भेरी बबई डाइभर्सनको सफल परिक्षणपछि टिबिएमले नेपालमा ल्याउला सुरुङ क्रान्ति



काठमाडौं । नेपालमा पहिलो पटक ल्याइएको र जडान गरिएको टनेल बोरिङ मेशिन(टिबिएम)ले सुरुङ निर्माणलाई नयाँ युगमा लैजाने देखिएको छ ।

भेरी बबई डाइभर्सन परियोजनाका लागि अमेकिरन प्रविधिमा चीनमा निर्माण गरिएको उत्तः मेशिनको सफल परिक्षण पछि नेपालमा सुरुङ निर्माणमा क्रान्ति नै हुने लक्षण देखा परेको छ ।

भेरी बबई आयोजनामा सफल परिक्षण भएपछि सो मेशिनका बारेमा देशव्यापी रुपमा चासो बढेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इपान)का केही अधिकारी समेत टिबिएम मेशिन खरिदको तयारीमा लागेको अध्यक्ष शैलेन्द्र गुरागाईले जानकारी दिए ।

नेपालजस्तो डाँडा काँडा भएको मुलुकमा मेशिनको प्रयोगलाई बढावा दिने हो भने सडक निर्माणमा समेत क्रान्ति हुने सरोकारवालाको भनाइ छ ।

इपानले यही पुस २१ गतेदेखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको हिमालयन हाइड्रो एक्पोमा समेत टिबिएमको बारेमा जानकारी दिने तयारी गरिएको छ ।

केही ऊर्जा उद्यमी तथा ठेकेदार समेत मेशिन ल्याउने तयारीका साथ चीन पुगेको बताइएको छ ।

‘ धेरैले चासो व्यक्त गरेका छन् । नेपालमा टिबिएमको सफल परिक्षण भएको छ, यसले हामीलाई थप उत्साहित बनाएको छ ’-अध्यक्ष गुरागाईले भने ।

विश्वभर नै टिबिएमको प्रयोग गरेर सुरुङ खन्ने गरिएको छ । परम्परागत तवरले सुरुङ खन्दा लागत र समय समेत बढी लाग्ने भएकाले मेशिनलाई नै प्रयोग गर्ने गरिएको छ । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार हाल चीनमा दैनिक ४० किलोमिटर भन्दा बढी सुरुङ टिबिएमले खनिरहेको छ ।

नेपालमा भेरी बबई डाइभर्सन आयोजनामा पहिलो पटक ल्याइएको मेशिनले हालसम्म १ किलोमिटर सुरुङ खनेको छ । अहिलेकै गतिमा सुरुङ खन्ने हो भने सो आयोजनाको १२ किलोमिटर लामो सुरुङ खन्न धेरै समय नलाग्ने देखिएको छ ।

मेशिन जडान भएको ४० दिनमा नै एक किलोमिटर सुरुङ खनिएको छ । मेशिनलाई परिक्षण गर्ने समयमा सफलता हासिल भएको छ, अब निर्माणले गति लिने आयोजनाको भनाइ छ ।

नेपालजस्तो डाँडा काँडा भएको मुलुकमा मेशिनको प्रयोगलाई बढावा दिने हो भने सडक निर्माणमा समेत क्रान्ति हुने सरोकारवालाको भनाइ छ ।

त्यसो त काठमाडौं-नौबिसे, टोखा-छहरे सुरुङमार्ग निर्माणको काम समेत अगाडि बढ्ने तयारीमा रहेको छ । देशका विभिन्न स्थानमा समेत सुरुङ निर्माणमा चासो बढ्न थालेको छ ।

पाल्पाको सिद्धबाबामा पहिरोका कारण वर्षेनी करोडौको जनधनको क्षति भएकाले पनि सो स्थानमा पनि सुरुङमार्ग निर्माणको तयारी भइरहेको छ ।

मेशिनको सफल परिक्षणपछि नागरिकमा समेत त्यसले सकारात्मक चासो बढाइदिएको छ । भेरी बबई डाइभर्सनमा भेरी नदीको पानीलाई बर्दियामा झारेर करिब ५० हजार हेक्टरमा सिंचार्ई सुविधा उपलब्ध गराउने र ४८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

आयोजना निर्देशक शिवकुमार बस्नेतले मेशिनको सफल परिक्षण भएको र १ किलामेमिटर सुरुङ निर्माण सकिएका कारण आफूहरुलाई थप उत्सातिहत बनाएको बताए ।

आयोजना निर्माणको जिम्मा चीनको चाइना ओभरसिज ग्रप अफ कम्पनी (कोभेक) ले पाएको हो ।


क्लिकमान्डु