पुँजी बृद्धिको अनुपातमा नाफा बढाए त बैंकहरुले ? यस्तो देखाउँछ तथ्यले




काठमाडौं । बाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको ९ महिना (चैत मसान्त) सम्मको कारोबारका आधार कति नाफा कमाएर भन्ने विवरण सार्बजनिक भएको छ ।

बैंकहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणले उनीहरुबीच तीब्र प्रतिस्पर्धा रहेको देखाउँछ । प्रायः सबै बैंकको विवरणले देखाउने समान कुरा भनेको उनीहरुको नाफा बृद्धि नै हो । अधिकांश बैंकले नाफा बढाएका छन् । नाफा बृद्धिको अनुपात कुनैको बढी र कुनैको कम भने हुन सक्छ ।

नेपाल राष्ट्र बैंकले गरेको ब्यवस्था अनुसार यो बर्षको पुस मसान्तसम्ममा सबै बाणिज्य बैंकहरुको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुगिसकेको हुनुपर्छ । असार मसान्तमै चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुगिसकेको हुनुपर्ने भएपनि गत आर्थिक बर्षको नाफाबाट बोनस सेयर दिएर पनि तोकिए अनुसार चुक्ता पुँजी पुर्याउन पाइने नीतिगत ब्यवस्था भएकोले पुस मसान्त भनिएको हो ।

बाणिज्य बैंकहरुको चुक्ता पुँजी २ अर्ब रुपैयाँबाट बढाएर ८ अर्ब रुपैयाँ पुर्याइएको हो । यसरी चुक्ता पुँजी बढाउन अधिकांश बैंकहरुले बोनस सेयरको साहारा लिए । उनीहरुले कमाएको नाफा सेयरधनीलाई रकममा नदिइ बोनस सेयर दिएर चुक्ता पुँजी बढाउन राष्ट्र बैंकले छुट पनि दिएकै थियो ।

केही बाणिज्य बैंकहरुले हकप्रद, थप सार्बजनिक निस्कासन (एफपिओ) र मर्जर तथा इक्विजिसनको पनि सहारा लिए । जुन विधि अपनाएको भएपनि यो बीचमा बाणिज्य बैंकहरुले चुक्ता पुँजी बढाएका छन् ।

बैंकहरुको इक्वीटीमा प्रतिफल (आरओइ) नहेरी पुँजी बृद्धिको अनुपातमा नाफा बढे नबढेको बुझ्न नसकिने सेयर विश्लेषक रविन्द्र भट्टराई बताउँछन् ।

‘बैंकले कति नाफा कमाए भन्ने तथ्यांकले सेयरधनीलाई बाड्ने नाफा उनीहरुसँग कति छ भन्ने अर्थ लाग्छ, त्यो नाफा तपाइको भागमा कति पर्छ भनेर जान्न प्रतिसेयर आम्दानी (इपीएस) कति छ भनेर हेर्नुपर्ने हुन्छ, तपाइको भागमा परेको नाफा तपाइले अपेक्षा गरे अनुसारको हो कि होइन भनेर जान्नको लागि भने आरओइ हेर्नुपर्ने हुन्छ, जुन प्रतिसेयर आम्दानीलाई प्रतिसेयर नेटवर्थले भाग गरेर हेर्न सकिन्छ,’ विश्लेषक भट्टराईले क्लिकमाण्डूसँग भने ।

अहिले बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणमा उनीहरुको आरओइ गत बर्षको चैत मसान्तको आधार घटेको देखिएको छ । यसको अर्थ बैंकहरुमा सेयरधनीले गरेको थप लगानीको अनुपातमा बैंकहरुले दिने प्रतिफल कम भएको विश्लेषक भट्टराईको भनाइ छ ।

बैंकहरुको इक्वीटीमा प्रतिफल (आरओइ) नहेरी पुँजी बृद्धिको अनुपातमा नाफा बढे नबढेको बुझ्न नसकिने सेयर विश्लेषक रविन्द्र भट्टराई बताउँछन् ।

मेगा बैंकको आरओइ ९.४९ प्रतिशत छ । गत बर्षको चैतमा उसको आरओइ १५.५९ प्रतिशत थियो । मेघाले चैत मसान्तसम्ममा ५२ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

एनसीसी बैंकको आरओइ ९.८३ प्रतिशत छ । गत चैतमा उसको आरओइ ६.७४ प्रतिशत थियो । एनसीसीले भने गत बर्षको तुलनामा यो बर्ष आरओइ बढाएको छ । आरओइ बढी हुनुभनेको राम्रो कुरा हो । एनसीसीले चैत मसान्तसम्ममा ४५ करोड ३१ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

एनबी बैंकको आरओइ ८.४९ प्रतिशत छ । गत चैतमा उसको आरओइ १६.०७ प्रतिशत थियो । एनबीले चैत मसान्तसम्ममा ७१ करोड ३ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

प्रभु बैंकको आरओइ १०.१४ प्रतिशत छ । गत बर्षको चैतमा उसको आरओइ २४.८० प्रतिशत थियो । प्रभुले चैत मसान्तसम्ममा ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

कुमारी बैंकको आरओइ १०.१७ प्रतिशत छ । गत बर्षको चैतमा उसको आरओइ १७.३१ प्रतिशत थियो । कुमारीले चैत मसान्तसम्ममा ७० करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

सिभिल बैंकको आरओइ ६.५४ प्रतिशत छ । गत बर्षको चैत मसान्तमा उसको आरओइ ३.५१ प्रतिशत थियो । सिभिलले चैत मसान्तसम्ममा ३५ करोड ५८ रुपैयाँ खुद नाफा गरेको छ ।

नबिल बैंकको आरओइ २४.०३ प्रतिशत छ । गत बर्षको चैत मसान्तमा उसको आरओइ २८.३३ प्रतिशत थियो । नविलले चैत मसान्तसम्ममा २ अर्ब ७९ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

माछापुच्छ्रे बैंकको आरओइ ११.०३ प्रतिशत छ । गत वर्षको चैत मसान्तमा उसको आरओइ १६.०४ प्रतिशत थियो । माछापुच्छेले चैत मसान्तसम्ममा ८१ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको छ ।

कृषि विकास बैंकको आरओइ ९.१० प्रतिशत छ । गत वर्षको चैत मसान्तमा उसको आरओइ १३.५३ प्रतिशत थियो । कृषि विकास बैंकले चैत मसान्तसम्मा १ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

एनएमबी बैंकको आरओइ १६.९५ प्रतिशत छ । गत बर्षको चैत मसान्तमा उसको आरओइ १७.४१ प्रतिशत थियो । एनएमबीले गत चैत मसान्तसम्ममा १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

बैंक अफ काठमाडौंको आरओइ १२.१७ प्रतिशत छ । गत बर्षको चैत मसान्तमा उसको आरओइ १४.३१ प्रतिशत थियो । विओकेले चैत मसान्तसम्ममा ९३ करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

स्ट्याण्र्डर्ड चार्टर्ड बैंकको आरओइ १६.९७ प्रतिशत छ । गत वर्षको चैत मसान्तमा उसको आरओइ १८.८६ प्रतिशत थियो । चार्टर्डले चैत मसान्तसम्म १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

जनता बैंकको आरओइ ८.२४ प्रतिशत छ । गत बर्षको चैत मसान्तमा उसको आरओइ ९.३४ प्रतिशत थियो । जनताले चैत मसान्तसम्म ५७ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको आरओइ १७.५५ प्रतिशत छ । गत वर्षको चैत मसान्तमा उसको आरओइ १६.९५ प्रतिशत थियो । इन्भेष्टमेन्टले चैत मसान्तसम्ममा २ अर्ब ८६ करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

लक्ष्मी बैंकको आरओइ १०.४४ प्रतिशत छ । गत बर्षको चैत मसान्तमा उसको आरओइ १०.७२ प्रतिशत थियो । लक्ष्मीले गत चैतसम्ममा ८० करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

हिमालयन बैंकको आरओइ १७.१८ प्रतिशत छ । गत बर्षको चैत मसान्तमा उसको आरओइ २०.५२ प्रतिशत थियो । हिमालयनले चैत मसान्तसम्ममा १ अर्ब ६१ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

सेन्चुरी कमर्सियल बैंकको आरओइ ९.७२ प्रतिशत छ । गत वर्षको चैतमा उसको आरओइ ९.६२ प्रतिशत थियो । सेन्चुरीले चैत मसान्तसम्ममा ६३ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

नेपाल एसबीआई बैंकको आरओइ १७.९७ प्रतिशत छ । गत बर्षको चैतमा उसको आरओइ २०.३५ प्रतिशत थियो । एसबीआइले चैत मसान्तसम्ममा १ अर्ब ३८ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

प्राइम कमर्सियल बैंकको आरओइ १६.१० प्रतिशत छ । गत बर्षको चैतमा उसको आरओइ १७.९६ प्रतिशत थियो । प्राइमले चैत मसान्तसम्ममा १ अर्ब २५ करोड ८५ लाख रुपैयाँ खुद कारोबार गरेको छ ।

नेपाल बैंकको आरओइ २६.८८ प्रतिशत छ । गत बर्षको चैत मसान्तमा उसको आरओइ ४६.५२ प्रतिशत थियो । नेपाल बैंकले चैत मसान्तसम्ममा २ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

सनराइज बैंकको आरओइ ११.८४ प्रतिशत छ । गत बर्षको चैत मसान्तमा उसको आरओइ १५.३३ प्रतिशत थियो । सनराइजले चैत मसान्तसम्ममा ९५ करोड ३९ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

ग्लोबल आइएमई बैंकको आरओइ १५.११ प्रतिशत छ । गत बर्षको चैतमा उसको आरओइ १८.९९ प्रतिशत थियो । ग्लोबल आइएमइले चैत मसान्तसम्ममा १ अर्ब ४५ करोड ९५ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

सानिमा बैंकको आरओइ १५.७७ प्रतिशत छ । गत वर्षको चैतमा उसको आरओइ १८.०३ प्रतिशत थियो । सानिमाले चैत मसान्तसम्ममा १ अर्ब २१ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलको आरओइ १३.३८ प्रतिशत छ । गत बर्षको चैतमा उसको आरओइ १८.०८ प्रतिशत थियो । सिटिजन्सले गत चैत मसान्तसम्ममा ९९ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

सिद्धार्थ बैंकको आरओइ १४.१६ प्रतिशत छ । गत बर्षको चैतमा उसको आरओइ १५.८० प्रतिशत थियो । सिद्धार्थले गत चैत मसान्तसम्ममा १ अर्ब २६ करोड ७३ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

एभरेष्ट बैंकको आरओइ १९.९१ प्रतिशत छ । गत वर्षको चैतमा उसको आरओइ २४.१२ प्रतिशत थियो । एभरेष्टले गत चैत मसान्तसम्ममा १ अर्ब ८० करोड ३८ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

एनआईसी एसिया बैंकको आरओइ १२.०८ प्रतिशत छ । गत वर्षको चैतमा उसको आरओइ १८.७० प्रतिशत थियो । एनआइसी एसियाले गत चैत मसान्तसम्ममा ९३ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको छ ।


क्लिकमान्डु