शैक्षिक उत्थान सहकारीको पैसामा अध्यक्ष र कोषाध्यक्षको मनपरीः बिनाधितो ऋण
काठमाडौं । शैक्षिक उत्थान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, कोषाध्यक्ष लगायतले बचतकर्ताको पैसा मनलाग्दी रुपमा उपभोग गरेका छन् ।
काठमाडौं महानगरपालिका २६, मित्रनगरमा रहेको उक्त सहकारी एल्यान्स एकेडेमीमा आबद्ध कर्मचारी, शिक्षक र संचालकहरु लक्षित गरेर खोलेको थियो । पछि काठमाडौं महानगरपालिका पूरै क्षेत्रमा कारोबार गर्ने गरेको पाइएको छ ।
सहकारीमा काठमाडौं महानगरपालिकाको सहकारी विभागले २०८१ असार ६ गते अनुगमन गर्दा संस्थाले अध्यक्ष, कोषाध्यक्षले बचतकर्ताको पैसा मनलाग्दी उपभोग गरेको र कार्यक्षेत्र बाहिर गएर कारोबार भएको पाइको छ ।
म्हानगरको सहकारी विभागले अनुगमनका क्रममा संस्थाले कर्जा प्रबाह गर्दा कर्जा समितिरसंचालक समितिबाट स्वीकृत नगरेको पाइएको छ ।
संस्थाको कार्यसमिति सदस्यको र सम्बद्द व्यक्तिहरुको आफन्तको नाममा कर्जा उपयोग गरेको पाइएको छ ।
कर्जा लगानी गर्दा संचालक समितिबाट स्वीकृत नहुने गरेको अनुगमनमा क्रममा फेला परेको छ । सहकारीका निवर्तमान अध्यक्ष चन्द्रबहादुर बस्नेतले ५ लाख रुपैयाँ कर्जा र संस्थाका कोषाध्यक्ष नारायण कृष्ण श्रेष्ठलाई १ करोड ६५ लाखको कर्जा लगानी गरेको पाइएको छ ।
संस्थाले २०७९ असार २८ गते १ करोड ६५ लाख रुपैयाँ कर्जा नारायण कृष्ण श्रेष्ठलाई प्रवाह गरेको थियो । कर्जाको फाईलमा फोटो नभएको, कर्जा तमसुकमा ब्याजदर र सेवा शुल्क उल्लेख नगरेको पाइएको छ । साथै ऋणको तमसुक पनि उपलब्ध नभएको र उक्त ऋण धितो रोक्का बिना नै ऋण दिने गरेको पाइएको छ ।
२०७५ माघ २७ गते राम किशोर ठाकुरलाई सहकारीले १० लाख ऋण दिँदा कर्जा फाईलमा ऋणीको फोटो नभएको, कर्जा तमसुकमा ब्याजदर र सेवा शुल्क उल्लेख नगरेको पाइएको छ । संस्थाले बिना धितो कर्जा प्रबाह गर्ने गरेको पाइएको छ ।
महानगरको सहकारी विभागले गरेको अनुगमनको क्रममा २०७९ असार २८ गते नारायण कृष्ण श्रेष्ठ लाई प्रवाह भएको १ करोड ६५ लाख रुपैयाँको कर्जामा २ लाख ५५ हजार सेवा शुल्क लिएको पाइएको छ ।
अनुगमनको क्रममा २ जना सदस्यहरुबाट ३० लाख भन्दा बढी बचत संकलन भएको देखिएको छ । नारायण कृष्ण श्रेष्ठबाट १ करोड ५३ लाख ८८ हजार ६७० रुपैयाँ र कुलदिल श्रेष्ठबाट ५० लाख रुपैयाँ संकलन भएको देखिएको छ ।
अनुगमनको क्रममा छड्के जाँच गर्दा संस्थाले ३ प्रतिशतसम्म सेवा शुल्क लिने गरेको पाइएको छ ।
संस्थामा भएको जम्मा ऋणीहरुले लिएको ऋणको जोड र सन्तुलन विवरणमा देखिएको ऋणको रकम नमिलेको देखिएको छ । सन्तुलित विवरण अनुसार ३ करोड २९ लाख २६ हजार ८९४ रुपैयाँ र व्यक्तिगत ऋणको फेहरिस्त अनुसार ३ करोड २७ लाख ९ हजार ७४१ रुपैयाँ रहेको छ ।
प्रदेश सहकारी ऐनको दफा ४६९३० बमोजिम कर्जा नबिकरण गर्दा बढीमा ०।२५ प्रतिशत नविकरण शुल्क लिनुपर्नेमा १ प्रतिशतसम्म शुल्क लिने गरेको पाइएको छ ।
सहकारी संस्थाको संचालक समितिको सचिव नारायण अर्याल हाल बिना तलब कार्यकारी रुपमा व्यवस्थापकिय नेतृत्वमा रहेको पाइएको छ । तर, उनलाई ब्यबस्थापकीय काम कारबाही गर्न दिने माईनुट अनुगमनको क्रममा नभेटिएको बताइएको छ ।
संस्थामा भाखा नाघेको र ननाघेको भनि वर्गीकरण गर्ने नगरेको र कम्पुटर प्रणालीमा कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेमा लेखांकन नगरेको पाइएको छ ।
अनुगमनको क्रममा गैरसदस्यहरुसँग बचत संकलन र गैरसदस्यहरुलाई कर्जा प्रवाह गर्ने गरेको पाइएको छ । सहकारी दर्ता भएको समयमा काठमाडौं महानगरपालिका ३२ स्थित एल्यान्स एकेडेमीमा आबद्द कर्मचारी, शिक्षक र संचालकहरु भनिएता पनि कारोबार काठमाडौं महानगरपालिका पूरै क्षेत्रमा कारोबार गर्ने गरेको पाइएको छ ।
सहकारी ऐन २०७४ को दफा ३१ बमोजिम सदस्यता सम्बन्धी निर्णय संचालक समितिले गर्नुपर्नेमा प्रबन्धकले सदस्यता सम्बन्धी निवेदन स्वीकृत गरी सिस्टममा रेकर्ड राख्ने गरेको पाइएको छ ।
संस्थाले बक्यौता ब्याज असुल गरेपछि कर्जा नवीकरण गर्ने तर कर्जा नवीकरण गर्दा ऋण उपसमिती रसंचालक समितिबाट स्वीकृत नहुने गरेको देखिएको छ ।
सिस्टममा लगानीमा रहेको ऋणको भाखा नाघे, ननाघेको वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था दुवै गणना नहुने गरेकोले सिस्टमबाट कर्जा नोक्सानी सम्बधि विवरण रुजु भएको छैन ।