आर्थिक प्रस्तावमा बदमासी भेटिएपछि धरहरा पुनः निर्माणको काम रोकियो



काठमाडौ । प्रधानमनत्री केपी ओलीले केही समयअघि राजधानीमा आयोजित एक कार्यक्रममा भनेका थिए –२ वर्ष पहिले शिलान्याश गरेको भूकम्पले भत्किएको धरहरा आज २ वर्ष पनि उस्तै रहेछ । जहाँ छाडेको त्यहीँ ।

तर प्रधानमन्त्रीले सो भाषणमा एउटा कुरा लुकाएका थिए । जुन धरहरा निर्माणका लागि आहवान गरिएको आर्थिक प्रस्तावको फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नै ३ पटक स्थगित भएको छ ।

भूकम्पले भत्किएको धरहरा पुनः निर्माणका लागि आह्वान गरिएको ठेक्काको आर्थिक प्रस्ताव खुला गर्ने काम ३ पटकसम्म स्थगित भएका कारण धरहरा पुनः निर्माणले गति लिन नसकेको हो ।

धरहरा पुनः निर्माणका लागि छ निर्माण व्यवसायीले प्राविधिकसहित आर्थिक प्रस्ताव पनि दर्ता गरिएको थियो । पटक पटक प्रस्तवा आह्वान गर्ने र पटक–पटक रोकिने गरेका कारण धरहरा पुनः निर्माणले गति लिन नसकेको हो ।

भीमसेन थापाका पालामा बनेको ऐतिहासिक सम्पदा धरहरा ४ पटक ढलिसकेको छ । धरहरा पटकपटक ढलेकाले पुरानो संरचना यथावत् सिसाले छोपेर २२ तलाको बनाउने प्राधिकरणको तयारी छ । यसअघिको धरहरा ९ तलाको थियो ।

प्राविधिक प्रस्तावमा ५ निर्माण व्यवसायीको मात्र प्रस्ताव मात्रै सदन भएको थियो । तर आर्थिक प्रस्ताव हेर्दा कुने पनि प्रस्ताव उपयउुक्त देखिएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नै आर्थिक प्रस्ताव वैधानिक र वस्तुसंगत नभएको भन्दै प्रक्रियामा जान नसक्ने ठहर गरेका थिए ।

पास भएका ५ कम्पनीमध्ये कुनै एकको कागजात शंकास्पद छ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेपछि प्रस्ताव सार्वजनिक गर्ने मिति पर सर्दै आएको हो ।

पुनः निर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरकाअनुसार आर्थिक प्रस्ताव प्रभावकारी नभएका कारण धरहरा पुनः निर्माण अगाडि बढ्न नसकेको हो ।

मन्त्रिपरिषद् कार्यालयले छानविन गरेर मात्र प्रस्ताव खुला गर्न निर्देशन दिएपछि ३ पटकसम्म मिति सारियो, छानविनका काम सकेर साउन २९ गते ११ बजे प्रस्ताव खुला गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ ।

प्राविधिक प्रस्ताव पारित भएका निर्माण कम्पनीमा जेइक/लामा जेभी, सिआर ५ सिइसी/स्वच्छन्द जेभी, कुमार/सिएफइसी जेभी, जिआइइटीसी/रमन जेभी, सिआइसिओ/कालिका/रसुवा जेभी छन् ।

जेसीजिआईसिसी/आशीष जेभीको प्राविधिक प्रस्ताव नै फेल भएको छ । धरहरा पुनः निर्माण गर्ने भन्दै राप्रपाका नेता विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन र काँग्रेसका सांसद मोहन आचार्यको रसुवा कन्स्ट्रक्सनले पनि प्रस्ताव हालेका छन् । सिक्टा सिंचाई आयोजनामा बदमासी गर्नेमा उही कालिका कन्स्ट्रक्सन पनि एक हो ।

भीमसेन थापाका पालामा बनेको ऐतिहासिक सम्पदा धरहरा ४ पटक ढलिसकेको छ । धरहरा पटकपटक ढलेकाले पुरानो संरचना यथावत् सिसाले छोपेर २२ तलाको बनाउने प्राधिकरणको तयारी छ । यसअघिको धरहरा ९ तलाको थियो ।

नयाँ धरहरा बनाउन आधुनिक निर्माण सामग्रीको प्रयोग गरिने भएको छ । अब बन्ने धरहरामा लिफ्ट र भ¥याङसमेत राखिनेछ । धरहरा गुम्बज र गजुर सहित ७२ मिटर अग्लो हुनेछ ।

भत्किएको धरहराको पूर्वपट्टि नयाँ धरहरा निर्माण गरिनेछ । निर्माणको लागत ४ अर्ब लाग्ने लागत स्टमेट तयार भएको छ ।

पछि हट्यो टेलिकम, कोषमा २४ करोड

यसअघि नेपाल टेलिकमले धरहरा बनाउने गरी जिम्मेवारी दिइए पनि पछि हटेको थियो । टेलिकमले आफैँ नबनाए पनि १ अर्ब सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

‘मेरो धरहरा मै बनाउँछु’ अभियान अन्तर्गत धरहरा पुनः निर्माण कोषमा २४ करोडजम्मा भइसकेको छ । बाँकी स्रोत सरकारले नै व्यहोर्ने भएको छ । पुरातत्व विभाग र टेलिकम दुवैले बनाउन नसक्ने भएपछि प्राधिकरण आफैँले बनाउने निर्णय गरेको छ ।

धरहराले गोश्वारा हुलाक कार्यालयलाई जग्गासमेत खाली गर्ने भएको छ । हुलाकलाई भवन खाली गर्न पत्राचार गरिसकिएको छ ।

कुल २४ रोपनी क्षेत्रफलमा धरहरा, पार्किङ र बगैँचासमेत बनाइनेछ । हाल हुलाक रहेको स्थानमा बगैँचा र पार्किङ निर्माण गरिनेछ । धरहरा बनाउन शुरु गरिहाल्ने र हुलाकलाई हटाउने कामलाई जारी राखिने छ । राससको सहयोगमा


पुष्प दुलाल