ब्याज होइन, म कसैको पनि व्याज तिर्न सक्दिन, सावा भने तिर्छु,’ माल्याले अदालत परिसरमा भनेका थिए ।

उनले हाल बन्द भएको किंगफिसर एयरलाइन्स जोगाउनका लागि ४ हजार करोड रकम लगाएका थिए । माल्या सन् २०१६ को मेमा लण्डन भागेका थिए । भारतले पछिल्लो वर्षको फेब्रअरीमा बेलायत सरकारलाई सुपुर्दगी गर्न अनुरोध गरेको थियो । भारतमा मनी लन्ड्रिङ आरोप लागेका माल्या सन् २०१७ मा बेलायतमा पक्राउ परेका थिए । तर पछि उनलाई स्थानीय अदालतले जमानतमा रिहा गरिदिएको थियो ।

अदालतको आदेशलाई बेलायत सरकारले सकारात्मक रुपमा लिए उनी भारत सुर्पुदगी हुनेछन् । बेलायतका कानूनी जानकार पावनी रेड्डीका अनुसार उनी भारत फर्काइन सक्छन् । तर त्यस भन्दा पहिले उनले १४ दिन भित्र उच्च अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था रहेको छ । माल्याको पुनरावदेनको सुनुवाई नभए अबको २८ दिन पछि उनी भारत फिर्ता पठाइनेछन् ।

‘मलाई राजनीतिक उद्देश्य सिद्ध गर्नका लागि अपराधी जस्तो बनाइएको छ, माल्याले भनेका छन् ।

उनले कुनै पनि गलत काम नगरेको बताएका छन् । किंगफिसर एयरलाइन्स जोगाउनका लागि मात्रै आफूले ४ हजार करोड भारतीय मुद्रा ऋण लिएको बताएका छन् ।

‘कारोवार घाटामा गएपछि मात्रै मैले ऋण लिएको हो, कुनै गल्ती गरेको छैन,’ उनले भनेका छन् ।

उनले सबै ऋण फिर्ता गर्न आफू तयार रहेको बताएका छन् । सन् २०१६ मा भारतको कर्नाटक अदालतले समेत उनलाई सोही अफर गरेको थियो । बैंकको रकम ठगी गरी भागेको भन्ने आरोप नै गलत रहेको उनको भनाइ छ । आफूलाई राजनीतिक रुपमा नै सिध्याउन खोजिएको र बैंक ठग भन्दै पोस्टर बनाउने काम भएको उनको गुनासो छ ।

उनले सन् २०१६ मा नै प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री अरुण जेट्लीलाई एक पत्र लेखी उच्चस्तरीय छानबिन समिति गठन गरिदिन भनेका थिए । तर उक्त पत्रको कुनै जवाफ भने आएन ।

माल्याकै अनुरोधको बेलायतको अदालतले भारतको जेलको भिडियो मागेको थियो । भारतको मुम्बइृ स्थित आर्थर रोड जेलको १२ नम्बर कोठाको भिडियो पठाइएको थियो । जहाँ माल्यालाई राख्ने तयारी गरिएको थियो ।

माल्याले भनेका थिए कि भारतको जेलको हालत खराब रहेको छ । भिडियो हेरेपछि बेलायतको अदालतले पनि सन्तुस्टि जनाएको थियो । माल्याले आफूलाई राजनीतिक स्वार्थ राखिएको बताएका थिए ।

जसका कारण आफूले न्याय पाउने कुरामा सन्देह रहेको बताएका थिए । उनले आफूलाई नयाँ आरोप लगाएर फसाउने प्रपन्च भएको समेत उल्लेख गरेका थिए । माल्याको स्वामित्वमा रहेको किंगफिसर एयरलाइन्स सन् २०१२ देखि बन्द भएको छ । यूरोप, एशिया र नेपालमा समेत उडान भने उक्त एयरलाइन्स बन्द भयो ।

भारतको आन्तरिक बजारमा सो विमान कम्पनीको ३४० उडान हुने गरेको थियो । सन् २०१३–१४ मा घाटा बढेर ४ हजार ३०१ करोड भारतीय मुद्रा हुन पुग्यो । सोही वर्ष संसारका धनी व्यक्तिको सूचीबाट माल्या बाहिरिए । मार्च २०१६ मा ९ हजार करोड बराबरको ठगी गरेर माल्याा विदेश पलायन भए ।

एजेन्सीको सहयोगमा


क्लिकमान्डु