अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी अर्थशास्त्रीलाई



एजेन्सी । यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी अर्थशास्त्रीले संयुक्त रुपमा पाएका छन् । संस्थाहरूको निर्माण र तिनले समृद्धिलाई कसरी प्रभाव पार्छन् भन्ने विषयमा उनीहरुले गरेको अध्ययनका लागि पुरस्कार पाएका हुन् ।

म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, सोही इन्स्टिट्यूटका साइमन जोन्सन र सिकागो विश्‍वविद्यालयका जेम्स रोविन्सनलाई नोबेल पुरस्कार प्रदान गरिएको हो ।

‘समावेशी संस्थाहरू’ को विकास गर्ने देशहरुले समयक्रममा आफ्नो विकास गर्दै गएको र ‘निकासी संस्थाहरु’को विकास गर्ने देशहरुमा आर्थिक उन्नति नहुने गरेको उनीहरुको अध्ययनले देखाएको थियो ।

‘ह्वाइ नेसन फेल’ अर्थात् कसरी राष्ट्र असफल हुन्छ भन्ने शीर्षकमा उनीहरुले संयुक्त रुपमा लेखेको पुस्तकले राजनीतिक र आर्थिक कारणले कुनै देश कसरी अरुभन्दा धनी हुनसक्छ भन्ने तर्क गरेका छन् ।

गत वर्ष यो पुरस्कार हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई श्रम बजारमा महिलामाथि गरिएको अनुसन्धानका लागि दिइएको थियो। विश्वकै प्रसिद्ध मानिएको नोबेल पुरस्कार

स्विडिस आविष्कारक एवं उद्यमी अल्फ्रेड नोबेलले काम गरेका विभिन्न क्षेत्रमा उनको सम्झनामा नोबेल पुरस्कार फाउन्डेसनले हरेक वर्ष यो पुरस्कार दिँदै आएको छ । नोबेलले आफूले अन्तिम इच्छाको रुपमा १८९५ मा यो पुरस्कार स्थापना गर्ने उल्लेख गरेका थिए । सोही अनुरुप १९०० देखि यो पुरस्कार प्रदान गर्न थालिएको हो ।

नोबेल पुरस्कारको साहित्यतर्फ कोरियाली लेखिका हान काङ र शान्तितर्फ आणविक हतियारमुक्त अभियानमा लागेको जापानी संस्था पुरस्कृत भइसकेका छन् ।


क्लिकमान्डु