यी हुन् सवारी साधनको इन्धन बचत गर्ने १३ उपाय



काठमाडौं । शहरी क्षेत्रमा बढ्दो प्रदुषण र जामका कारण निजी सवारी साधन अत्याबश्यक बनिसकेको छ ।

त्यसमा पनि अस्तव्यस्त सार्वजनिक यातायातका कारण निजी सवारी प्रयोग कर्ताको संख्या दिनौं बढ्दो छ । सवारी प्रयोगकर्ता बढेसँगै इन्धन खपत पनि बढ्दो छ ।

तर, कतिपय सवारी प्रयोग कर्ताले सामान्य कुरामा पनि ध्यान नदिँदा इन्धन बढी खपत भइरहेको हुन्छ । इन्धन खपत गर्नेका लागि यी १० उपाय सवारी प्रयोग कर्तालाई उचित हुनसक्छ ।

१, सकेसम्म कम यात्रा गर्नेः निजी सवारी प्रयोगकर्ताले आफ्नै साधन हो भनेर अनावश्यक रुपमा पनि सवारी प्रयोग गरिरहेका हुन्छन् । यसले आवश्यकभन्दा बढी इन्धन खपत हुन्छ । जब तपाईंले एक घण्टा सवारी चलाउनुभएको छ कि केहि घण्टाको लागि पार्क गरिएको छ ।

इन्जिन चिसो छ भने त्यस्तो अवस्थामा पहिलो पाँच माइलको लागि धेरै ईन्धन खपत हुन्छ ।

२, व्यस्त समयमा कम प्रयोग गर्नेः सवारी प्रयोग गर्दै हुनुहुन्छ भने व्यस्त समय अर्थात् अफिस समयलाई बढी ध्यान दिनुपर्ने हुन्छ । यस्तो बेला सडकका चोक चोकमा बढी सवारीको भिड हुन्छ । जसका कारण सवारी रोक्दै स्टार्ट गर्नु पर्ने हुन्छ । प्रत्येक पल्ट जब तपाईं रोक्न र स्टार्ट गर्ने गर्नुहुन्छ तपार्इँको कारलाई पहिलो गियर चाहिन्छ । यस्तो अवस्थामा पनि इन्धनको बढी खपत हुन्छ । फेरि सडक खाली देख्ने बितिकै स्पिड गर्ने र चाप भएको ठाउँमा कम स्पिड गर्ने बानीले पनि इन्धन बढी खपत हुन्छ । त्यसैले एउटै गतिमा नर्मल स्पिडमा सवारी प्रयोग गर्नु उचित हुन्छ ।

३, झ्याल ढोका बन्द गरेर सवारी चलाउने । तर, सनरोफ प्राप्त हुने अवस्थामा छ मात्रै झ्याल ढोका बन्द गर्नुपर्ने हुन्छ । नत्र सवारी बढी तातो हुन जान्छ । सवारी इन्धनसँगै सजावटमा समेत असर गर्छ ।

४, सवारी चलाउने शैलीमाः यो इन्धन बचाउने सबैभन्दा सजिलो र उपयोगी तरिका हो । तपाईंको वाहन जुन रफ्तारमा सबैभन्दा माथिको गियरमा राखिन्छ, सामान्यत त्यही गति तपाईंको गाडीका लागि सर्वाधिक इन्धनमैत्री हो । वास्तवमा, ५० भन्दा माथि जब तपाईं गाडीको गति बढाउनुहुन्छ, यसको अर्थ प्रत्येक ५ माइल प्रतिघन्टा (८ किमिरघण्टा) को बढ्दो रफ्तारका कारण तपाईंको खर्च इन्धनको हिसाबले बढ्छ ।

गाडीको बढ्दो गतिसँगै इन्धनको क्षमता पनि घट्छ । त्यस्तै ट्राफिक बत्तीले पनि गति सीमालाई नियमित गर्नेछ । यदि तपाईं निर्धारित गति सीमाभन्दा बढी रफ्तारमा गाडी चलाउनुहुन्छ भने तपाईंको गाडी पटक–पटक रोक्दै चलाउनुपर्ने हुन्छ, जुन इन्धन बचाउने सही तरिका होइन । यसबाहेक पनि केही उपायहरु पनि उपनाउन सकिन्छ ।

५, सवारीको छत तथा स्की बक्स हटाउने ।

६, आवश्यकभन्दा बढी सामान सवारीमा राख्ने तथा ओसार पोसार नगर्ने ।

७, लामो यात्रामा समान गतिमा सवारी प्रयोग गर्ने गर्नुपर्छ । सकेसम्म ५० को स्पिडमा र आवश्य भन्दा बढी गियर प्रयोग नगर्ने ।

८, एसी प्रयोग बन्द गर्ने ।

९, सवारी स्पिड मापदन्डलाई पनि ध्यान दिँदै आफुले कन्ट्रोल गर्न सक्ने गरी सवारी प्रयोग गर्ने ।

१०, टायरको हावाको चेक समय समयमा गर्ने ।

११, इन्धन भरेपछि इन्धन पम्पको नोजल उल्टाउने ।

१२, यदि तपाईंको सवारी कुनै ठाउँमा धेरै बेर रोकिनुपर्ने अवस्था छ भने स्टार्ट बन्द गर्ने ।

१३, गति बिस्तारै बढाउँदै पनि इन्धनको बचत गर्न सकिन्छ । एकैपटक सवारीको गति बढाउँदा इन्धन मात्रै बढी खर्च हुँदैन टायर पनि तीव्र गतिमा घिस्रिने हुन्छ ।


पुष्प दुलाल