सबैभन्दा बढी यात्रु बोक्नेको सूचीबाट वायुसेवा निगम खस्कियो, कतार एयरलाइन्सले उछिन्यो
यात्रु सेवामा अग्रणी स्थानमा आइरहने वायुसेवा निगम पछिल्लो समय भएकै जहाजको भरपूर उपयोग गर्न नसकेको र अन्तर्राष्ट्रिय उडानका जहाज थन्किइरहने समस्याका कारण सेवाको दायाराको उपस्थितसमेत खस्कदै गएको देखिन्छ । निगमको तुलनामा विदेशी वायुसेवाले बढी यात्रु सेवा दिनुले निगमको उपस्थित कमजोर हुँदै गएको देखिएको छ ।
काठमाडौं । सबैभन्दा बढी यात्रु बोक्नेको सूचीबाट वायुसेवा निगम खस्किएको छ । काठमाडौं विमानस्थलबाट हुने उडान अवतरणमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय उडानका यात्रु सेवा दिने वायुसेवाको सूचीको पहिलो नम्बरमा वायुसेवा निगम रहँदै आएकोमा गत वर्ष कतार एयरलाइन्सले उछिनेको छ ।
पछिल्लो समय सन् २०२४ को तथ्यांले पनि निगम पहिलोपटक काठमाडौंबाट हुने यात्रु सेवामा पछाडि परेको छ । निगमले उक्त वर्ष ५ लाख ६० हजार १०८ यात्रुलाई सेवा दिँदा कतार एयरलाइन्सले भने ५ लाख ९६ हजार ६० जनालाई सेवा दिएको छ ।
तथ्यांकअनुसार वायुसेवा निगमको तुलनामा कतार एयरलाइन्सले गत वर्ष सन् २०२४ मा ३५ हजार ९५२ जाना बढी यात्रुलाई सेवा दिएको छ ।
उडान संख्याका हिसावले निगमकोभन्दा कतार एयरलान्सको ७८० कम छ । तर यात्रु सेवामा अगाडि छ । निगमसगँ न्यारोबडी जहाजसमेत भएकोले यसले पालोपालो अन्तर्राष्ट्रिय उडान गर्छ भने कतारले नेपालमा आउँदा वाइडबडी मात्रै ल्याएकोले पनि यसको उडान संख्या कम भएपनि यात्रु सेवाका हिसावले भने अगाडि छ ।
त्यसो त हिमालय एयरलाइन्सल पनि गत वर्ष करिब ५ लाख यात्रु बोकेको छ । यो यात्रु बोक्दा हिमालयले सन् २०२४ को एक वर्षमा ३७ सय ९२ उडान गरेको छ । यो वायुसेवाका सबै न्यारोबडी जहाज भएकोले यसको उडान संख्या धेरै हुँदा कतार र निगमसँगेको तुलनामा यात्रु सेवा थोरै छ ।
वायुसेवा निगमले गत वर्ष सन् २०२३ मा ६ लाख ४५ हजार १६६ हवाई यात्रुलाई अन्तर्राष्ट्रिय उडानको सेवा दिएको थियो । यात्रु सेवामा कतार एयरलाइन्स गत वर्षसम्म दोस्रो नम्बरमा अर्थात वायुसेवा निगमभन्दा पछाडि थियो ।
गत वर्ष कतारले ६ लाख २७ हजार ८१ यात्रुलाई सेवा दिएको थियो । त्यसभन्दा अगाडि सन् २०२२ मा पनि निगमको भन्दा कतारले नै बढी यात्रु बोकेको थियो ।
सन् २०२२ मा निगमले ५ लाख ७७ हजार ६५३ यात्रुलाई सेवा दिँदा उक्त वर्ष कतार एयरवेजले दिनेमा उक्त वर्ष कतार एयरलाइन्सको यात्रु सेवा ६ लाख २० हजार ३६७ यात्रुलाई सेवा दिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांकमा उल्लेख छ ।
वायुसेवा निगमले वाइडडी जहाज किनेर यात्रु उडान क्षमता बढाउँदा गत वर्ष सन् २०२३ मा सबैभन्दा बढी यात्रु बोक्न सकेको थियो तर २०२४ मा सिचेकमा गएका कारण निगमले लामो समय दुईवटै वाइडबी एकैपटक उडाउन सकेन ।
गत वर्ष नै न्यारोबडीसमेत मर्मतकै कारण पालौपालो अन्तर्राष्ट्रिय उडानका जहाज थन्किएकोले पनि निगम दोस्रो नम्बरमा परेको वायुसेवा निगमका प्रवक्त रमेश पौडेलले बताए ।
उनले भने ‘निगमले क्षमता बढाउन नसकेको र जहाजको पनि संख्या कम भएपछि विदेशी वायुसेवाले यात्रु सेवामा उछिन्नु स्वभाविक हो ।’ जहाज राम्रोसँग उडाउन सकिएको अवस्थामा पक्कै यसले दिएको क्षमता उल्लेखनीय नै हुने बुझाई पनि पौडेलको छ ।
निगमका अनुसार जहाज धेरै हुने र क्षमता बढाउँदै धेरैभन्दा धेरै यात्रुलाई सेवा दिने चाहना निगमलाई पनि छ । निगमले जति जहाजबाट सेवा दिएको छ त्यसको क्षमता पक्कै उल्लेख्य नै रहेको पनि निगमका अधिकारी बताउँछन् ।
त्यसो त वायुसेवा निगमको यो यात्रु क्षमता सन् २०२१ मा २ लाख ८४ हजार र मात्रै थियो । सन् २०२० मा कोरोना महामारीका कारण निगमको पनि उडान क्षमता कमजोर भएको छ ।
एक लाखभन्दा बढी यात्रु बोक्ने १५ वायुसेवा
गत वर्ष सन् २०२४ मा त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको उडान अवतरणमा विभिन्न १५ वटा वायुसेवा कम्पनीले एक लाख भन्दा बढी यात्रुलाई सेवा दिएका छन् ।
यस्तो सेवा दिनेमा गत वर्ष २४ सय उडानमार्फत करिब ६ लाख यात्रुलाई सेवा दिने कतार एयरवेज, ३१ सय ७८ उडानबाट ५ लाख ६० हजार यात्रुलाई सेवा दिनेमा नेपाल वायुसेवा निगम, ३७ सय ९२ उडानबाट ५ लाख यात्रु सेवा दिनेमा हिमालय एयरलाइन्स रहेको छ । त्यसपछि बढी यात्रु सेवा दिनेमा अन्य विदेशी वायुसेवा छन् ।